म्याग्दी समाचार

उपचार गराउन आउदै गरेका विरामी कालीगण्डकीमा बेपत्ता

म्याग्दी, १८ भदौ । उपचार गराउन सदरमुकाम आउदै गरेका विरामी पहिरो क्रस गर्दा सडकबाट चिप्लिएर काली गण्डकी नदीमा बेपत्ता भएका छन् । उपचार गराउन सदरमुकाम एम्वुलेन्समा हिँडेका अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्का ४६ वर्षीय बमबहादुर पुर्जा सोमबार दिउँसो १ बजे कालीगण्डकी नदीमा खस्दा बेपत्ता भएका हुन् । बेनी–जोमसोम सडकमा खसेको पहिरोले यातायात... पुरा पढ्नुहोस

क्यान म्याग्दीको अध्यक्षमा रिजाल चयन

बेनी १८ भदौ । कम्प्युटर एशोसियसन नेपाल महासंघ (क्यान) जिल्ला शाखा म्याग्दीको सोमबार बेनीमा प्रथम अधिवेशन तथा साधारणसभा सम्पन्न भएको छ । अधिबेशनले बामदेव रिजाल अध्यक्षमा निर्वाचित हुनुभएको शाखाको उपाध्यक्षमा ध्रुबराज कार्की, सचिवमा लालबहादुर कार्की, कोषाध्यक्षमा महेन्द्र रेग्मी र सहसचिवमा ज्ञान श्रीस चयन हुनुभएको छ । सदस्यमा युवराज आचार्य र... पुरा पढ्नुहोस

धारापानीमा केन्द्रिय प्रशारण लाईनको विद्युतको पहुँच

बेनी १८ भदौ । म्याग्दीको धवलागिरी गाउँपालिका ७ धारापानीमा केन्द्रिय प्रशारण लाईनको विद्युत सुबिधा पुगेको छ । गाउँपालिकामै पहिलो पटक धारापानीका दुई सय घरमा शुक्रबार साँझ केन्द्रिय प्रशारण लाईनको बिजुली बलेको हो । गाउँपालिका, नेपाल विद्युत प्राधिकरण बेनी वितरण केन्द्र, सामुदायीक वन उपभोक्ता समिति र उपभोक्ताहरुको पहलमा विद्युतीकरण गरिएको उपभोक्ता... पुरा पढ्नुहोस

म्याग्दीबाट अख्तियारमा १८ उजुरी

म्याग्दी, १८ भदौँ । म्याग्दीबाट अख्तियार दुरपयोग अनुसन्धान केन्द पोखरामा १८ उजुरी परेका छन् । आर्थिक बर्ष २०७४/२०७५ मा गृह, उर्जा संघिय, स्वास्थ्य, शिक्षा, उद्योग र सडक लगायतको विषयमा सो उजरी परेको हो । अख्तियार दुरपयोग अनुसन्धान केन्द्र पाेखराले आईतबार बेनीमा आयोजना गरेको एक कार्यक्रममा सो जानकारी गराएको हो ।... पुरा पढ्नुहोस

निस्कोटमा सामाजिक विकृती, चोरी शिकारी र तस्करी नियन्त्रण अभियान

म्याग्दी १८ भदौ । म्याग्दीको मालिका गाउँपालिका १ निस्कोटमा जनप्रतिनिधिहरुको अगुवाईमा सामाजिक विकृती, चोरी शिकारी र तस्करी नियन्त्रण अभियान थालीएको छ । वडा कार्यालयको आयोजनामा भएको गाउँका सरोकारवालाहरुको बृहत भेलाले वन र बन्यजन्तुको संरक्षण, चोरी शिकारी, तस्करी, जुवातास, मदिरा र लागु औषध दुब्र्यसन नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ ।... पुरा पढ्नुहोस

