म्याग्दी समाचार

बुलमा निर्माण भएको गाउँघर क्लिनिक भवन उद्घाटन

मराङ ५ पुष । म्याग्दीको धवलागिरी गाउँपालिका ६ मराङको बुलमा निर्माण भएको गाउँघर क्लिनीक भवनको बिहीबार उद्घाटन र हस्तान्तरण गरिएको छ । भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित बुलका बासिन्दालाई सहज रुपमा गाउँमै स्वास्थ्य सेवा उपलब्ध गराउन गुड नेवर्स ईन्टरनेशनलको सहयोगमा कदम म्याग्दीद्धारा सञ्चालित सामुदायिक विकास परियोजनाको सहयोगमा भवन... पुरा पढ्नुहोस

बेनीमा डिभिजन वन कार्यालयका सहायक वन अधिकृत घुस रकम सहित पक्राउ (भिडियो सहित)

बेनी, ५ पुस । डिभिजन बन कार्यालय म्याग्दीका सहायक वन अधिकृत राजकुमार ठाकुर घुस रकम सहित रंगेहात पक्राउ परेका छन् । विहिवार बेनी नगरपालिका–७ मंगलाघाट स्थित सब डिभिजन बन कार्यालयमा रहेको आवासगृहमा डिभिजन सहायक बन अधिकृत ठाकुरलाई नगद रु ३३ हजार घुस रकम लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसंधान आयोगको पोखरा... पुरा पढ्नुहोस

मौलीक परिकारको ओल्डहाउस रेष्टुरेन्ट एण्ड नेवारी किचन

बेनी ५ पुष । म्याग्दीको सदरमुकाम बेनीको गणेशटोलमा युवाले मौलीक खानाका परिकारकोे रेष्टुरेन्ट सञ्चालन गरेका छन् । २७ वर्षीय सिसम श्रेष्ठले ओल्ड हाउस रेष्टुरेन्ट एण्ड नेवारी किचन सुरु गरेका हुन् । मौलिक शैलिको ६० वर्ष पुरानो घरमा आधुनिक संरचना निर्माण गरि सञ्चालन गरिएको रेष्टुरेन्टमा नेवारी खाना र खाजाका साथै विभिन्न... पुरा पढ्नुहोस

रुख काट्ने आदेश नआउँदा कालीगण्डकी प्रसारण करिडोर प्रभावित

म्याग्दी ५ पुस । रूख काट्ने आदेश नपाउँदा राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी प्रसारण करिडोरको काम प्रभावित भएको छ । प्रसारण लाइनको म्याग्दीको दानादेखि पर्वतको खुर्कोट खण्डमा रूख काट्ने आदेश नपाउँदा काम प्रभावित भएको हो । मन्त्रिपरिषद्ले रूख काट्न अनुमति दिने निर्णय कार्यान्वयन नहुँदा २२० केभिए क्षमताको दाना–खुर्कोट प्रसारण लाइनमा ३०... पुरा पढ्नुहोस

म्याग्दीका बीस वटा विद्यालयको भवन पुनःनिर्माण हुने

बेनी ४ पुस । यस वर्ष म्याग्दी जिल्लाका बीस वटा सामुदायिक विद्यालयको भवन पुनःनिर्माण हुने भएको छ । तीन वर्षअघिको भुकम्प र बाढी पहिरो लगायत विपद्का कारण भत्किएका र जोखिममा परेका भवनहरुको पुनःनिर्माणका लागि बजेटको व्यवस्थापन भएको हो । राष्ट्रिय पुननिर्माण प्राधिकरण अन्तरगत जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा... पुरा पढ्नुहोस

भारतमा हुने साउथ एशियन च्याम्पियनसिप कराँते प्रतिस्पर्धामा म्याग्दीका निर्मल

म्याग्दी, ५ पुष । म्याग्दीको रघुगंगा गाउँपालिका–२ राखु पखटोलका निर्मलबहादुर केसी भारतमा हुने साउथ एसियन च्याम्पिपयनसिप करातेमा खुल्लातर्फबाट सहभागि भएका छन् । भारतको पश्चिम बंगालमा आयोजना भएको साउथ एशियन च्याम्पियनसिप कराँते प्रतियोगितामा निर्मलसंगै छ जना खेलाडी सहभागि भएका हुन् । राष्ट्रियस्तरमा हुने कराते प्रतियोगितामा सहभागि भएर्र धेरै उपाधी जितेका केसी... पुरा पढ्नुहोस

हिदीमा हेलीप्याड निर्माण

बेनी ४ पुष । म्याग्दीको मंगला गाउँपालिका २ हिदीमा हेलीप्याड निर्माण भएको छ । विपद् ब्यवस्थापन र आपतकालीन उद्धारको कामलाई ब्यवस्थित बनाउन ‘एक वार्ड, एक हेलीप्याड’को अवधारणा अनुसार हिदीमा हेलीप्याड निमाण गरिएको हो । वडा कार्यालयको सिफारीस अनुसार बुधबार हिदी पुगेका शसस्त्र प्रहरी बलको गलेश्वर स्थित गुल्मका नायव उपरिक्षक अनिल... पुरा पढ्नुहोस

शिशुको उपचारका लागि बेलायतबाट आर्थिक सहयोग

बेनी ४ पुष । म्याग्दीको धवलागिरी गाउँपालिका ७ हिलापोखरीकी २२ वर्षीया कमला परियारले जन्माएका तिम्ल्याह शिशूको उपचारका लागि बेलायतबाट एक लाख रुपैयाँ भन्दा बढी आर्थिक सहयोग जुटेको छ । पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार गराइरहेका कमला र राजु परियारका शिशूहरुको उपचारका लागि हिलापोखरी घर भई हाल बेलायतमा रहनुभएका दुर्गाबहादुर पुनको... पुरा पढ्नुहोस

विद्यालय सञ्चालन गर्न महायज्ञ आयोजना

बेनी १७ मङसिर । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको जलजला गाउँपालिकाको २ र ३ नम्बर वडामा पर्ने बगरफाँटमा विद्यालय सञ्चालन गर्न महायज्ञ आयोजना गरिएको छ । निजी स्रोतका शिक्षकको तलब, भत्ताको व्यवस्थापन, भौतिक र शैक्षिक गुणस्तरका साथै विद्यालयको तह थप गर्नका लागि आर्थिक स्रोत जुटाउन महायज्ञको आयोजना गरिएको हो ।... पुरा पढ्नुहोस

महायज्ञमा साढे एघार लाख संकलन

बेनी ४ पुष । जलजला गाउँपालिका ५ सहस्रकमाय स्थित चन्द्रेश्वर शिवालयमा आयोजित शिवमहापुरण तथा विश्वशान्ति धनधान्याचल ज्ञानमहायज्ञको दोस्रो दिनसम्म साढे ११ लाख रुपैयाँ भन्दा बढी सहयोग जुटेको छ । धार्मिक पर्यटकीय विकासको उद्देश्य राखेर आयोजित महायज्ञको दोस्रो दिनसम्म ११ लाख ६८ हजार ५५ रुपैयाँ संकलन भएको प्रचारप्रसार उपसमितिका सदस्य नविन... पुरा पढ्नुहोस