शैक्षिक सुधारका लागि अन्तरक्रिया
- २९ मंसिर २०७५, शनिबार
- 1727 पटक पढिएको
बाबियाचौर २९ मंसिर । मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा शुक्रबारदेखि सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि विद्यालय व्यवस्थापन समिति, प्रअ, शिक्षक र सरोकारवालाहरुबीच बृहत छलफल कार्यक्रम सुरु भएको छ ।
सामुदायिक विद्यालयको शैक्षिक विकासमा देखिएका समस्याको पहिचान, समाधानको उपायको खोजीका लागि गाउँपालिकाले आयोजना गरेको छलफल कार्ययोजना तयार पार्दै शनिबार सकिने जनाइएको छ ।
गाउँपालिकाको सबै सामुदायिक विद्यालयका प्रअ, व्यवस्थापन र अभिभावक समितिका पदाधीकारी, जनप्रतिनिधि र सरोकारवाला सहभागि छलफलको शिक्षाविद् डाक्टर विद्यानाथ कोइरालाले सहजिकरण गर्नुहुने जनाइएको छ ।
गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाको अध्यक्षता, उपाध्यक्ष सिर्जना केसीको स्वागत र स्रोत व्यक्ति डेकबहादुर बानियाको सञ्चालनमा सम्पन्न कार्यक्रममा गण्डकी प्रदेशको सामाजिक विकास मन्त्री नरदेवी पुनको सचिवालयका चन्द्रमणी सापकोटाले प्रदेश सरकारको शिक्षा सम्बन्धि नीति तथा कार्यक्रमको बारेमा जानकारी गराएका थिए । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रसाद गौतमले कार्यक्रमको उद्देश्य प्रस्तुत गरेका थिए ।