म्याग्दी समाचार
पार्टी स्थापना दिवसको अवसरमा श्रमदान गरि सडक मर्मत (फोटो फिचर)
- 6 बर्ष, 8 महिना अगाडि
- ९ बैशाख २०७६, सोमबार
https://www.youtube.com/watch?v=XZkV5YZT0Bc&feature=youtu.be बेनी, ९ वैशाख । नेपाल कम्युनिष्ट पार्टीको ७० औँ स्थापना दिवसको अवसरमा नेकपा म्याग्दीले श्रमदान गरि सडक मर्मत गरेको छ । बेनी नगरपालिका–२ मा पर्ने हाँडेभिरमा सोमबार विहान दुई घण्टा श्रमदान गरि नेकपा म्याग्दीका नेता तथा कार्यकर्ताहरुले सडक मर्मत गरेका हुन् । बेनी–बागलुङ सडक खण्ड अन्र्तगत पर्ने हाँडेभिरमा सडक... पुरा पढ्नुहोस
बेनी अस्पतालमा निर्मीत आवास भवन हस्तान्तरण
- 6 बर्ष, 8 महिना अगाडि
- ८ बैशाख २०७६, आईतवार
सन्तोष गौतम बेनी ८ बैशाख । बेनी अस्पतालमा निर्माण भएको डाक्टर र नर्सिङ आवास (क्वाटर) भवन आइतबार हस्तान्तरण गरिएको छ । अस्पतालमा आयोजना गरिएको कार्यक्रममा १६÷१६ कोठ दुई वटा भवन हस्तान्तरण गरिएको हो । संघीय आयोजना कार्यान्वयन इकाई कास्कीले बेनी अस्पताल व्यवस्थापन समितिलाई भवन निर्माण सम्बन्धी कागजात हस्तान्तरण गरिएको थियो... पुरा पढ्नुहोस
म्याग्दीमा मेला तथा महोत्सवलाई नियन्त्रण गर्न मापदण्ड तयार
- 6 बर्ष, 8 महिना अगाडि
- ८ बैशाख २०७६, आईतवार
कमल खत्री बेनी, ८ वैशाख । म्याग्दीमा सञ्चालन हुने मेला तथा महोत्सवलाई व्यवस्थित र मर्यादित बनाउनको लागि मापदण्ड तयार गरिएको छ । जिल्ला सुरक्षा समितिका संयोजक समेत रहनुभएका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीको बिशेष पहलमा आईतवार भएको सर्वपक्षिय छलफलबाट जिल्लामा आयोजना हुने मेला महोत्सवलाई व्यवस्थित बनाउनको लागि २२ बुँदे मापदण्ड... पुरा पढ्नुहोस
गुठी समस्या र हिमाली जिल्लाको सुविधाको लागि साँसद केसीद्धारा सरकारको ध्यानकर्षण
- 6 बर्ष, 8 महिना अगाडि
- ८ बैशाख २०७६, आईतवार
म्याग्दी, ८ वैशाख । गण्डकी प्रदेश सभाका सदस्य विनोद केसीले जिल्लाको रघुगंगा र अन्नपूर्ण गाउँपालिकामा सयौँ बर्ष पुरानो गुठी जग्गाको समस्या र हालै हिमाली जिल्लाको मान्यता पाएको म्याग्दीमा सरकारी सेवा र सुविधाको बारेमा गण्डकी प्रदेश सरकारको ध्यानकर्षण गराउनुभएको छ । आईतवार बसेको प्रदेश सभा बैठकमा बिशेष समय लिएर बोल्दै साँसद... पुरा पढ्नुहोस
निजामती कर्मचारी संगठनको स्थापना दिवस
- 6 बर्ष, 8 महिना अगाडि
- ७ बैशाख २०७६, शनिबार
म्याग्दी, ७ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट निजामती कर्मचारी संगठन म्याग्दीले शनिबार स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा गत वर्ष सहिद मनोज झपेन्द्र स्मृति दिवसको पारेर म्याग्दी बहुमुखी क्याम्पस परिसरमा रोपिएका कफिका बिरुवाको गेडमेल, मलजल र सरसफाई गरिएको हो । गत वर्ष ४०० कफिका बिरुवा रोपिएको... पुरा पढ्नुहोस