आमा छोरी नै सम्पर्क विहिन भएपछि खोजी गरिदिन अपिल

म्याग्दी, १७ भदौ । म्याग्दीको धौलागिरि गाउँपालिका–७ ताकम माईत र धादिङ घर भई हाल चितवन बस्दै आएकी ज्योती सुवेदी तिमल्सिना आफ्नो छोरी सहित सम्पर्क विहिन भएकी छिन् । भरतपुर १० हाकिम चोक बस्दै आएकी २६ बर्षिय ज्योती आफ्नो ५ बर्षिय छोरी आर्जना सहित सम्पर्क विहिन भएकी हुन् । ज्योतीका श्रीमान... पुरा पढ्नुहोस

सुरेसको उपचारका लागि डेढ लाख बढी सहयोग

बेनी १७ भदौ । मंगला गाउँपालिका ५ नेटाका मृगौलापिडित सुरेश छन्त्यालको उपचारका लागि आईतबार डेढ लाख रुपैया भन्दा बढी आर्थिक सहयोग प्राप्त भएको छ । दुवै मृगौलाले काम गर्न छाडेपछि काठमाडौको टिचीङ अस्पतालमा उपचार गराइरहेका १९ वर्षिय छन्त्यालका परिवारको कमजोर आर्थिक अवस्थाका कारण उपचारमा समस्या भएपछि परोपकारी संस्था ओमकुमारी शान्ति... पुरा पढ्नुहोस

हुलाकचोक देखि ईन्द्रेणीटोल जाने गल्लीको बाटोलाई सहज बनाउन माग

बेनी १७ भदौ । बेनी नगरपालिका ७ ईन्द्रेणीटोलका बासिन्दाले हुलाकचोक देखि ईन्द्रेणीटोल जाने बाटोमा पर्ने गल्लीको बाटोलाई सहज बनाउन माग गरेका छन् ।  ईन्द्रेणी टोल सुधार समितिका अध्यक्ष नैनकुमार श्रेष्ठको नेतृत्वमा आईतबार नगरपालिकामा पुगेको स्थानीयबासीको टोलीले नगर प्रमुख हरिकुमार श्रेष्ठ र वडा अध्यक्ष राजेन्द्र श्रेष्ठलाई भेटेर यस्तो माग राखेका हुन्... पुरा पढ्नुहोस

चोचाङ्गी समाज नेपालको भेटघाट तथा सम्मान कार्यक्रम पोखरामा भब्यताका साथ सम्पन्न ।

भाद्र,१७ पोखरा, चोचाङ्गी समाज नेपालको आयोजनामा पोखराको रामबजार स्थिति भामरकोट पार्टीप्यालेसमा नेपाल का विभिन्न ठाँउमा रहेका चोचाङ्गी परिवारको भेटघाट तथा विभिन्न क्षेत्रमा सफलता प्राप्त तथा अवकाश प्राप्त र ७० बर्ष भन्दा माथिका भाइखलाकहरुलाई सम्मान गर्ने कार्यक्रम भब्य समारोहको साथ सप्पन्न भएको छ। "हाम्रो देश, हाम्रो पुर्खा, हाम्रो गरिमा, हाम्रो इतिहास,... पुरा पढ्नुहोस

स्मल हेभन मन्टेश्वरीको उद्घाटन

म्याग्दी, १७ भदौँ । सदरमुकाम बेनीमा रहेको माउण्ट एभरेष्ट आवासिय विद्यालय अन्तर्गतको स्मल हेभन मन्टेश्वरीको उद्घाटन गरिएको छ । विद्यालयद्धारा सञ्चालित मन्टेश्वरीको आइतवार समाजसेवी गोविन्द्र नरसिङराज भण्डारी र भद्रकुमारी श्रेष्ठले सयुक्त रुपमा उद्घाटन गरेका हुन् । विद्यालयले हुलाकचोक स्थित रेडक्रसको भवनमा बालमैत्री पुर्वाधार निर्माणका लागि पचास लाख लगानी गरि मन्टेश्वरी... पुरा पढ्नुहोस