म्याग्दी समाचार

तिप्ल्याङका आगोलागी पिडितलाई सहयोग

म्याग्दी १२ पुष । म्याग्दीको रघुगंगा गाउँपालीका १ तिप्ल्याङका आगोलागी पिडितहरुलाई बेगखोला कल्याणकारी समाज पोखराले राहत सहयोग गरेको छ । गत शनिबार आगोलागी हुँदा घर जलेर पिडित बनेका बेगबहादुर र राजकुमारी पुर्जालाई एक लाख तिस हजार ७० रुपैया राहत सहयोग गरेको समाजले जनाएको छ । क्षत्तीको आधारभा बेगबहादुरलाई एक लाख... पुरा पढ्नुहोस

जग्गा भाडामा लिएर ब्यवासायिक गाई भैसीपालन

म्याग्दी, १२ पुस । म्याग्दीको बेनीनगरपालिका ४ सिगां बस्ने रमेशबहादुर खत्रीले जग्गा भाडा लिएर ब्यवसायिक रुपमा भैसी र गाईपालन गरेका छन् । लामो समय विदेश बसेर राम्रो कमाई हुन नसकेपछि गाउँमै फर्किएर भाडाँमा जग्गा लिएर २०६७ सालदेखि गाईभैसी ब्यवसायिक रुपमा पाल्दै आएका छन् । ११ रोपनी खेत १८ रोपनी खरबारी... पुरा पढ्नुहोस

समृद्धिका लागि आयआर्जन र वचतमा जोड दिऔं : जि.सी.

डम्बरामा तालिम म्याग्दी, ११ पुस । राष्ट्रिय सहकारी बैंक लिमिटेडका सञ्चालक रामबहादुर जिसीले समाजमा शारिरीक तथा आर्थिक सामाजिक रुपमा पछि परेका जनताको समग्र उत्थानका लागि राज्यको भूमिका लोककल्याणकारी हुनु पर्नेमा जोड दिनु भएको छ ।   बौद्धिक अपाङ्गता अभिभावक संघ म्याग्दीको आयोजना तथा बेनी नगरपालिका वडा न. ६ को सहयोगमा... पुरा पढ्नुहोस

म्याग्दी सामुदायीक विकास परियोजनाबाट साढे ११ सय बालबालिका लाभान्वित

म्याग्दी, ११ पुष । म्याग्दीको धौलागिरी गाउँपालीकाको ५ वटा वडामा सञ्चालीत म्याग्दी सामुदायीक विकास परियोजनाबाट करिब साढे एघार सय बालबालिका लाभान्वित भएका छन् । गुड नेवर्स ईन्टरनेशनलको आर्थिक सहयोगमा संगम र कदम म्याग्दीद्धारा गुर्जा, लुलाङ, मुना, मुदी र मराङमा रहेका १९ वटा सामुदायीक विद्यालयमा अध्ययन गर्ने विपन्न समुदायका बालबालीकाको शिक्षामा... पुरा पढ्नुहोस

दरबाङमा निशूल्क आँखा र स्वास्थ्य शिवीरबाट साढे पन्ध्रसय जना लाभान्वित (तस्बिर सहित)

  दरवाङ ११ पुष । म्याग्दीको मालीका गाउँपालीका ६ दरवाङमा मंगलबार सम्पन्न निशूल्क आँखा र बृहत स्वास्थ्य शिवीरबाट एक हजार ५५९ जना लाभान्वित भएका छन् । हिमालयन आँखा अस्पताल पोखरा, जिल्ला स्वास्थ्य कार्यालय म्याग्दी र दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रको प्राबिधिक सहयोगमा दरवाङ स्थित लायन्स र लियो कल्वको आयोजनामा तिन दिनसम्म... पुरा पढ्नुहोस

