पत्रकार गौतम पुरस्कृत

  • २३ भाद्र २०७५, शनिबार
  • 1565 पटक पढिएको

म्याग्दी २३ भदौ ।बेनीबाट प्रकाश हुने रिखार दैनिकका प्रकाशक सन्तोष गौतम शनिबार पुरस्कृत भएका छन् ।बेनीमा महिलाहरुको नेतृत्व र ब्यवस्थापनमा सञ्चालित दिदीबहिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सातौ वार्षिक साधारणसभाको अवसरमा नगद तिनहजार ३३३ रुपैया सहित पुरस्कृत गरेको हो । जिल्ला सहकारी संस्थाका अध्यक्ष प्रेमबहादुर कार्की, प्रजिअ लिलाधर अधिकारी र संस्थाकी अध्यक्ष ज्योती लामीछानेले नगद पुरस्कार प्रदान गर्नुभएको थियो ।

विगत ११वर्षदेखि पत्रकारीतामा सक्रिय गौतमले म्याग्दीको आर्थिक, सहकारी, बैंक वित्तिय, पर्यटन, कृषि, पूर्वाधार विकास सम्बन्धि खोजमुलक समाचार सम्प्रेशण गरेको योगदानको कदर गर्दैपुरस्कृत गरिएको संस्थाकी अध्यक्ष लामीछानेले बताईन ।रासस, सगरमाथा, धाौलागिरी टिभी, कारोबार आर्थिक दैनिक, म्याग्दीकाली एफएम लगायतका सञ्चार माध्यममा आवद्ध गौतमले यसै महिनादेखी बेनीबाट प्रकाशन हुदै आएको रिखार दैनिकको प्रकाशकको जिम्मेवारी समेत लिएका छन् ।