म्याग्दी समाचार

पहिरोले बेनी–जोमसोम सडकमा सिधा सवारी अवरुद्ध (भिडियो सहित)

म्याग्दी ६ साउन । बेनी–जोमसोम सडकमा सिधा सवारी अबरुद्ध बनेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ मा पर्ने गुइठेभिरमा पहिरो खसेपछि बेनी–जोमसोम सडकमा सोमबार विहानैदेखि सिधा सवारी अबरुद्ध बनेको हो । यो भिरमा सुख्खा पहिरो खस्दा शनिबार दिनभर पनि सडक अबरुद्ध बनेको थियो । सडक माथिबाट खसेको पहिरोले सडकको आधार नै... पुरा पढ्नुहोस

३७ औं विपी स्मृति दिवस बेनीमा मनाइयो

म्याग्दी,६ साउन । नेपाली काँग्रेसका संस्थापक विश्वेश्वरप्रसाद कोईरालाको ३७ औ स्मृती दिवस बेनीमा मनाइएको छ । नेपाली कांग्रेस म्याग्दीले सोमबार पाटी कार्यालयमा बिपिको जिवनी, बिचार सम्झिएका छन् । म्याग्दीका सभापति खमबहादुर गर्बुजा (खम्बीर)ले स्वर्गिय विपि कोइरालाको फोटोमा माल्यार्पण गरेका थिए । वि.स २०३९ साउन ६ गते दिवंगत भएका विपीलाई नेपालको... पुरा पढ्नुहोस

बजारमा म्याद नाघेका सामग्री भेटिए

बेनी ६ साउन । बजार अनुगमनका क्रममा पसलमा म्याद नाघेका सामग्री भेटिएका छन् । बेनीको मंगलाघाट क्षेत्रका खाद्यान्न पसलहरुमा म्याद नाघेका सामग्री भेटिएको हो । जिल्ला बजार अनुगमन समितिका संयोजक लीलाधर अधिकारीको नेतृत्वमा मंगलाघाटमा आठ वटा खाद्यान्न पसलमा अनुगमन गरिएको थियो । म्याद नाघेका चाउचाउ, भुजिया, कुरकुरे लगायतका खाद्यान्न भेटिएका... पुरा पढ्नुहोस

गलेश्वर–पिप्ले– भगवती–बेग र बाबियाचौर–दरवाङ सडक कालोपत्रे हुने

  बेनी ६ साउन । गण्डकी प्रदेश सरकारको “एक निर्वाचन क्षेत्र, एक सडक आयोजना” कार्यक्रम अन्तरगत म्याग्दीका दुई वटा सडक कालोपत्रे हुने भएका छन् । गलेश्वर–पिप्ले–भगवती–बेग र बेनी–दरवाङ–कल्लेनी–ताकम–मुना–जलजला सडकको बाबियाचौर लाम्पाटा देखि दरवाङ बजारसम्मको स्तरोन्नति गर्न ठेक्का सम्झौता भएको छ । संयुक्त सर्वेक्षण गरिसकेका निर्माण कम्पनीले प्रारम्भिक चरणमा सडक चक्लाउन... पुरा पढ्नुहोस

दरमिजा हुँदै चिमखोला जाने गोखोको भिरमा गोरेटो बाटो मर्मत (फाेटाे फिचर)

म्याग्दी ५ असार । म्याग्दीको रघुगंगा गाउँपालिकाको दरमिजा हुँदै चिमखोला जाने पदमार्ग अन्र्तगत गोखोको भिरमा गोरेटोबाटो मर्मत गरिएको छ । चिमखोलातर्फबाट दरमिजा तर्फ सडक विस्तार गर्ने क्रममा पुरानो गोरेटोबाटो पुरिएपछि चिमखोलाका स्थानीय युवाहरुले अप्ठ्यारो भिरमा गोरेटो बाटोलाई मर्मत गरेका हुन् ।   मोटरबाटो निर्माण कार्य अप्ठ्यारो ठाउँमा पुगेर रोकिएको र... पुरा पढ्नुहोस

