बेनी–गलेश्वर सडक अन्तर्गतको जलेश्वर नजिक पहिरोमा निशुल्क मर्मत
- १६ श्रावण २०७४, सोमबार
- धिरन खत्री
- 5473 पटक पढिएको
म्याग्दी, १६ साउन । बषेर्नी बर्षायाममा हिलाम्मे हुने बेनी– गलेश्वर सडक अन्तर्गत जलेश्वर नजिक पहिरोमा जेसिबिले निशुल्क सडक मर्मत गरिएको छ । साउने सोमबारका दिन गलेश्वरधाम मन्दिरमा दर्शन गर्न जाने भक्तजनका लागि सवारी साधन तथा पैदलमा हिड्ने यात्रुको सहजताका लागि कैलाश निर्माण तथा सप्लार्यसले निःशुल्क मर्मत गरेका हुन ।
सदरमुकामको कालिपुल बसपार्क देखि गलेश्वर बिचमा रहेको जलेश्वरमा बर्षेनी पहिरो खसिरहने र हिलो जम्ने पानी थुप्रिने सवारी साधन फसिने तथा पैदल यात्रुहरु हिड्न कठिन हुने सडकमा ढेड घण्टा निशृुल्क प्रयोग गरेको सप्लायर्सका प्रोपाईटर बालकृष्ण खत्रीले बताउनुभयो ।
लामो समय रोजगारको शिलशिलामा विदेश विताएका म्याग्दीका रघुगंगा– २ का स्थायी बासिन्दा खत्रीले स्वदेशमा फर्किएर समाजसेवा तथा ब्यवसायमा निरन्तरता दिनुभएको छ । म्याग्दीको रघुगंगा र अन्नपुर्ण गाउँपालिकाका बस्ने जनता र प्रसिद्ध धार्मिक स्थल गलेश्वरधाम र हिमालपारिको जिल्ला मुस्ताङमा जाने आन्तरिक तथा बाह्य पर्यटकको सहजता प्रधान गर्न मर्मत गरिएको खत्रीले बताए ।
उक्त सडक बर्खमा हिलो र हिउदँमा धुलो नै पहिचान बनेको छ । उक्त समस्यालाई सिमयममै समाधान गर्न सम्वन्धित क्षेत्रका सरोकारवालाहरुको ध्यान जान आवश्यक छ ।
धिरन खत्री
म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l
Khai aja usati chha jhan taxi pani accident bhayo baru naali khulaidie pani jamma hu e thiyena ki ?