म्याग्दी समाचार

अर्मनबासीलाई पुल नहुँदाको पिडा : खोलामै जोखिम मोलेर सवारी वारपार ( फिचर)

म्याग्दी, १० पुस । म्याग्दीको मंगला गाउँपालिका–५ अर्मनमा सडक पुगेको ७ बर्ष बढी भैसक्यो तर स्थानीयबासीले सडक पुगेको अनुभुती गर्न भने अझै पाएका छैनन् । गाउँपालिकाको केन्द्र बावियाचौर हुँदै जिल्ला सदरमुकाम आउने बाटोमा पर्ने म्याग्दी खोलामा वारपारको लागि पुल निर्माण नभएपछि अर्मनबासीको लागि यातायातको सहज पहुँच नपुगेको हो ।अहिले यहाँका... पुरा पढ्नुहोस

मराङको बेशीमा दन्त शिविर सुरु

बेनी ९ पुष । धवलागिरी गाउँपालिका ६ मराङको बेशीमा सोमबारदेखि निशूल्क दन्त शिविर सुरु भएको छ ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) न्युजील्याड र म्याग्दी प्रवासी नेपाली संघ (मोना)ले धवलागिरी गाउँपालिकासँग समन्वय गरेर आयोजना गरेको शिविरको गाउँपालिकाका अध्यक्ष थमसरा पुनले उद्घाटन गर्नुभयो । अध्यक्ष पुनले ग्रामिण र दुर्गम क्षेत्रमा स्वास्थ्य, शिक्षाको... पुरा पढ्नुहोस

अध्यक्ष मल्लद्धारा चन्द्रेवर शिवालयलाई एक लाख बढी सहयोग

बेनी ९ पुष । जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले वडा न. सहस्रकमाय स्थित चन्द्रेश्वर शिवालयलाई व्यक्तिगत रुपमा एक लाख रुपैयाँ भन्दा बढी सहयोग गर्नुभएको छ । पुष २ गतेदेखि सुरु भएको शिवमहापुरण तथा विश्वशान्ति धनधान्याचल ज्ञानमहायज्ञको आठौ दिन सोमबार अध्यक्ष मल्लले एक लाख ११ हजार १११ रुपैयाँ सहयोग गर्नुभएको... पुरा पढ्नुहोस

रघुगंगा गाउँपालिकालाई समुदायबाटै जग्गा व्यवस्थापन

बेनी, ९ पुस । म्याग्दीको रघुगंगा गाउँपालिकालाई भवन निर्माणको लागि समुदायबाट जग्गा व्यवस्थापन गर्न सुरु गरिएको छ । गाउँपालिकाको केन्द्र मौवाफाँटमा गाउँपालिकाको भवन निर्माण गर्ने सार्वजनिक जग्गा नभएपछि नव सहरी बस्ती विकासको अवधारणमा समुदायस्तरबाट करोडौँ मुल्य बराबरको जग्गा गाउँपालिकालाई निःशुल्क व्यवस्थापन गर्न लागिएको हो । मौवाफा“टको गाउ“पालिका केन्द्र रहेको क्षेत्रमा... पुरा पढ्नुहोस

जिपको ठक्करबाट वृद्धाको ज्यान गयो

 बेनी  ९ पुस । म्याग्दीको मंगला गाउँपालिका–५ अर्मनको धारामा जिपको ठक्करबाट एक वृद्धाको ज्यान गएको छ । ग २ च ३०८ नम्बरको निजी जिपले ठक्कर दिँदा घाइते भएकी अर्मन धाराकी ७० वर्षीया कृष्णकुमारी रोका क्षेत्रीको पोखराको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको प्रहरी नायव उपरीक्षक बिरबहादुर बुढाले जानकारी... पुरा पढ्नुहोस

मालिकाको दुर्गम गाउँमा रहेका विद्यालयमा सौर्य उर्जा जडान ( फाेटाे फिचर)

बेनी ९ पुष । म्याग्दीको मालिका गाउँपालिकाको दुर्गम र विकट क्षेत्रमा रहेका तीन वटा सामुदायिक विद्यालयमा सौर्य उर्जा जडान गरिएको छ । विद्यालयको प्रशासनिक र शैक्षिक गतिबिधिलाई प्रबिधिको प्रयोगगरि सहज, प्रभावकारी र व्यवस्थित बनाउन वातावरण मन्त्रालय अन्तरगत वैकल्पिक उर्जा प्रर्वद्धन केन्द्रको सहयोगमा सौर्य उर्जा जडान गरिएको हो । मालिका गाउँपालिकाको... पुरा पढ्नुहोस

अख्तियारी र कार्यबिधि नुहँदा बजेट कार्यान्वयनमा ढिलाई

बेनी ९ पुष । चालू आर्थिक वर्ष २०७५/७६ मा संघ र प्रदेश सरकारले बजेट बिनियोजन गरेका योजना तथा कार्यक्रम कार्यान्वयनमा ढिलाई भएको छ । बजेट बिनियोजन भएका योजना तथा कार्यक्रम कार्यान्वयनका लागि आवश्यक कार्यबिधी र अख्तियारीको अभावमा ढिलाई भएको हो । बेनी नगरपालिकाले आइतबार आयोजना गरेको छलफल कार्यक्रममा जिल्ला स्थित... पुरा पढ्नुहोस

बेनी–जोमसोम सडकमा पहिरोको जोखिम अध्ययन सुरु

बेनी ९ पुष । म्याग्दीको उत्तरी क्षेत्र हुदै हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकमा पहिरोको जोखिमको बारेमा भुगर्भ बिद्हरुको टोलीले स्थलगत अध्ययन सुरु गरेका छन् । बेनी–जोमसोम–कोरला सडक आयोजना अन्तरगत म्याग्दीको नारच्याङ पुल देखि मुस्ताङको कोवाङ खण्डको सडक स्तरोन्नती र कालोपत्रेको ठेक्का लिएको निर्माण कम्पनी शर्मा–गजुरमुखी जेभीले पहिरोको अध्ययन गर्न... पुरा पढ्नुहोस

जलजलाबासीलाई वडामै सम्पती तथा भुमिकर तिर्ने सुबिधा

बेनी ९ पुष । जलजला गाउँपालिका ३ स्थित वडा कार्यालयमा आइतबार व्यवसाय दर्ता र नविकरण, सम्पती तथा भूमिकर संकलनका लागि सञ्चालित घुम्ति शिविर सम्पन्न भएको छ । स्थानीयबासीको सुबिधाका लागि गाउँपालिकाले खटाएको घुम्ती टोलीले दुई दिनसम्म सञ्चालित शिविरबाट १२९ जनाबाट सम्पती तथा भुमिकर वापत एक लाख एक हजार २५४ रुपैयाँ... पुरा पढ्नुहोस

बेनी नगरपालिकाको सडकमा पटके कर

बेनी ८ पुष । बेनी नगरपालिका क्षेत्रमा रहेका सहायक सडकमा गुड्ने सवारी साधनलाई पटके कर लगाइने भएको छ । नगर प्रमुख हरिकुमार श्रेष्ठको अध्यक्षतामा शुक्रबार बसेको ३० औ कार्यपालिका बैठकले बेनी–जोमसोम, बेनी–दरवाङ र बेनी–रत्नेचौर बाहेक नगरपालिकाले निर्माण र मर्मत गरेका सडकबाट पटके कर संकलन गर्ने निर्णय गरेको हो ।ट्याक्सी, जिप... पुरा पढ्नुहोस