म्याग्दी समाचार

बेनीमा नवौँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको सुरु(फोटो फिचर)

बेनी, २० पुस : म्याग्दी सदरमुकाम बेनीमा नवौँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । जिल्ला खेलकुद विकास समिति म्याग्दीको आयोजनामा बेनी स्थित खुलामञ्चमा सञ्चालत भएको प्रतियोगितमा पालिकास्तरीय प्रतियोगिताहरुबाट छनौट भएर आएका खेलाहरुले सहभागीता जनाएका छन् । प्रतियोगिताको जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले उद्घाटन गर्नुभएको... पुरा पढ्नुहोस

बेनी नगरपालिकाको ग्रामीण क्षेत्रमा विद्यार्थी संख्या घट्दो, ११ विद्यालयको तह समायोजन

म्याग्दी (बेनी), पुस २० गते । चालु शैक्षिक सत्रको सुरुवातमै बेनी नगरपालिकाले ग्रामीण क्षेत्रमा सञ्चालित सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या कम भएका ११ विद्यालयको तह समायोजन (कक्षा घटुवा) गर्‍यो । कक्षा घटुवा गरेका ती सामुदायिक विद्यालयका अधिकांश कक्षामा विद्यार्थी शून्य थिए । बजार क्षेत्रमा रहेका सामुदायिक विद्यालयमा विद्यार्थी चाप भए पनि ग्रामीण क्षेत्रका... पुरा पढ्नुहोस

न्यू धौलागिरि सहकारी संस्थाले शेयर सदस्यले लिने सेवामा छुट उपलब्ध गराउन विभिन्न ब्यवसायीसंग गर्‍यो सम्झौता

  म्याग्दी, १९ पुस । म्याग्दीको सदरमुकाम बेनीमा रहेको न्यू धौलागिरि बचत तथा ऋण सहकारी संस्थाले शेयर सदस्यलाई विभिन्न सेवामा छुट उपलब्ध गराउन विभिन्न ६ ब्यावसायीक संस्थासंग सम्झौतामा गरेको छ। धौलागिरी सहकारीले शेयर सदस्यले लिने विभिन्न सेवामा चलनचल्तीको मूल्यमा थप छुट उपलब्ध गराउन स्वास्थ्यसंस्था, बससेवा, इन्टरनेट, इलेट्रोनिक्स, पुस्तक तथा स्टेशनरी,... पुरा पढ्नुहोस

जलजला अध्ययन प्रतिष्ठानको प्रथम अधिवेशन सम्पन्न

पुस १९ गते । पर्वतको जलजला गाउँपालिकामा गठन भएको जलजला अध्ययन प्रतिष्ठानको प्रथम अधिवेशन विहिवार पर्वत बेनीमा सम्पन्न भएको छ । अधिवेशनले  पुनः नरबहादुर कार्कीलाई सर्वसम्मत रुपमा कार्यसमितिको अध्यक्षमा चयन गरेको छ । यसैगरी प्रतिष्ठानको उपाध्यक्षमा हिराबहादुर जिसी,सचिव दुर्गा दर्जी,सहसचिव जिवन मल्ल,कोषाध्यक्ष सुनिता बरुवाल जिसी,सदस्यहरुमा क्रमशः बेदनाथ आचार्य,माधव आचार्य,अम्बिका परियार... पुरा पढ्नुहोस

जिल्लास्तरीय नवौँ राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिताको तयारी पुरा

  म्याग्दी, १९ पुस। पुस २० र २१ गते सदरमुकाम बेनीस्थित खुल्लामञ्चमा हुने जिल्लास्तरीय नवौँ राष्ट्रपति राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिताको तयारी पुरा भएको छ । जिल्ला खेलकुद विकास समिति म्याग्दीको आयोजनामा शुक्रबार र शनिबार संचालन हुने पालिकास्तरीय नवौँ राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिताको तयारी पुरा भएको अध्यक्ष दिनेश केसीले पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभएको... पुरा पढ्नुहोस

