म्याग्दी समाचार
जेठ १५ मा बजेट ल्याउन आयोगले नरोक्ने
- 8 बर्ष, 25 दिन अगाडि
- १२ बैशाख २०७४, मंगलवार
काठमाडौं,१२ बैशाख – सरकारलाई जेठ १५ मा नयाँ आर्थिक बर्षको बजेट ल्याँउन निर्वाचन आयोगले बाटो खोलेको छ । दुई चरणमा गरिने स्थानीय तहको निर्वाचनको कार्यतालिका सार्वजनिक कार्यक्रममा बोल्दै प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादवले संबैधानिक प्रावधान अनुसार जेठ १५ मा बजेट ल्याँउनुपर्ने ब्यवस्था भएकोले निर्वाचन आचारसंहिता नलाग्ने स्पष्ट पारेका छन्... पुरा पढ्नुहोस
म्याग्दीमा वाईसियल परिचालन यसरी हुँदैछ चुनावका लागि
- 8 बर्ष, 26 दिन अगाडि
- ११ बैशाख २०७४, सोमबार
म्याग्दी । नेकपा (माओवादी केन्द्र) निकट युवाहरुको संगठन योङ्ग कम्युनिष्ट लीग नेपाल, म्याग्दीले स्थानीय चुनावमा राता मान्छेहरु परिचालन गर्ने रणनीती बनाएको छ । आगामी बैशाख ३१ गते हुने स्थानीय निकायको निर्वाचनको पूर्वसन्ध्यामा २ सय भन्दा बढी युवालाई राजनैतिक तथा शारीरिक प्रशिक्षण समेत दिएको छ । गत बैशाख ४ गतेबाट म्याग्दीको... पुरा पढ्नुहोस
बहराइनमा कोषको एकसय आजिवन सदस्य
- 8 बर्ष, 26 दिन अगाडि
- ११ बैशाख २०७४, सोमबार
म्याग्दी । परोपकारी संस्था ओमकुमारी शान्ति कोषको आजिवन सदस्यता लिनेको संख्या उत्साहजनक रुपमा अगाडि बढेको छ । कोषको डेढ करोड अक्षय कोष स्थापना गर्ने अभियान अन्तर्गत बहराईनमा रहेका म्याग्देलीहरु मध्ये एक सय जनाले आजिवन सदस्यता लिएका छन् । म्याग्दी उद्धार समिति बहराईनका उपाध्यक्ष लोक राम्जालीका अनुसार बहराईनमा रहेका म्याग्देलीहरुबाट कोषको... पुरा पढ्नुहोस
बाढीले खानोपानीको पाइप बगाँउदा रत्नेचौरमा खानेपानीको अभाव
- 8 बर्ष, 26 दिन अगाडि
- ११ बैशाख २०७४, सोमबार
म्याग्दी, बैशाख ११ । बेनी नगरपालिका १ रत्नेचौरमा खानेपानीको अभाव भएको छ। आइतबार परेको बर्षापछि आएको बाढीले सिचाइ नहर र पाइप बगाएपछि रत्नेचौरमा सिचाई र खानेपानीको अवरुद्ध भएको हो । रत्नेचौरकोे लामाचौर भन्ने ठाउँमा ६० मिटर खानेपानीको पाइप र सिचाई आयोजनाको नहर बगाएको थियो । खानेपानी आपुर्ती बन्द हुदाँ रत्नेचौरका... पुरा पढ्नुहोस
चम्किदै युवा चित्रकार श्रीपाली
- 8 बर्ष, 26 दिन अगाडि
- ११ बैशाख २०७४, सोमबार
म्याग्दी, ११ बैशाख । तपाईको तस्बिर कसैले तुरुस्तै बनाउन सक्छ भन्दा विश्वास नलाग्न सक्छ । तर म्याग्दीका एक युवा चित्रकारले हरेक व्यक्तिको तस्बिर जस्ताको तस्तै तयार गर्न सक्छन् । म्याग्दीको रघुगंगा गाउँपालिका–३ दुलेपानी घर भएका २२ बर्षिय युवा अमृत श्रीपालीले हरेक व्यक्तिको तस्बिर तयार गर्दै आएका छन् । बेनीमा कला... पुरा पढ्नुहोस
फुलमायाको उपचारका लागि ईटलीबाट ६५ हजार रुपैया सहयोग
