म्याग्दी समाचार

बलात्कारको आरोपमा युवा पक्राउ

बेनी १६ असोज । म्याग्दीको मालिका गाउँपालिका १ निस्कोटमा बलात्कारको आरोपमा प्रहरीले सोमबार एक युवालाई पक्राउ गरेको छ । ५० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा २१ वर्षीय गोविन्द पुनलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अघि बढाएको प्रहरी नायव उपरिक्षक बिरबहादुर बुढाले जानकारी दिनुभयो । पिडित महिलाले जवरजस्ती करणी गरेको उजुरी गरेको... पुरा पढ्नुहोस

बलात्कारीलाई फास्ट्रयाक कानुन बनाएर कारवाहीको माग

म्याग्दी, १५ असोज । महिला तथा बालबालिका माथि देशभरी श्रृङखलाबद्ध बलात्कार तथा हत्यामा संलग्नलाई शुन्य सहनशीलताको नितिलाई कार्यान्वयन गर्न २४ घण्टा भित्र दोषीलाई कडा कारवाही गर्नुपर्ने म्याग्दीमा क्रियाशिल महिला सम्बद्ध संघसंस्थाले माग गरेका छन् । २१ औं शताब्दीमा पनि महिला र बालबालिका माथि हुने गरेको अर्मयादित, अमानवीय पासविक घटनाले दैनिकजसो... पुरा पढ्नुहोस

म्याग्दी बहुमुखी क्याम्पसको स्व–मूल्याकंन रिपोट सार्वजनिक

म्याग्दी, १५ असोज । क्यूएए प्राप्तीका लागि म्याग्दी बहुमुखी क्याम्पसले तयार गरेको स्वमूल्याकंन रिपोट सार्वजनिक गरिएको छ । सोमबार क्याम्पस संचालन समितिका अध्यक्ष बालकृष्ण सुवेदीले संचालक समिति सदस्य र प्रध्यापकको उपस्थितमा तयार गरिएको स्वमूल्याकंन रिपोट सार्वजनिक गरेका हुन् । विश्व विद्यालय अनुदान आयोगको निर्देशनमा क्याम्पसमा भईरहेको गतिविधिहरुलाई समेटेर तयार पारिएको... पुरा पढ्नुहोस

सुकुम्बासी बालबालीकालाई पाेर्तुगलमा रहेका केसीद्धारा आर्थिक सहयोग

म्याग्दी, १५ असोज । म्याग्दीको बेनी नगरपालिका–६ अर्थुङ्गेस्थित भरालेका सुकुम्वासी सीता बानियाँको परिवारलाई रु २५ हजार आर्थिक सहयोग गरिएको छ । रघुगंगा गाउँँपालिका–३ मौवाफाँट घर भई हाल पोर्तुगलमा रहेका ओकील केसीले नगद रु २५ हजार रुपैयाँ आर्थिक सहयोग गर्नुभएको हो । सहयोगदाता केसीले उपलब्ध गराउनुभएको सहयोग आईतवार बेनीमा आयोजित एक कार्यक्रममा... पुरा पढ्नुहोस

२५ बर्ष पुरा गरेको अवसरमा कैलाश विकास र्बैकंले देशभर सप्ताह कार्यक्रम

म्याग्दी, १५ असोज । कैलाश विकास बैंक लिमिटेडले २५ बर्ष पुरा गरि २६ बर्ष पुगेको अवसरमा देशभरका बैकहरुमा सप्ताहब्यापी कार्यक्रम आयोजना गरेको छ । बैंकको रजत जयन्ती अवसरमा शाखा बेनीले आयोजित सप्ताह कार्यक्तम सोमबारदेखि सुरु गरेको हो । विगत ५ बर्षदेखि सेवा दिदै आएको शाखा बेनीले आयोजना गरेको सप्ताह कार्यक्रमलाई... पुरा पढ्नुहोस

अमर मावि चिमखोलामा नियमित पठनपाठनको माग गर्दै आन्दोलीत विद्यार्थीहरु निष्कासित

म्याग्दी, १५ असोज । म्याग्दीको रघुगंगा गाउँपालिका– ७ चिमखोलामा रहेको अमर माध्यमिक विद्यालयले कक्षा १० का २२ जना विद्यार्थीहरुलाई निष्कासन गरेको छ । बिषय अनुसारका शिक्षकहरुको व्यवस्था गरि नियमित पठनपाठन गराउन माग गर्दै आन्दोलनमा उत्रिएका कक्षा १० का विद्यार्थीहरुलाई विद्यालय व्यवस्थापन समितिको आईतवार बसेको बैठकले एक महिनाको लागि निष्कासन गरेको... पुरा पढ्नुहोस

बिलवाङका पहिरो पिडितलाई थप राहत वितरण

दरवाङ १५ असोज । मालिका गाउँपालिका २ बिलवाङका पहिरो पिडितहरुलाई सोमबार थप राहत वितरण गरिएको छ । जिल्ला विपद् ब्यवस्थापन समितिले दरवाङ स्थित गाउँपालिकाको कार्यालयमा ५ घरपरिवारलाई तीस हजार रुपैयाको दरका राहत वितरण गरेको हो । नरबहादुर पुन, खप्रसाद पुन, चिजमान पुन, नोटबहादुर पुन र तमकुमारी पुनको परिवारलाई प्रजिअ लीलाधर... पुरा पढ्नुहोस

मराङखोलाको नहर र मुहान मर्मत

बेनी १५ असोज । म्याग्दीको धवलागिरी गाउँपालिका मराङका बासिन्दाले श्रमदान गरेर स्थानीय मराङखोला लघुजलविद्युत परियोजनाको नहर र मुहान मर्मत गरेका छन् । बर्खा यामको बाढी र पहिरोका कारण क्षत्ती पुगेको नहर मर्मतका लागि मराङका तिन सय भन्दा बढी घरधुरीले आईतबार श्रमदान गरेका त्यहाँबाट तेजिन्द्र पुनले जानकारी दिनुभयो । मुहानमा थुप्रिएको... पुरा पढ्नुहोस

४२ मेगावाटको मिस्त्रीखोला निर्माणमा स्थानीयको अवरोध

बेनी १४ असाेज ।  म्याग्दीको नारच्याङमा निर्माणाधीन ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युत् आयोजनाको निर्माण स्थानीयबासीको अवरोधका कारण शनिबारदेखि ठप्प भएको छ । रोबस्ट इनर्जीद्वारा निर्माणाधीन आयोजनाको सुरुङको आउटलेटबाट निस्किएको पानी अव्यवस्थित रुपमा फालिँदा गएको पहिरो नियन्त्रणमा बेवास्ता गरेको भन्दै नारच्याङको अन्नपूर्ण युवा क्लबको अगुवाइमा आयोजना निर्माण कार्य बन्द गराएका हुन् ।... पुरा पढ्नुहोस

प्रेश यूनियनको अध्यक्षमा राकेश शर्मा

म्याग्दी, १४ असोज । नेपाल प्रेस युनियन जिल्ला शाखा म्याग्दीको सातौं साधारणसभा तथा पाँचौं अधिवेशनबाट अध्यक्षमा राकेश शर्मा निर्वाचित भएका छन् । आइतबार बेनीमा सम्पन्न भएको अधिवेशनबाट उपाध्यक्षमा अंकित पुन, रञ्जना श्रेष्ठ, सचिव साधन राम्जाली, सहसचिव सावीत्री सुबेदी, कोषाध्यक्ष सुरेन गुरूङ रहेका छन् । त्यसैगरी सदस्यहरूमा अमित गर्बुजा, शुसिल कुमार... पुरा पढ्नुहोस