म्याग्दी समाचार
ज्यामरुकोटमा वाम गठबन्धनको चुनाब प्रचारप्रसार समिति
- 8 बर्ष, 3 दिन अगाडि
- १९ कार्तिक २०७४, आईतवार
म्याग्दी, १८ कात्तिक । म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटको बगरफाँटमा शनिबार वाम गठबन्धनको संयुक्त भेला सम्पन्न भएको छ । भेलाबाट भीमबहादुर रिजाल (राजु) संयोजक र सन्दीप कार्की सहसंयोजक रहेको २१ सदस्यीय चुनाब प्रचारप्रसार समिति गठन गरिएको छ । भेलालाई नेकपा माओवादी केन्द्र म्याग्दीका अध्यक्ष चन्द्रबहादुर घिमिरे, एमाले जिल्ला सदस्य एवं बुद्धिजीवी... पुरा पढ्नुहोस
दरवाङमा रक्तदान कार्यक्रम
- 8 बर्ष, 4 दिन अगाडि
- १८ कार्तिक २०७४, शनिबार
म्याग्दी, १७ कात्तिक । मालीका गाउँपालीका ६ दरवाङमा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । लायन्स कल्व अफ दरवाङ, लियो कल्व अफ दरवाङ र पश्चिम म्याग्दी युवा कल्वको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।नेपाल रेडक्रस सोसाईटीद्धारा बेनीमा सञ्चालीत रक्तसञ्चार गृहको प्राबिधिक सहयोगमा आयोजित शिवीरमा २२ जनाले रक्तदान गरेका छन् ।... पुरा पढ्नुहोस
धौलागिरी सहकारीको साधारणसभाः दृष्टिबिहीन खत्रीलाई रु ३५ हजार सहयोग
- 8 बर्ष, 4 दिन अगाडि
- १८ कार्तिक २०७४, शनिबार
म्याग्दी १८ कात्तिक । म्याग्दीको बेनीमा रहेको धौलागिरि बचत तथा ऋण सहकारी संस्थाको १८ औ वार्षिक साधारणसभा तथा छैठौ अधिवेशन शनिवार बेनीमा सम्पन्न भएको छ । संस्थाले आर्थिक बर्ष २०७३÷०७४ मा ३५ लाख बढी सञ्चालन मुनाफा गरेको सो अबसरमा जानकारी गराईएको छ । ३५ जनाको दुई करोड ५५ लाख १८... पुरा पढ्नुहोस
श्रमजिवी र पिछडीएका जनताको उत्थानका लागि कम्प्युनिष्ट सरकार आवश्यक
- 8 बर्ष, 4 दिन अगाडि
- १८ कार्तिक २०७४, शनिबार
म्याग्दी १८ कात्तिक । नेकपा एमालेकी पोलीट ब्युरो सदस्य थममाया थापाले नेपालका श्रमजिवी, गरिब, उत्पीडित, महिला, दलितको उत्थानका लागि कम्युनिष्ट पार्टीको सरकार आवश्यक रहेको बताउनुभएको छ । धौलागिरी गाउँपालीका ४ मुदीमा शनिबार आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै एमाले नेता थापाले नेपाली काँग्रेसका कारण नेपालमा अस्थिरता र बिदेशी हस्तक्षेप निम्तीएको बताउँदै... पुरा पढ्नुहोस
सिंगामा एमाले र माओवादीको संयुक्त अगुवा कार्यकर्ता भेला
- 8 बर्ष, 4 दिन अगाडि
- १८ कार्तिक २०७४, शनिबार
म्याग्दी, १८ कात्तिक । आगामी मंसिर १० गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा बाम तालमेल गरेका नेकपा एमाले र माओवादी केन्द्रले बेनी नगरपालिका–४ सिंगामा शनिवार संयुक्त अगुवा कार्यकर्ता भेला सम्पन्न गरेका छन् । बाम गठबन्धनको तर्फबाट प्रदेशसभा क्षेत्र नम्बर क का साझा उम्मेद्वार विनोद केसीको उपस्थितिमा दुबै... पुरा पढ्नुहोस