- 8 बर्ष, 27 दिन अगाडि
- १० बैशाख २०७४, आईतवार
म्याग्दी, १० बैशाख । रक्तक्यान्सरबाट पिडित म्याग्दीको धौलागिरी गाउँपालीका ७ ताकमकी फुलमाया भण्डारीको उपचारका लागि ईटलीबाट ६५ हजार ४०० रुपैया सहयोग प्राप्त भएको छ । साविक ताकम गाविस ४ की ३३ वर्षिया भण्डारीको उपचारका लागि ताकम धारापानी घर भई हाल ईटलीमा रहनुभएका रवीप्रकाश थापाको पहलमा संकलीत सो रकम आईतबार... पुरा पढ्नुहोस
प्रवासी गाउँलेद्धारा फेसबुक मार्फत सहयोग जुटाएर काउलेगौडामा खेलमैदान पुनःनिर्माण
- 8 बर्ष, 27 दिन अगाडि
- १० बैशाख २०७४, आईतवार
म्याग्दी, १० वैशाख । पछिल्लो समय सामाजिक सञ्जाल फेसबुकको दुरुपयोग बढीरहेको छ । तर सामाजिक सञ्जाल फेसबुकको सहायताले आर्थिक संकलन गरि म्याग्दीका एक गाउँका प्रवासीहरुले भने व्यवस्थित खेलमैदान पुनःनिर्माण गरेका छन् । बेनी नगरपालिका–९ मा रहेको काउलेगौडा युवा क्लबको खेलमैदान पुननिर्माणमा प्रवासमा रहेका युवाहरुले मात्रै आर्थिक स्रोत जुटाएका हुन् ।... पुरा पढ्नुहोस
सबस्टेशन र प्रसारण लाईनको सुनिश्चिताले जलविद्युत आयोजनाको काम धमाधम
- 8 बर्ष, 27 दिन अगाडि
- १० बैशाख २०७४, आईतवार
म्याग्दी, १० वैशाख । म्याग्दीको दाना र पर्वतको खुर्कोटमा २२० केभी सवस्टेशन र प्रशारण लाईन निर्माण हुनेभएपछि कालीगण्डकी करिडोर क्षेत्रमा लामो समय रोकिएको जलविद्युत आयोजनाका कामले गति लिएको छ । म्याग्दी र मुस्ताङका आधा दर्जन जलविद्युत् आयोजनाहरु सबस्टेशन र प्रशारण लाइनको अन्र्योलताका कारण निर्माण चरणमा प्रवेश गरेपनि पूर्वाधार निर्माणको काम... पुरा पढ्नुहोस
मलेसियामा रहेका परियारले जुटाए दृष्टिविहीन दम्पतीका छोरीहरुलाई सहयोग
- 8 बर्ष, 27 दिन अगाडि
- १० बैशाख २०७४, आईतवार
म्याग्दी, १० वैशाख । म्याग्दीको बेनी नगरपालिका–१ अर्जमका एक युवाले दृष्टिविहिन दम्पतीका छोरीहरुको अध्ययनको लागि सहयोग जुटाउनुभएको छ । हाल रोजगारिको शिलसिलामा मलेसियामा रहनुभएका आशिष परियार ( झिल्के)ले म्याग्दीको धौलागिरी गाउँपालिका –७ ताकमको रातमाटाका दृष्टिविहीन दम्पती जलन र सुस्मीता विकका छोरीहरुको अध्ययनको लागि रु २३ हजार बढी सहयोग जुटाउनुभएको हो... पुरा पढ्नुहोस
शान्ति कोषद्धारा पवित्रा बचाउ अभियान सुरु
- 8 बर्ष, 27 दिन अगाडि
- १० बैशाख २०७४, आईतवार
म्याग्दी, १० वैशाख । म्याग्दीको बेनी नगरपालिका –४ तातोपानीकी पवित्रा खत्रीको उपचरामा परोपकारी संस्था ओमकुमारी शान्ति कोषद्धारा आर्थिक संकलन अभियान सञ्चालन भएको छ । फोक्सोमा पानी जमेको र कलेजोमा समेत खराबी देखिएपछि टिचिङ हस्पीटलमा उपचाररत खत्रीको सहयोगार्थ कोषले नन्दु पाईजाको संयोजकत्वमा पवित्रा बचाउ अभियान मार्फत सहयोग जुटाउन थालेको हो ।... पुरा पढ्नुहोस