म्याग्दी समाचार
जलजलाकाको बजार क्षेत्रका मासु पसलको अनुगमन
- wp_days_ago_v3(); ?>
- ३० असार २०७५, शनिबार
बेनी ३० असार । जलजला गाउँपालिकाको बजार क्षेत्रमा दर्ता बिना अव्यस्थित रुपमा सञ्चालन हुदै आएका मासु पसलहरु कानुन र करको दायरामा आएका छन् ।गाउँपालिका अन्तरगतको पशु सेवा शाखा र जनप्रतिनिधिहरुको टोलीले अनुगमन र नियमनमा कडाई गरेपछि मापदण्ड पुरा गरेर मासु पसल दर्ता हुन थालेका हुन् । प्रशासनीक र नियमनकारी निकायको... पुरा पढ्नुहोस
मंगलाको बाबियाचौरमा सार्वजनिक सुनुवाई
- wp_days_ago_v3(); ?>
- ३० असार २०७५, शनिबार
म्याग्दी, ३० असार । म्याग्दीको मंगला गाउँपालिकाको बाबियाचौरमा शुक्रबार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । म्याग्दी मिडिया सोसाईटीको व्यवस्थापन तथा सहजीकरण र मंगला गाँउपालिको आयोजनामा सेवा प्रवाहमा सुधार, विकास निर्माणमा पारदर्शी, जनताको गुनासो, सुझाव एवं अपेक्षा बुझ्ने उद्देश्यले सार्वजनिक सुनुवाई गरिएको हो । कार्यक्रममा सहभागी मंगला गाँपालिकाका स्थानीय बासिन्दाहरुले... पुरा पढ्नुहोस
बेनी नगरपालिकाले पुर्ण खोप घोषणालाई निरन्तरता
- wp_days_ago_v3(); ?>
- ३० असार २०७५, शनिबार
म्याग्दी, ३० असार । बेनी नगरपालिकाले पुर्ण खोप सुनिश्चितता तथा दिगोपनाको लागि नगर पुर्ण खोप घोषणालाई यस आर्थिक बर्षपनि निरन्तरता दिएको छ । २०७१ साल १२ महिना १५ गते म्याग्दीलाई पुर्ण खोप जिल्ला घोषणा गरेपछि बेनी नगरपालिकाले प्रत्येक वडामा १६ देखि २३ महिनाको बच्चाहरुलाई प्रभावकारी रुपमा पुर्ण खोप लगाउदै निरन्तरता... पुरा पढ्नुहोस
विविध कार्यक्रम गरी म्याग्दीमा भानु जयन्ती मनाईयो
- wp_days_ago_v3(); ?>
- ३० असार २०७५, शनिबार
बेनी ३० असार । म्याग्दी विविध कार्यक्रम गरी आदि कवि भानुभक्त आचार्यको सम्झनामा २०५ औं जन्मजयन्ती मनाइएको छ । म्याग्दी क्रियाशिल म्याग्दी साहित्य सञ्चारको अयोजना तथा बुलबुल पाठक समूह माउन्ट एभरेष्ट आवासीय माविको सह आयोजनामा उक्त रचना बाचन कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा विभिन्न साहित्यकार तथा सर्जकहरुले आदिकवि भानुभक्त... पुरा पढ्नुहोस
बेनी नगरपालिकाको सार्वजनिक सुनुवाई
- wp_days_ago_v3(); ?>
- २९ असार २०७५, शुक्रबार
म्याग्दी, २९ असार । म्याग्दीको सदरमुकाम बेनीमा शुक्रबार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । संगम म्याग्दी, म्याग्दी मिडिया सोसाईटीको व्यवस्थापन तथा सहजीकरण र बेनी नगरपालिकाको आयोजनामा प्रशासनिक सेवा प्रवाहमा सुधार, विकास निर्माणमा पारदर्शी, जनताको गुनासो, सुझाव एवं अपेक्षा बुझ्ने उद्देश्यले सार्वजनिक सुनुवाई गरिएको हो । कार्यक्रममा सहभागी बेनी... पुरा पढ्नुहोस
