म्याग्दी समाचार

विलबाङका पहिरो पीडितलाई राहत वितरण (फाेटाे फिचर)

म्याग्दी, १ भदौ । विलबाङ,म्याग्दी भदौं १ गते । पश्चिम म्याग्दीको मालिका गाउँपालिका २ रुमको विकट वस्ती विलबाङका पहिरो पीडितहरुलाइ विहिवार राहत वितरण गरिएको छ । बुधवार विहान वस्ती माथिको खरिवोटको पाखोबाट आएको पहिरोले ६ घर पूर्णरुपमा पहिराले पुरेको थियो । पहिरोले घर पुरेपछि पीडितहरु आफन्तको घरमा आश्रय लिएर वसेका... पुरा पढ्नुहोस

बेनीमा एक महिना लामो ‘बर्खेनाच’ को रौनकता

बेनी, १ भदौ । बेनीमा एक महिना लामो ‘बर्खेचान’को रौनकता छाएको छ । नेवार समुदायको परम्परागत साँस्कृतिक पहिचानको रुपमा रहेको बर्खेनाच घण्टाकर्ण चर्तुदर्शी देखी हरितालीका तिजको दिनसम्म विभिन्न नाचहरु देखाएर मनाउन सुरु गरिएको छ । नेपाल भाषा मंकाःखलः को मुल संयोजनमा घण्टाकर्ण चर्तुदर्शीका दिन साउन १४ गतेदेखि देखाउन सुरु भएको... पुरा पढ्नुहोस

गुईठे र काभ्रेका पहिरो पिडितलाई सुरक्षित स्थानमा राखीने

म्याग्दी ३१ साउन । म्याग्दीको अन्नपूर्णगाउँपालिका ३ दानाको गुईठे र काभ्रेका पहिरो पिडितलाई सुरक्षित स्थानमा सारीने भएको छ । गाउँपालिकाकाअध्यक्ष डमबहादुर पुन, उपाध्यक्ष केशमाया मगर, वडा अध्यक्ष नरसीङ पुर्जा, बेनी–जोमसोम–कोरला सडक आयोजनाकाप्रतिनिधि र पिडितहरुबीच भएको छलफलपछि उच्चजोखिममा रहेका १० घरपरिवारलाई अस्थाई रुपमा सुरक्षित स्थानमा बस्ने ब्यवस्थामिलाउने निर्णय भएको हो ।... पुरा पढ्नुहोस

स्वर्गीय कार्कीको परिवारले दिए उपचारमा सहयोग गर्नेहरुलाई धन्यबाद

म्याग्दी, ३१ साउन । म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतीका ब्रेन ट्युमरबाट पिडित भई उपचारको क्रममा ज्यान गुमाएका याम बहादुर कार्कीको घरपरिवारले उनको उपचारको क्रममा सहयोग गर्ने दाताहरुलाई धन्यबाद ज्ञापन गरेका छन् । काठमाण्डाको न्युरो अस्पतालमा उपचारको क्रममा कार्कीको निधन भएको थियो । स्वर्गीय कार्कीको १३ औँ पुन्य तिथिको दिनमा उनका घरपरिवारले... पुरा पढ्नुहोस

म्याग्दीको बाढी पहिरोको समस्याबारे साँसद केसीद्धारा प्रदेश सरकारको ध्यानकर्षण

म्याग्दी, ३१ साउन । मंगलवार राती आएको बाढी पहिरोबाट प्रभावित भएकाहरुलाई राहत र जोखिमपूर्ण क्षेत्रहरुमा संरक्षणको लागि म्याग्दीका प्रदेश सभा सदस्य विनोद केसीले प्रदेश सरकारको ध्यानकर्षण गराउनुभएको छ । विहिवार बसेको गण्डकी प्रदेश सभाको बैठकमा बिशेष समय लिएर बोल्दै साँसद केसीले म्याग्दीको मालिका गाउँपालिका– २ बिलबाङमा पहिरोबाट ६ घर पूर्ण... पुरा पढ्नुहोस

