देशको पहिचान दिने मगरजातीको कलासस्कृति जोगाउनुपर्छ : नेता शर्मा

  • २६ जेष्ठ २०७६, आईतवार
  • 1783 पटक पढिएको

म्याग्दी, २६ जेठ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शुक्रराज शर्माले देशको पहिचान झल्कने मगर जातिको कला ,संस्कृती तथा भेषभुषासंरक्षण तथा प्रवद्र्धनमा जोडदिनुपर्ने बताए । राष्ट्रिय मगर संघ म्याग्दीको प्रथम अधिवेशनलाई सम्बोधन गर्नुहुँदै नेता शर्माले देशको विभिन्न कालखण्डमा मगरहरुले महत्वपुर्ण योगदान रहेकोे बताउदै योगदानलाई नभुल्ने कलासस्कृति जोगाउन सबै मगर समुदाय जागरुक हुनुपर्ने बताए ।


देशमा राना शासन ,राजतन्त्र ,पञ्च्यायत फाल्ने देखी लिएर दश बर्षे जनयुद्ध सम्म मगरको समुदायको महत्वपुर्ण भुमिका रहेको बताउदै्र राजतन्त्रत अन्त्य, माओवादीले थालेको दश बर्षे जनयुद्धमा तथा गनतन्त्र स्थापना सम्म मगरको मुख्य भुमिका रहेको छ बताए । उनले संविधानमा जनजाती,दलित तथा महिला आरक्षण दिलाउनमा कांग्रेसका मुख्य भुमिका रहेको बताए । कार्यक्रममा नेपाली कांग्रेस बागलुङका सभापति दिपेन्द्र थापा मगर,नेपाली कांग्रेस म्याग्दीका निवर्तमान सभापती एवम् पुर्व संविधान सभा सदस्य रेशम बहादुर बानियाँ ,नेपाली कांग्रेस म्याग्दीका सभापति खम बहादुर गर्बुजा खम्बीर ,नेपाली कांग्रेस म्याग्दीका प्रवत्ता अजय मिलन श्रेष्ठ लगायतले मगर जातीत्वको हिसावमा देशको तेस्रो ठुलो जनसंख्या मगरहरु रहेकोमा जोड दिएका थिए ।


यसैगरी बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ, बागलुङको गलकोट नगरपालिकाका उपमेयर रेनुका काउचा मगर,मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगर,अन्नपुर्ण गाउँपालिकाका अध्यक्ष क्याप्टेन डम बहादुर पुन मगरले म्याग्दी मगर जातीको बाहुल्यता भएता पनि देशमा एकल जातिय शासन व्यवस्थाले गर्दा मगर जातीको कला, भाषा, संस्कृती लोपान्मुख अवस्थामा रहेको बताउदै संरक्षणमा सक्रिय हुन जोड दिएका थिए ।
तदर्थ समिती संयोजक जितेन्द्र पुनको अध्यक्षता,जिल्ला समन्वय समितिका सदस्य खिमकुमारी पुर्जाको सञ्चालन तथा जिल्ला सांस्कृतीक संघकी अध्यक्ष धनकुमारी थापा मगकरको स्वागत मन्तव्यमा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो । उद्घाटन कार्यक्रम संगै बन्द सत्र, प्रशिक्षण र जिल्ला अधिवेशन समापन कार्यक्रम रहेको संयोजक एवम् केन्दीय सदस्य बोम बहादुर चोचाङ्गी मगरले जानकारी दिए ।