श्री कृष्णागण्डकी जेष्ठ नागरिक सेवा केन्द्रको अध्यक्षमा पुनः श्रेष्ठ
- 6 बर्ष, 8 महिना अगाडि
- ७ बैशाख २०७६, शनिबार
साधन राम्जाली म्याग्दी ७ बैशाख । श्री कृष्णागण्डकी जेष्ठ नागरिक सेवा केन्द्रको तेस्रो साधारण सभा एवम् तेस्रो अधिवेशन सम्पन्न भएको छ । म्याग्दीको सदरमुकाममा वि सं २०६९ सालमा स्थापना भएको संस्थाको शनिबार एक कार्यक्रमको विच तेस्रो साधारण सभा तथा तेस्रो अधिवेशन समापन भएको हो । तेस्रो अधिवेशनबाट पुनः चन्द्रप्रसाद श्रेष्ठ... पुरा पढ्नुहोस
राखु समाज कल्याण समिति काठमाण्डौको नयाँ कार्य समिति चयन
- 6 बर्ष, 8 महिना अगाडि
- ७ बैशाख २०७६, शनिबार
म्याग्दी, ७ वैशाख । काठमाण्डौमा बसोबास गर्ने म्याग्दीको रघुगंगा गाउँपालिका– २ भगवती र ३ पिप्लेका बासिन्दाहरुको संस्था राखु कल्याण समिति काठमाण्डौको नयाँ कार्य समिति चयन भएको छ । शनिवार सम्पन्न संस्थाको १७ औँ बार्षिक साधारणसभा तथा अधिबेशनबाट प्रेम मल्लको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको हो । समितिको उपाध्यक्षहरुमा रामु... पुरा पढ्नुहोस
भगवतीमा नेकपाको वडा कमिटी गठन, अगुवा कार्यकर्तालाई प्रशिक्षण
- 6 बर्ष, 8 महिना अगाडि
- ७ बैशाख २०७६, शनिबार
म्याग्दी ७ वैशाख । तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबिच भएको एकताबाट बनेको नेपाल कम्युनिष्ट पार्टी म्याग्दीले स्थानीय तहमा एकता टुंगो लगाएसंगै वडा कमिटी गठन गर्न सुरु गरेको छ । रघुगंगा गाउँपालिका–२ भगवतीमा शनिवार भएको अगुवा कार्यकर्ताहरुको भेलाले झलक शर्मा अध्यक्ष र नरबहादुर भण्डारी सचिब रहनुभएको २५ सदस्यीय वडा कमिटी... पुरा पढ्नुहोस
म्याग्दीका स्थानीय तहमा बेरुजुको चाङ
- 6 बर्ष, 8 महिना अगाडि
- ७ बैशाख २०७६, शनिबार
सन्तोष गौतम म्याग्दी, ७ वैशाख । म्याग्दीका स्थानीय तहमा गत आर्थिक वर्ष २०७४÷७५ मा नौ करोड रुपैयाँ भन्दा बढी बजेट अनियमित तवरले खर्च भएको छ । महालेखा परिक्षकको कार्यालयले हालै सार्वजनिक गरेको छपन्नौ वार्षिक प्रतिवेदनमा म्याग्दीका छ वटा स्थानीय तहमा नौ करोड चार लाख छयासी हजार रुपैयाँ आर्थिक अनुशासन विपरित... पुरा पढ्नुहोस
म्याग्दीमा कक्षा आठको कमजोर नतिजा ! बेनी, धवलागिरी र रघुगंगामा ग्रेडबृद्धी परिक्षा हुने
- 6 बर्ष, 8 महिना अगाडि
- ७ बैशाख २०७६, शनिबार
म्याग्दी, ७ वैशाख । स्थानीय तह कार्यान्वयनमा आएसंगै यहाँका स्थानीय तहहरुले पहिलो पटक सञ्चालन गरेको आधारभुत तहको कक्षा ८ सम्मको (विएलई) परिक्षाको नतिजा विश्लेषण आफु अनुकुल गरेका छन् । एक नगरपालिका र ५ गाउँपालिकामा अधिकाँशको नतिजा सन्तोषजनक छैन् । यहाँका तीन स्थानीय तहले ग्रेडबृद्धी परिक्षा नै सञ्चालन गर्ने भएका छन्... पुरा पढ्नुहोस