राखुका मुटु रोगीलाई आर्थिक सहयोग

  • २६ जेष्ठ २०७६, आईतवार
  • 2331 पटक पढिएको

म्याग्दी, २६ जेठ । रघुगंगा गाउँपालिका –३ राखु कलेजाबाङ्गस्थित मुटु रोगी धन बहादुर सार्कीलाई करिब डेढ लाख सहयोग प्राप्त भएको छ । अमेरीकामा रहेका रोजी भण्डारी नेत्तृत्वको समुहले संकलन गरेको ४२ हजार लगायतको रकम रोजीको भाई इश्वर भण्डारीले मुटु रोगी सार्कीलाई हस्तान्तरण गरेका हुन् ।


त्यस्तै बैदेशिक रोजगारमा अमेरिकामा गएका सोचिन्द्र भण्डारीको संयोजक समूहले ७३ हजार ,भिमसेन सार्कि नेत्तृत्वको समुहले १२ हजार पाँच सय ,बिष्णु भण्डारीबाट ७ हजार ,इश्वर भण्डारीबाट १२ हजार सहयोग उठाइएको थियो ।


बैशाख १३ गतेका दिन एकासी ह्दयघात भएका सार्कीको मुटुको दुईवटा भल्व फुटेर रगत जमेको र उपचारको मणिपाल शिक्षण अस्पताल पोखरामा १८ दिन आईसियुमा राखि उपचार गरिएको थियो । एउटा भल्वको अप्रेशन गरि पाईप फेरीएको र अर्को अप्रेशनको लागि मिति लिएर घरमा आराम गरेको साकीले बताए ।
अहिले सम्म उपचारमा अस्पतालले एकलाख रुपैया र सामजिक बिकास मन्त्रालयको एकलाख रुपैयाको छुट गरि करिव ७ लाख रुपैया खर्च भएको उनकी श्रीमती जुना सार्कि बताईन ।
सार्कीको आर्थिक अवस्था कमजोर भएको र उपचारमा ठुलो रकम लाग्ने भएकोले सबैले सहयोग गरिदिन परिवारले अपिल गरेका छन् ।