म्याग्दी समाचार

पोषणका लागि स्थानीय खाद्यान्नको उपभोगमा जोड

सन्तोष गौतम रनबाङ ३ फागुन । गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनले स्वास्थ्य र पोषण सुधारका लागि स्थानीय खाद्यान्नको प्रयोगमा जोड दिनुभएको छ । तयारी र आयातित खाद्यान्नको बढ्दो प्रयोगका कारण एकातर्फ देशको पैसा बिदेशिने र अर्कोतर्फ स्वास्थ्यमा विभिन्न समस्या देखिने भएकाले गाउँघरमै उत्पादन हुने खाद्यान्नको उपभोग गर्नुपर्ने मन्त्री... पुरा पढ्नुहोस

दरवाङमा प्रथम राष्ट्रपति रनिङ शिल्ड सुरु (फोटो फिचर)

सन्तोष गौतम दरवाङ ३ फागुन । मालिका गाउँपालिकाको केन्द्र दरवाङ बजारमा शुक्रबारदेखि अन्तर मावि विद्यालय छात्र÷छात्रा प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । मालिका गाउँपालिकाले आयोजना गरेको प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनले खेलकुदको विकास मार्फत प्रदेश र राष्ट्रलाई चिनाउने तथा पर्यटनको विकास... पुरा पढ्नुहोस

जमुनाका परिवारलाई जापानबाट सहयोग

https://www.youtube.com/watch?v=nrEtZ-FIUnk&t=21s बेनी ३ फागुन । कोठा भाडा तिर्ने पैसा नभएपछि विद्यालयको चर्पीका लागि बनाइएको टहरामा बस्न बाध्य बेनी नगरपालिका २ ज्यामरुककोटकी जमुना सुनारको परिवारलाई शुक्रबार जापानबाट सहयोग प्राप्त भएको छ । दुई नातीसँगै बगरफाँटको सरस्वति आधारभुत विद्यालय परिसरमा बस्दै आएकी ७५ वर्षीया सुनारलाई बेनपा २ गौस्वाँरा घर भई हाल जापानमा... पुरा पढ्नुहोस

बाबा आमाले छाडेपछि दुई बालकको पालनपोषण ७५ बर्षिय हजुरआमाको काँधमा (भिडियाे सहित)

कमल खत्री म्याग्दी, ३ माघ । कतिपय मानिस सन्तान नभएर जिवनभर निरास हुन्छन् । तर यहाँ दुई छोराहरुलाई एक दम्पतीले बेसाहारा बनाएर छाडेका छन् । बेनी नगरपालिका–२ तमानेका राजु सुनारका दम्पतीले आफ्ना दुई छोरा सहितको परिवारलाई भताभुंग बनाएर छोराहरुलाई अल्पत्र बनाएर एक अर्काले पुनः दोस्रो विवाह गरेको रहस्य खुलेको छ... पुरा पढ्नुहोस

सुन्तला बिक्रीबाट भकिम्लीको राखु गाउँमा रु २५ लाख भित्रियो

म्याग्दी, ३ फागुन ।  म्याग्दीको एक गाउँमा सुन्तला विक्रिबाट लाखौँ भित्रिएको छ । बेनी नगरपालिका– ३ भकिम्ली राखु गाउँमा सुन्तला विक्रि गरेर रु २५ लाख भित्रिएको हो । गाउँमा उत्पादन भएको सुन्तला पोखरा, काठमाण्डौ लगायतका ठाउँमा निर्यात गरि कृषकहरुले सो रकम आम्दानी गरेको स्थानीय कृषक मनकुमारी पुनले बताईन् । बेनपा–३... पुरा पढ्नुहोस

करेन्ट लागेर हातखुट्टा गुमाएका कृष्ण वलीलाई मल्कबाङ समाज युकेको पहलमा सहयोग (भिडियाे सहित)

म्याग्दी, ३ फागुन । करेन्ट लागेर हातखुट्टा गुमाएका कृष्ण वलीलाई मल्कबाङ समाज युकेको पहलमा रु १ लाख १७ हजार सहयोग गरिएको छ । विभिन्न ठाउँबाट संकलन भएको सो सहयोग रकम मल्कबाङका अगुवा थम छन्त्याल र नर छन्त्याल मार्फत कृष्ण वली र उनकी पत्नी रुपालाई हस्तान्तरण गरिएको छ । https://www.youtube.com/watch?v=-yEmtfXBczM&feature=youtu.be करेन्ट... पुरा पढ्नुहोस

म्याग्दी समाज युएसए मेरिल्याण्डको अध्यक्षमा इन्द्र बहादुर थापा छेत्री चयन

अमेरिका ३ फागुन । अमेरिकाको मेरिल्याण्डमा स्थापित म्याग्दी समाज युएसए मा नयाँ कार्य समिति चयन भएको छ । सन् २००९ मा स्थापना भएको यस संस्थाको बार्षिक अधिवेसन मार्फत म्याग्दी समाज युएसएको सन् २०१९ /२०२० सम्मका लागि नयाँ समिति गठन भएको छ । अधिबेशनबाट अध्यक्षमा इन्द्र बहादुर थापा छेत्री निर्वाचित हुनुभएकाे ... पुरा पढ्नुहोस

ट्रान्सफर्मरमा क्षति पुगेपछि विद्युत अवरुद्ध

बेनी ३ फागुन । म्याग्दीको बेनी नगरपालिका ३ भकिम्लीमा बिहीबार राती चट्याङ पर्दा विद्युतको ट्रान्सफर्मरमा क्षति पुगेपछि विद्युत सेवा अवरुद्ध भएको छ । भकिम्लीको डोलेमा रहेको ट्रान्सफर्मरमा चटयाङले क्षति पु¥याएपछि डोले, मुसुङ, छेपारे क्षेत्रमा विद्युत आपूर्ति ठप्प भएको स्थानीयबासी डिलबहादुर थापाले जानकारी दिनुभयो । थापाका अनुसार त्यहाँका १६० घरधुरी केन्द्रीय... पुरा पढ्नुहोस

गलेश्वरमा गण्डकी प्रदेशकै अग्लो ४६ फिटको त्रिशुल

बेनी ३ फागुन । बेनी नगरपालिका ९ मा रहेको प्रशिद्ध धार्मिक स्थल गलेश्वर मन्दिर परिसरमा बिहीबार ४६ फिट अग्लो त्रिशुल स्थापना गरिएको छ । गलेश्वर निवासी मानकुमारी शेरचन, उहाँका छोराहरु भलप्रसाद र गणेश शेरचनले मन्दिर परिसरमा त्रिशुल स्थापना गर्नुभएको हो । ४६ फिट अग्लो यो त्रिशुल गण्डकी प्रदेशकै अग्लो भएको... पुरा पढ्नुहोस

मराङमा घुम्ति शिविर सञ्चालन हुने

बेनी २ फागुन । म्याग्दीको धवलागिरी गाउँपालिका ६ मराङमा आगामी शनिबार एकिकृत घुम्ति शिविर सञ्चालन हुने भएको छ । जिल्ला प्रशासन कार्यालयले धवलागिरी गाउँपालिकासँग समन्वय गरेर शिविर सञ्चालन गर्न लागेको हो । भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित धवलागिरी गाउँपालिकाको मल्कवाङ र मराङका बासिन्दालाई गाउँमै प्रशासनिक सेवा उपलब्ध गराउने... पुरा पढ्नुहोस