म्याग्दीमा १२ हेक्टर क्षेत्रफलमा टिम्मुर खेती विस्तार
- wp_days_ago_v3(); ?>
- २९ असार २०७५, शुक्रबार
बेनी २९ असार । म्याग्दीमा यस वर्ष १२ हेक्टर क्षेत्रफलमा मसलेदार फल टिम्मुरको खेती विस्तार भएको छ । जिल्ला वन कार्यालयले उपभोग बिहीन खाली पाखोको सदुपयोग गरी समुदायको आयआर्जन वृद्धीमा सघाउने उद्देश्यले सामुदायीक वन र निजी वनमा टिम्मुर खेती विस्तार गरेको हो । तिन वटा सामुदायीक वन र ११ जना... पुरा पढ्नुहोस
डाडाखेतको बालमन्दिर विद्यालयको भवन पुर्ननिर्माणका लागि म्याग्दी समाज अमेरिबाट २ लाख २१ हजार सहयोग
- wp_days_ago_v3(); ?>
- २९ असार २०७५, शुक्रबार
बेनी २९ असार । एक वर्षअघिको आगोलागिबाट ध्वस्त भएको बेनी नगरपालिका ४ डाँडाखेतमा रहेको बालमन्दिर आधारभुत विद्यालयको कक्षा कोठा भवन पुननिर्माण लागि म्याग्दी समाज अमेरिकाबाट सहयोग प्राप्त भएको छ । दुई तले १० कोठे भवन तिव्र निर्माण कार्य भएको विद्यालयको लागि डाडाखेत निवासी हाल अमेरिका रहेका मनोज बानियाँको सक्रियतामा २... पुरा पढ्नुहोस
दाङखोलामा बेलिब्रिज जडान
- wp_days_ago_v3(); ?>
- २९ असार २०७५, शुक्रबार
म्याग्दी २९ असार । म्याग्दीको धवलागिरी र मालिका गाउँपालिकाको सिमाना भएर बग्ने फेदी स्थित दाङखोलामा बेलिब्रिज जडान भएको छ । दरवाङ–धारापानी–ताकम–मुना सडकमा सिधा र नियमित सवारी सञ्चालन गर्ने उद्देश्यले धवलागिरी गाउँपालिकाको पहलमा दाङखोलामा बेलिब्रिज निर्माण भएको हो । बेलिब्रिजको शुक्रबार गाउँपालिकाका अध्यक्ष थमसरा पुनले उद्घाटन गर्नुभएको थियो । अध्यक्ष पुनले... पुरा पढ्नुहोस
बेनीमा २०५ औ भानु जयन्ती मनाइयो
- wp_days_ago_v3(); ?>
- २९ असार २०७५, शुक्रबार
बेनी २९ असार । बेनीमा शुक्रबार विभिन्न कार्यक्रमको आयोजना गरेर आदीकवी भानुभक्त आचार्यको २०५ औ जन्म जयन्ती मनाइएको छ । म्याग्दी साहीत्य सञ्चारको आयोजना र माउन्ट एभरेष्ट आवासीय माविमा गठीत बुलबुल पाठक समूहको सह आयोजनामा रचना बाचन गरेर दिवस मनाइएको हो । माउण्ट एभरेष्ट आवासीय माविमा आयोजना गरिएको कार्यक्रममा विभिन्न... पुरा पढ्नुहोस
सिकाई केन्द्रका परिचालकलाई क्षमता विकास तालिम
- wp_days_ago_v3(); ?>
- २९ असार २०७५, शुक्रबार
म्याग्दी, २९ असार । शिक्षा विकास तथा समन्वय इकाई म्याग्दीको आयोजनामा सामुदायिक सिकाई केन्द्र परिचालकहरुका लागि क्षमता विकाससम्बन्धी तालिम शुक्रबार सम्पन्न भएको छ । सामुदायिक सिकाई केन्द्रको व्यवस्थापन, सुदृढीकरण र सशक्तिकरण गर्ने उद्देश्यले केन्द्रका परिचालकहरुलाई बेनीमा तालिम प्रदान गरिएको हो । तालिम समापत्र सत्रलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति म्याग्दीका... पुरा पढ्नुहोस