लोकतान्त्रीक गठबन्धनको भकिम्लीमा आमसभा
- 8 बर्ष, 5 दिन अगाडि
- १७ कार्तिक २०७४, शुक्रबार
म्याग्दी,१७ कार्तिक । लोकतान्त्रिक गठबन्धनले बेनी नगरपालिका वडा ३ भकिम्लीमा आमसभा र अगुवा कार्यकर्ता भेटघाट सम्पन्न गरेको छ । आम सभालाई सम्बोधन गर्दै प्रदेश सभा १ का सदस्यका उमेद्वार भिमप्रसाद गौचनले नेपालको राष्ट्रियता जोगाउन र नेपाललाई समृद्ध बनाउनको लागि लोकतान्त्रीक गठबन्धनलाई मतदान गर्न आग्रह गर्नुभएको छ । कार्यक्रममा बोल्दै प्रदेश... पुरा पढ्नुहोस
बाम गठबन्धनको बेगमा अगुवा कार्यकर्ता भेला
- 8 बर्ष, 5 दिन अगाडि
- १७ कार्तिक २०७४, शुक्रबार
म्याग्दी, १७ कात्तिक । आगामी मंसिर १० गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा बाम तालमेल स गरेका नेकपा एमाले र माओवादी केन्द्रको रघुगंगा गाउँपालिका–१ बेगमा अगुवा कार्यकर्ता भेला शुक्रवार सम्पन्न भएको छ । बाम गठबन्धनको तर्फबाट प्रदेशसभा क्षेत्रनम्बर १ का साझा उम्मेद्वार विनोद केसीको उपस्थितिमा दुबै पार्टीका... पुरा पढ्नुहोस
बाम गठबन्धनको धौलागिरी गाउँपालीकामा चुनावी अभियान
- 8 बर्ष, 5 दिन अगाडि
- १७ कार्तिक २०७४, शुक्रबार
बेनी १७ कात्तिक । एमाले र माओवादी केन्द्रको बाम गठबन्धनले शुक्रबारदेखि धौलागिरी गाउँपालीकामा संयुक्त चुनावी प्रचार अभियान सुरु गरेका छन् । मंगला र मालीका गाउँपालीकाका वडा स्तरमा चुनावी सभा सकेका गठबन्धनका उमेद्वार सहितको टोलीले धौलागिरी गाउँपालीका ७ ताकममा शुक्रबार संयुक्त चुनावी सभा सम्पन्न गरेका छन् । आमसभालाई सम्बोधन गर्दै नेकपा... पुरा पढ्नुहोस
देउसीभैलोको आम्दानी उपचारका लागि सहयोग
- 8 बर्ष, 5 दिन अगाडि
- १७ कार्तिक २०७४, शुक्रबार
म्याग्दी, १७ कात्तिक । नेपाल मगर विद्यार्थी संघ म्याग्दीले तिहार पर्वको अवसरमा देउसी भैलो खेलेर संकलन गरेको रकम बिरामीको उपचारका लागि सहयोग गरेको छ ।ब्रेनट्युमर रोगबाट थलीएको रघुगंगा गाउँपालीका ४ दग्नामकी करुणा गर्बुजाको उपचारका लागि शुक्रबार संघले पाँच हजार ५५५ रुपैया सहयोग गरेको हो । संघका अध्यक्ष श्याम थापा, पदाधीकारी... पुरा पढ्नुहोस
“बेनी अस्पतालको सेवामा सुधार र गुणस्तरमा सुधार”
- 8 बर्ष, 5 दिन अगाडि
- १७ कार्तिक २०७४, शुक्रबार
बेनी १७ कात्तिक । बेनी अस्पतालको सेवामा र गुणस्तरमा सुधार हुदै गएको एक अध्ययनले देखाएको छ । स्वास्थ्य मन्त्रालय र निक साईमन ईन्टिच्युटले अस्पतालले प्रवाह गर्ने सेवा सुबिधाको विषयमा गरेको मूल्याङकनको प्रतिवेदनमा सेवा र गुणस्तर सुधारसंगै अस्पतालमा बिरामीको चाप र विश्वास बढेको शुक्रबार बेनीमा आयोजित कार्यक्रममा जानकारी गराइएको हो ।... पुरा पढ्नुहोस