मुक्तिमार्ग माविको ५९ औँ बार्षिकोत्सव मनाईयो

घार, ११ पुस । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा रहेको मुक्तिमार्ग माध्यमिक विद्यालयले आफ्नो ५९ आँै बार्षिकोत्सव तथा अभिभावक दिवस मंगलवार विविध कार्यक्रम सहित बनाएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोकुल बरुवालको अध्यक्षतामा भएको कार्यक्रमको अन्नपूर्ण गाउँपालिका प्रमुख क्याप्टेन डमबहादुर पुनले उद्घाटन गर्नुभएको थियो । कार्यक्रमको उद्घाठन गर्दै गाउँपालिका प्रमुख... पुरा पढ्नुहोस

बेनी नगर स्तरीय शिक्षा योजना तर्जुमा सम्बन्धि अभिमुखीकरण

म्याग्दी, ११ पुस । म्याग्दी सदरमुकाम बेनीमा दुई दिने बेनी नगर स्तरीय शिक्षा योजना तर्जुमा सम्बन्धि अभिमुखिकरण कार्यक्रम मंगलवारदेखि सुरु भएको छ । नगरपालिकाले निर्माण गर्ने शिक्षा योजनामा समावेशी शिक्षाका लक्षित समुदायलाई कसरी समेट्ने, विविध कारणले अध्ययनको अवसरबाट बन्चित भएका बालबालिकाहरुलाई शिक्षाको पहुँचमा ल्याउन के–कस्ता योजना तर्जुमा गर्ने लगायतको बिषयमा... पुरा पढ्नुहोस

गलेश्वर आश्रम देवघाटमा धन–धान्याचल विराट् महायज्ञ हुने

म्याग्दी, ११ पुस । नवलपरासी, चितवन र तनहुँ जिल्लाको संगममा अवस्थित गलेश्वर आश्रम देवघाटमा धन–धान्याचल विराट् महायज्ञ हुने भएको छ । बैदिक सनातन धर्म संस्कृति र संस्कृतविद्याको संरक्षण गर्ने, आध्यात्मिक चेतनाको प्रचार प्रसारद्धारा समाजलाई नैतिक र चरित्रवान बनाउने,ऋषिमुनीहरुद्धारा प्रवर्तित यज्ञीय संस्कृतिको पुनर्जागरण गर्ने, पवित्र तीर्थस्थल देवघाटधामको प्रचार प्रसार एवम् धार्मिक... पुरा पढ्नुहोस

सहयोग उठाउने शैलि ! पूर्व विद्याथीहरुको पुनर्मिलनबाट धवलागिरि माविमा १ करोड बढी संकलन (भिडियो सहित)

https://www.youtube.com/watch?v=hfVx-nmDr7I&feature=youtu.be म्याग्दी, १० पुस । धार्मिक क्षेत्रहरुमा जस्तै सामुदायिक विद्यालयहरुको स्तरबृद्धिको लागि पनि महायज्ञ आयोजना गर्ने होड म्याग्दीमा निकै पुरानो हो । जिल्लाका दर्जनौँ शैक्षिक संस्थाहरुमा शैक्षिक तथा भौतिक विकासका निमित्त महायज्ञहरु सम्पन्न भईसकेका छन् । सामुदायिक विद्यालयमा आर्थिक संकलन गर्ने माध्ययम बनेको महायज्ञ खर्चिलो हुने र ठुलो रकम संकलन... पुरा पढ्नुहोस

डडुवामा लिफ्ट खानेपानी आयोजनाको परिक्षण सफल

  बेनी १० पुस । बेनी नगरपालीका ५ डडुवामा लिफ्ट प्रबिधिको खानेपानी आयोजना निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।सोलारको सहायताले बस्ती देखि तल रहेको मुहानबाट रिजर्भ टंकीसम्म पानी तानेर सोमबार आयोजनाको परिक्षण गरिएको छ । परिक्षण सफल भएपछि स्थानीय बासिन्दामा खुसीयाली छाएको र केही दिनमै आयोजना सञ्चालन गर्ने तयारी... पुरा पढ्नुहोस