ग्रामिण क्षेत्रमा उपस्थिति बढाउन प्रहरीलाई सुझाव

बेनी ५ साउन । म्याग्दीका सरोकारवालाहरुले ग्रामिण क्षेत्रमा उपस्थिति र पहुँच बढाउन प्रहरीलाई सुझाव दिएका छन् । म्याग्दी उद्योग वाणिज्य संघले आइतबार बेनीमा आयोजना गरेको अन्तरक्रियामा सहभागि जनप्रतिनिधि, ब्यवसायी र अगुवाहरुले नयाँ संरचना अनुसार दुर्गम र विकट क्षेत्रमा पनि प्रहरीको उपस्थिति आवश्यक रहेको बताएका थिए । म्याग्दीमा प्रहरी चौकी थप... पुरा पढ्नुहोस

अनेरास्ववीयुद्धारा राहुवडामा वृक्षारोपण (फोटो फिचर)

बेनी ५ साउन । नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववीयु म्याग्दीको आयोजनामा आइतबार बेनी नगरपालिका–६ राहुवडामा वृक्षारोपण गरिएको छ । एक स्थानीय तह, एक वन निर्माण गर्ने सरकारको कार्यक्रम अनुसार राहुवडाको सार्वजनिक खाली पाखोमा ३०५ वटा काठ र घाँस प्रजातिका बिरुवा रोपिएको विद्यार्थी नेता प्रकाश पौडेलले जानकारी दिनुभयो । कार्यक्रमको सुरुवात... पुरा पढ्नुहोस

नेकपा म्याग्दीको इञ्चार्जमा थापा चयन

बेनी ५ साउन । नेपाल कम्युनिष्ट पार्टीले म्याग्दी जिल्ला इञ्चार्जको जिम्मेवारी केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापालाई दिएको छ । काठमाडौमा आइतबार बसेको नेकपाको सचिवालय बैठकले ७७ वटै जिल्लाको इञ्चार्जको टुङ्गो लगाएको हो । यसअघि म्याग्दी जिल्लाको अध्यक्षमा गोविन्द पौडेल र सचिवमा हरिकृष्ण श्रेष्ठलाई चयन गरिएको थियो । म्याग्दीका... पुरा पढ्नुहोस

पाखापानीमा तालिम र सेवा केन्द्रको भवन निर्माण

सन्तोष गौतम बेनी ५ साउन । रघुगंगा गाउँपालिका–६ पाखापानीको कमनाथमा तालिम र सेवा केन्द्रको भवन निर्माण भएको छ । गाउँपालिकाको आर्थिक सहयोगमा विभिन्न सिपमुलक तालिम सञ्चालनका लागि तीन सय जना क्षमताको तालिम केन्द्र भवन बनाइएको हो । तालिम केन्द्रको भवन निर्माणका लागि गाउँपालिकाले गत आर्थिक वर्षमा १४ लाख रुपैयाँ बिनियोजन... पुरा पढ्नुहोस

मोना सेन्दाई जापानले तीजको अवसरमा विविक्यु गर्ने

म्याग्दी ५ साउन । म्याग्दी प्रवासी नेपाली संघ(मोना) सेन्दाई, जापानले हरितालिका तीजको अवसरमा विविक्यु (साँस्कृतिक भेटघाट) कार्यक्रम गर्ने भएको छ । समितिको आइतवार बसेको बैठकले सेप्टेम्बर १ तारिकका दिन तीजको अवसरमा सेन्दाइ क्षेत्रमा रहेका म्याग्देलीहरुबिचको भेटघाटको लागि विविक्यु गर्ने निर्णय गरेको हो । अध्यक्ष कमल बानियाँको अध्यक्षतामा बसेको बैठकले सल्लाहकारमा... पुरा पढ्नुहोस