म्याग्दी समाचार

वनजंगल संरक्षणले पर्यटकियस्थल घोडेपानीमा खानेपानी प्रशस्त

म्याग्दी, २८ जेठ । म्याग्दीको प्रमुख पर्यटकियस्थल अन्नपुर्ण गाउँपालिका - ६ पुनहिलमा आउने पर्यटकलाई लक्षित गरिएर संचालन गरिएको घोडेपानीका ब्यवसायीक होटलमा खानेपानीको अभाव छैन् । घोडेपानी होटल ब्यवसायीहरुले वरीपरि ठुलो लालीगुरासँको बनजंगल संरक्षण गर्नाले दैनिक रुपमा प्रयोग हुने पानी प्रशस्त पुगेको हो । होटल ब्यवसायी संचालकको सक्रियतामा घोडेपानी पुनहिलमा पर्यटकलाई... पुरा पढ्नुहोस

पुस्तकालय अक्षयकोषलाई एकैदिन ६०हजार जुट्यो

म्याग्दीको रघुगंगा–८ दुलेखर्कमा सञ्चालित रितुङ्ग माविको पुस्तकालय व्यवस्थापनका लागि सञ्चालित अक्षयकोषमा एकैदिन ६० हजार रुपैयाँ सहयोगको घोषणा भएको छ । जिल्ला सदरमुकाम बेनीदेखि एकदिनको पैदल दुरीमा पर्ने रितुङ्ग माविमा जापान, अमेरिकामा रहेका स्थानीय र साविक जिल्ला शिक्षा कार्यालयको संयुक्त ७ लाख ४६ हजार रुपैयाँको लागतमा पुस्तकालय स्थापना भएको थियो ।... पुरा पढ्नुहोस

अन्नपूर्ण गाउँपालिकाद्धारा ज्येष्ठ नागरिकहरुलाई सम्मान

म्याग्दी, २८ जेठ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले ज्येष्ठ नागरिकहरुलाई सम्मान गर्न सुरु गरेको छ । ८० बर्ष भन्दा माथिका ज्येष्ठ नागरिकहरुलाई सम्मान गर्न थालिएको हो । ज्येष्ठ नागरिकहरुको बिगतको योगदानको सम्मानका लागि हरेक व्यक्तिलाई एक वटा बल्याङ्केट प्रदान गर्न सुरु गरिएको गाउँपालिकाका अध्यक्ष क्याप्टेन डम बहादुर पुनले बताउनुभयो । ठुलोबगरमा... पुरा पढ्नुहोस

जनविकास माविमा छात्रवृत्ती वितरण, बाल क्लब र जुरेस गठन

मराङ २७ जेठ । म्याग्दीको धौलागिरी गाउँपालीका ६ मराङमा रहेको जनविकास माविमा आईतबार छात्रवृत्ती वितरण संगै बालकव्व र जुनियर रेडक्रस सर्कल गठन भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर केसीको अध्यक्षता, प्रअ हरिप्रसाद लामीछानेको स्वागत, शिक्षक गोविन्द प्रसाद गौतमको सञ्चालन र वडा अध्यक्ष राजाराम सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा... पुरा पढ्नुहोस

मध्यपहाडी लाेकमार्गकाे विकल्प बन्न सक्छ सिस्नेरी सडक

दरवाङ २७ जेठ । म्याग्दीको मालिका गाउँपालीका ४ सिस्नेरीका बासिन्दाको पहलमा चौध किलोमिटर सडक निर्माण भएको छ । करिब साढे ४५ लाख रुपैयाको लागतमा मालिका गाउँपालीका ५ देविस्थानको पन्थोक देखि सिस्नेरी हुदै खवाङ सोटे जोड्ने सडक निर्माण भएको हो । स्थानीयबासी र सरकारी निकायको संयुक्त लगानीमा सडक निर्माण भएपछि ६०... पुरा पढ्नुहोस

