म्याग्दी समाचार
सवारी भाडा समायोजन र छुट सुबिधाको कार्यान्वयन गर्न माग
- 7 बर्ष, 4 महिना अगाडि
- २४ पुष २०७४, सोमबार
म्याग्दी, २४ पुष । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववीयु म्याग्दीले सार्वजनीक सवारी साधनको भाडादर समायोजन र विद्यार्थीलाई छुट सुबिधाको कार्यान्वयनको माग गर्दै सोमबार जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ । अनेरास्ववीयुका केन्द्रिय सदस्य प्रकाश पौडेल र जिल्ला अध्यक्ष सुवास विश्वकर्माको टोलीले प्रजिअ कृष्णप्रसाद अधिकारीलाई उक्त माग सहितको ज्ञापनपत्र बुझाएको... पुरा पढ्नुहोस
रारा अटोमोवाईल्सको महिन्द्र फ्रि सर्भीस क्याम्प सुरु
- 7 बर्ष, 4 महिना अगाडि
- २४ पुष २०७४, सोमबार
म्याग्दी, २४ पुष । बेनीमा सोमबारदेखि महिन्द्रा कम्पनीका सवारी साधनहरुको निशूल्क सर्भीस क्याम्प सुरु भएको छ । पर्वत बेनीको रारा अटोमोवाईल्समा चार दिनसम्म चल्ने सर्भीस क्याम्पमा महिन्द्रा कम्पनीको जिप, कार, ट्याक्टरको मर्मत तथा पाटपुर्जा बिक्रीमा छुटको व्यवस्था गरिएको छ । महिन्द्रा कम्पनीको देश ब्यापी कार्यक्रम अन्तरगत सञ्चालित सर्भीस क्याम्पमा सामानमा... पुरा पढ्नुहोस
मौवाफाटमा उलन बुनाई तालिम सम्पन्न
- 7 बर्ष, 4 महिना अगाडि
- २३ पुष २०७४, आईतवार
म्याग्दी,२३ पुष । म्याग्दीको रघुगंगगा गाउँपालिका ३ मौवाफाटमा उलन बुनाई तथा डिजाईन तालिम आईतबार सम्पन्न भएको छ । प्रगतिशिल उनी बुनाई सुईटर उत्पादन समुहको आयोजनामा गरिबी निवारण संस्था डिसिआरडिसिको आर्थिक सहयोगमा एघार दिने तालिम सम्पन्न भएको हो । गरिवी निवारणको संस्थाको ४० हजार आर्थिक सहयोगमा ११ दिनसम्म संचालन भएको तालिममा... पुरा पढ्नुहोस
दिले दमाइको उपचारका लागि सहयोगको अपिल
- 7 बर्ष, 4 महिना अगाडि
- २३ पुष २०७४, आईतवार
बेनी, २३ पुष । बेनी नगरपालीका ९ नेप्टेचौरका एक मृगौला रोगीले उपचारका लागि सहयोगको अपिल गरेका छन् । दुवै मृगौलाले काम गर्न छाडेपछि हाल पोखराको लेकसिटी हस्पीटलमा उपचार गराइरहनुभएका ४६ वर्षिय दिले दमाईले अपिल गरेका हुन् । घरपरिवारको कमजोर आर्थिक अवस्थाका कारण डायलाईसीस र अस्पताल जान आउन गाडी भाडाको समेत... पुरा पढ्नुहोस
मौरी व्यावसायमा वार्षिक लाखौं आम्दानी
- 7 बर्ष, 4 महिना अगाडि
- २३ पुष २०७४, आईतवार
बागलुङ, पुस २३ । बागलुङ नगरपालिका–१३ अमलाचौरका उद्यमी जीवनबाबु खत्रीले मौरीको घार र मह बेचेर मनग्य आम्दानी गर्दै आएका छन् । दशकअघि ‘बेलवा मौरीपालन उद्योग’ खोलेका खत्रीको वार्षिक आम्दानी रु १२ लाख भन्दा बढी छ । विदेशी मोह त्यागेर उद्यममा लागेका उनले व्यावसायिक सफलता हासिल गरेका हुन् । खत्रीको उद्योगमा... पुरा पढ्नुहोस
‘लिफ्ट प्रविधिले पुर्यायो म्याग्दी नदीको पानी खबरामा’: सिचाई आयोजनाको उद्घाटन (फोटो फिचर)
- 7 बर्ष, 4 महिना अगाडि
- २३ पुष २०७४, आईतवार
https://www.youtube.com/watch?v=27pmDPRYjSI म्याग्दी २३ पुस । म्याग्दीको बेनी नगरपालीका– २ खबरामा निर्मित ‘लिफ्ट प्रबिधि’को सिचाई आयोजना उद्घाटन गरिएको छ । राधाकृष्ण कृषि सहकारी संस्थाले कृषि विकास कार्यालयको अनुदान सहयोग, समुदायको श्रमदान र थप रकम समेत जुटाएर लिफ्ट सिचाई आयोजना निर्माण गरेको हो । तरकारी खेतीको पकेट क्षेत्र खबरामा ‘लिफ्ट प्रबिधि’ को... पुरा पढ्नुहोस
म्याग्दी महोत्सवमा घोडा चढेर लभ्लिहिल !
