मृगौला पीडित छन्त्यालद्वारा आर्थिक सहयोग गरिदिनु हुन अनुरोध

  • २८ मंसिर २०७५, शुक्रबार
  • 5701 पटक पढिएको

म्याग्दी, २८ मंसीर । दुवै मृगौला फेल भएर उपचाररत माया कुमारी छन्त्यालले सहयोगको याचना गरेकी छन् ।

म्याग्दीको धौलागिरी गाउँपालिका-५ साबिक मल्कबाङ्ग वडा नम्बर ८ मलम्पार निवासी मृगौला पीडित २६ बर्षिया छन्त्यालले उपचारका लागि सहयोगको याचना गरेकी हुन् । नावालिका छोरी समेत रहेका छन्त्याल झन्डै १ महिना देखि मृगौला फेल भएर पोखराको मणिपाल हस्पिटलमा उपचारको क्रममा हप्तामा २ पटक डायलिसिस गरिरहेकि छन् । आर्थिक अवस्था निकै नाजुक रहेको र श्रीमान संगपनि राम्रो सम्बन्ध नरहेकोले उपचार गर्न कठिन भैरहेको भाई सुजन छन्त्यालले बताउनु भयो ।

अस्पतालले मृगौला प्रत्यारोपणका लागि १३-१५ लाख रुपैंयाँ जम्मा गर्न लगाए पनि आफुसँग रकम जम्मा गर्ने क्षमता नभएकाले हारगुहार माग्नुको बिकल्प नभएको गुनासो गरे ।

औषधी र इन्जेक्सन किन्दा हप्तामा आठ हजार भन्दा बढी खर्च हुन्छ ।’, मायाका भाई सुजन छन्त्यालले भने ‘घरमा आम्दानी छैन, आफ्नो कमाई छैन । डायलिसिस गर्नपनि गाह्रो भएको छ ।’ उनले सबैबाट सहयोग पाए दिदीलाई मृगौला प्रत्यारोपण गरेर बचाउन चाहेको बताए ।

नाता, ईष्टमित्र लगायत सम्पूर्ण दयालु मनहरुमा आर्थिक सहयोगको लागि पीडितका भाई सुजन छन्त्यालले हार्दिक अपिल गरेको छ ।

सम्पर्कको लागि :

ठुली आमा दलदेबी छन्त्याल
मोबाइल :  ९८०४१५११२७

भाई सुजन छन्त्याल
मोबाइल : ९८०५२४०६३८

भाई तारा छन्त्याल
मोबाइल : ९८२५१३०७४८