अष्टेलियाबाट आयत गरि बोयर जातका बाख्रा पालन (फाेटाे फिचर)

म्याग्दी २७ जेठ । म्याग्दीको बेनी नगरपालिका –९ तोरीपानीका कृषक आनन्द रिजालले स्थानीय जातका बाख्रामा नश्ल सुधारको लागि अष्टे«लियाबाट उत्नत जातको बाख्रा आयात गरि ल्याउनुभएको छ । विगत ५ बर्षदेखि व्यवासायिक बा्रखापालन गर्दै आउनुभएका कृषक रिजालले स्थानीय जातका बाख्रामा नश्ल सुधार गरि उन्नत बाख्रा उत्पादन गर्ने उदेश्यले अष्टे«लियाबाट २ वटा... पुरा पढ्नुहोस

जनप्रतिनिधि र कर्मचारीलाई सरकार सञ्चालन प्रशिक्षण

म्याग्दी, जेठ २७ । जिल्ला समन्वय समितिको कार्यालय म्याग्दीको आयोजनामा स्थानीय सरकार सञ्चालनसम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । स्थानीय तहका पदाधिकारीहरु तथा कर्मचारीहरुका लागि स्थानीय सरकार सञ्चालनसम्बन्धी विषयमा प्रशिक्षण दिइएको हो । तीन दिनसम्म चलेको प्रशिक्षण तालिमको म्याग्दीका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी, जिल्ला समन्वय अधिकारी यामप्रसाद सुवेदी, बेनी... पुरा पढ्नुहोस

ब्रेन ट्युमर पिडित कार्कीलाई राखु नेप्लिज कम्युनिटी युकेबाट आर्थिक सहयोग

म्याग्दी, २७ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतीका ब्रेन ट्युमर पिडित याम बहादुर कार्कीको उपचारार्थ युेकमा रहेका राखुबासीहरुले रु ७५ हजार बढी सहयोग गरेका छन् । म्याग्दीको रघुगंगा गाउँपालिका २ भगवती र ३ पिप्लेबाट बेलायतमा बसोबास गर्नेहरुको संस्था राखु नेप्लिज कम्युनिटी युकेले कार्कीको उपचारको लागि रु ७६ हजार ३०७ आर्थिक... पुरा पढ्नुहोस

रघुगंगामा अपाङगता सञ्जाल गठन

म्याग्दी, २७ जेठ । अपाङ्ग संघ म्याग्दीले संघिय संरचनाअनुसार गाउँपालिका स्तरीय अपाङ्गता सञ्जाल गठनलाई तिव्रता दिएको छ । अपाङ्ग संघले रघुगंगा गाउँपालिकामा बासुदेव सुवेदीको अध्यक्षतामा अपाङ्गता सञ्जाल गठन गरेको छ । गाउँपालिकाको केन्द्र मौवाफाटमा भएको भेलाले संघको उपाध्यक्षमा सन्ध्या छन्त्याल, सचिवमा कृष्ण सुवेदी, कोषाध्यक्षमा सविना कुमारी कटुवाल, सह– सचिव रुपा... पुरा पढ्नुहोस

पढाऔ अभियानलाई पिस सिटीको एक लाख सहयोग

बेनी २७ जेठ । अन्तराष्ट्रिय सामाजिक संस्था लायन्स कल्वले गरिब विपन्न विद्यार्थीको शिक्षामा पहुँच बढाउन सञ्चालन गरेको पढाऔ अभियानलाई कल्वको बेनी पिस सिटीले आर्थिक सहयोग गरेको छ । पिस सिटीका अध्यक्ष राजेश शाक्य, प्रथम उपाध्यक्ष लोकेश पुनमगर र कोषाध्यक्ष भोजबहादुर रिजालले लायन्सका अभियन्त चन्द्रकुमार केसीलाई एक लाख रुपैया हस्तान्तरण गर्नुभएको... पुरा पढ्नुहोस