- 7 बर्ष, 4 महिना अगाडि
- २३ पुष २०७४, आईतवार
बेनी, २३ पुष । पुष २८ देखि माघ ७ गते सम्म बेनीमा सञ्चालन हुन लागेको छैटौ म्याग्दी महोत्सवमा घोडचढी सेवा सञ्चालन गरिने भएको छ । म्याग्दी उद्योग वाणिज्य संघको मुल आयोजनामा हुन लागेको महोत्सव अवलोकनका लागि आउने पाहुनाहरुलाई आकर्षणका लागि घोडचढी सुबिधाको व्यवस्था मिलाएको हो । बेनी देखि लभहिल सम्म... पुरा पढ्नुहोस
‘बगरफाँटलाई उर्वरफाँट’ बनाउने सांसदहरुको प्रतिवद्धता
- 7 बर्ष, 4 महिना अगाडि
- २३ पुष २०७४, आईतवार
म्याग्दी, २३ पुस । म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँटमा शनिवार प्रतिनिधिसभामा निर्वाचित भुपेन्द्रवहादुर थापा र प्रदेश सभामा निर्वाचित विनोद केसीलाई स्वागत एवम् बधाई कार्यक्रम सम्पन्न भएको छ । बगरफाँटवासीहरुको आयोजनामा सम्पन्न सो कार्यक्रममा सांसदद्धयले प्रशस्तै संभावनाहरु भएर पनि बत्तिमुनिको अध्यारो जस्तै बनेको बगरफाँटलाई बगर होइन उर्वर फाँट बनाउने... पुरा पढ्नुहोस
जाडोमा माछाको सुप खाँदै हुनुहुन्छ ! हेर्नुस यसरी खेल्छन म्याग्दीखोलामा बल्छी ! (भिडियो सहित)
- 7 बर्ष, 4 महिना अगाडि
- २२ पुष २०७४, शनिबार
https://www.youtube.com/watch?v=2onM_0DNwIk म्याग्दी, २२ पुस । बेनी नगरपालिका–४ तातोपानी बजारमा अहिले म्याग्दी खोलाको माछाको माग उच्च छ । चिसो याममा तातोपानी कुण्डमा डुबेर स्नान गर्ने र तातो माछाको सुप खान आउनेहरुको संख्या बढेको तातोपानी स्थित हिमालयन गेष्ट हाउसका सञ्चालक कुमार केसीले बताउनुभयो । म्याग्दी खोलामा तातोपानी र बरंजा तर्फका केही व्यक्तिहरुले... पुरा पढ्नुहोस
म्याग्देली कलाकार बोहोरा र बुढाथोकीले ल्याए ‘प्याउली फुल पयालै’ बजारमा (भिडियो सहित)
- 7 बर्ष, 4 महिना अगाडि
- २२ पुष २०७४, शनिबार
https://www.youtube.com/watch?v=tqoxgdtQ9yM&feature=youtu.be&app=desktop म्याग्दी, २२ पुस । म्याग्देली कलाकार सज्जन बोहोरा र लाली बुढाथोकीले ‘प्याउली फुल पयालै’ बोलको लोकदोहोरी गित म्युजिक भिडियो सहित बजारमा ल्याउनुभएको छ । बिहानी डिजिटलको प्रस्तुतिमा बजारमा ल्याईएको सो गितमा सज्जन बोहोराको शब्द तथा संगीत रहेको छ । सो गितमा गायक बोहोरा र गायीका लाली बुढाथोकीले स्वर दिएका... पुरा पढ्नुहोस