कालीगण्डकीले विद्यालय भवन बगाएको कोप्चेपानीको अवस्था यस्तो

  कोप्चेपानी (म्याग्दी) ३१ साउन । कालीगण्डकीले कक्षाकोठा भवन बगाएपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ कोप्चेपानी स्थित धवलागिरी आधारभू विद्यालयको पठनपाठन प्रभावीत भएको छ । बुधबार बिहान कालिगण्डकी नदीमा आएको बाढीले कटान गरेर विद्यालयको ६ कोठे भवन बगाएपछि कक्षा सञ्चाल नगर्न समस्या भएको हो ।बिहीबार देखि सुरु हुन लागेको पहिलो त्रैमासीक... पुरा पढ्नुहोस

बेनी–जोमसोम सडक अवरुद्ध

  म्याग्दी, ३१ साउन । बर्षातको कारण विभिन्न ठाउँमा पहिरो र नदी कटानका कारण म्याग्दीको उत्तरी क्षेत्र हुदै हिमाली जिल्ला मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध बनेको छ । म्याग्दीको बैसरी, बेगखोला, भुरुङ तातोपानी, गुईठे, घट्टेखोला, रुप्से, काभ्रे भीर र मुस्ताङको घाँसामा पहिरोले सडक बगाएपछि सिधा यातायात अवरुद्ध बनेको बेनी–जोमसोम–कोरला सडक... पुरा पढ्नुहोस

जग्गा भाडामा लिएर ब्यवासायिक गाई–भैसीपालन

म्याग्दी, २८ साउन । म्याग्दीको रघुगंगा गाउँपालिका– २ साझपानीका लोकबहादुर भण्डारीले सदरमुकाम बेनी नजिकै पर्वतको जलजला गाउँपालिका २ बगरफाटँमा जग्गा भाडामा लिएर ब्यवसायिक गाई भैँसी पालन गर्दैै आएका छन् । गाउँमा बसेर पुर्खाहरुले गर्दै आएको खेतीलाई निरन्तरता दिदा घरखर्च चलाउन गाह्रो भएपछि विगत ६ बर्षदेखि बगरफाटँमा ३ रोपनी जग्गा भाडामा... पुरा पढ्नुहोस

बेनी अस्पतालको भवन निर्माण योजना अल्पत्र, साढे १ बर्षमा जग मात्रै बस्याे

म्याग्दी, ३१ साउन । शल्यक्रिया सहितको स्वास्थ्य सेवा प्रवाहमा अब्बल मानिएको बेनी अस्पतालमा अहिले अस्थायी टहराबाट सेवा प्रवाह भैरहेको छ । १५ शैयाबाट स्तरबृद्धि गरी ५० शैयाको अस्पताल बनाउन सुरु गरिएपनि भवन पूर्वाधार योजना अल्पत्र परेपछि चौतर्फि चासो र चिन्ता बढेको छ । क्षमता विस्तार सहितको सेवा प्रवाहको लागि भवन... पुरा पढ्नुहोस

उपचारका लागि मृगौला पीडित पार्वती विश्वकर्माले गरिन सहयोगको याचना

म्याग्दी, ३१ साउन । मृगौला रोगबाट पीडित म्याग्दीको रघुगंगा गाउँपालिका– १ बेगखोलाकी पार्वती विश्वकर्माले जीवन रक्षाको लागि सहयोगको अपिल गरेकी छन् । पोखराको मणिपाल अस्पतालमा उपचार गराईरहेकी ३७ बर्षिय विश्वकर्माको उपचारमा लाखौ रुपिया आर्थिक खर्च लाग्ने भएपछि सहयोगका लागि  आग्रह गरेकी  हुन् । आर्थिक रुपमा विपन्न रहेकी विश्वकर्माको उपचारमा लाखौ... पुरा पढ्नुहोस