मराङमा चोचाङ्गी पुनहरुको भेला सम्पन्न
- २३ भाद्र २०७५, शनिबार
- 1252 पटक पढिएको
तेजिन्द्रमान पुन
म्याग्दी, २३ भदौ । म्याग्दीको धौलागिरी गाउँपालिका–६ मराङमा चोचाङ्गी पुनहरुको भेला सम्पन्न भएको छ । सो भेलाबाट चोचाङ्गी पुन समाजको अध्यक्षमा भेषबहादुर चोचाङ्गी, सचिबमा तब बहादुर पुन र कोषाध्यक्षमा प्रदेवी पुन चयन भएका छन् ।
मराङ, बिम र खिबाङमा रहेका चोचाङ्गी पुनहरुको सहभागीता रहेको सो भेलाले आगामी मंसिरमा कुल पुजा गर्ने निर्णय गरेका छन् । त्यसैगरि कुलपुजाको लागि मन्दिर निर्माण गर्ने तयारी समेत गरेका छन् । हरेक चोचाङ्गी घरबाट ५ हजारको दरले रकम संकलन गर्ने र अपुग रकम चन्दा संकलन मार्फत जुटाउने तयारी भएको बताईएको छ ।