कालीगण्डकी कोरिडोर : महभिर-पोखरेबगर खण्डमा कालोपत्र सुरु

म्याग्दी, पुस १९ गते । राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर, बेनी-जोमसोम-कोरला सडक योजनाअन्तर्गत म्याग्दीको महभिर–पोखरेबगर खण्डमा कालोपत्र सुरु भएको छ । अन्नपूर्ण गाउँपालिका-७ महभिरबाट वडा नम्बर ६ पोखरेबगर र भुरुङ्ग तातोपानी क्षेत्रमा सडक कालोपत्र गर्न थालिएको हो । बेनी-जोमसोम-कोरला सडक योजनाका इन्जिनियर अच्युतविलास पन्तले ठेकेदार कम्पनीले यसअघि प्राइम कोड बिछ्याएको पोखरेबगर र... पुरा पढ्नुहोस

मोना यूएईद्वारा राष्ट्रियस्तरका भलिबल खेलाडी सम्मानित

  म्याग्दी, १९ पुस । मोना यूएईले राष्ट्रियस्तरका खेलाडीहरुलाई सम्मान गरेको छ । प्रदेशी हातेमालो सहकारी संस्थाको निमन्त्रणामा भलिवल खेल्न पुगेको ६ जना खेलाडीलाई मोना युएईले समानपत्रसहित खादाले सम्मान गरेको हो । गण्डकी प्रदेशबाट खेल प्रर्दशन गर्ने राष्ट्रियस्तरका भलिबल खेलाडीहरु म्याग्दीका सुजन चोखाल, बागलुङ गल्कोटका खेलाडीद्वाय रबि केसी, इन्द्र विक,... पुरा पढ्नुहोस

बेनीमा परम्परागत माघेसंक्रान्ति मेलालाई निरन्तरता दिइने

बेनी १९ पुस : म्याग्दी सदरमुकाम बेनीमा परम्परागत रुपमा हुँदै आएको माघे संक्रान्ति मेलाले यस बर्ष पनि निरन्तरता पाउने भएको छ । म्याग्दी उद्योग बाणिज्य संघ अन्र्तगत रहेको महिला उद्यम विकास समितिको मुल आयोजनामा पुस २९ देखि माघ २ गतेसम्म माघे संक्रान्ति मेला आयोजना हुन लागेको हो । माघे संक्रान्ति... पुरा पढ्नुहोस

घुम्तीगोठ भेडापालनमा चारपुस्ता

  म्याग्दी, १९ पुस। म्याग्दीमा पुर्खाले सुरु गरेका भेडाबाख्राका गोठहरु नयाँ पुस्ताले छोड्ने क्रम बढेको छ। बैदेशिक रोजगारी लगायत अन्य पेशाले गर्दा पुर्खाले जिविकोपार्जनका लागि सुरु गरेको परम्परागत शैलीको घुम्ती गोठलाई नयाँ पुस्ताले निरन्तरता दिनेक्रम कम हुदै गएको छ। पुर्खाले सुरु गरेको भेडाबाख्राको घुम्ती गोठलाई रघुगंगा गाउँपालिका– २ भगवतीका नन्दबहादुर... पुरा पढ्नुहोस

म्याग्दीका दुई पालिकामा आधारभूत अस्पताल भवन अलपत्र

बेनी । म्याग्दीमा निर्माणाधीन दुई आधारभूत अस्पताल अलपत्र परेका छन् । ‘एक स्थानीय तह, एक आधारभूत अस्पताल’योजनाअन्तर्गत मङ्गला र धौलागिरि गाउँपालिकामा निर्माण सुरु भएका दुई अस्पताल भवनको काम निर्माण व्यवसायीले ढिलासुस्ती गरेपछि अलपत्र परेका हुन् । धौलागिरि-७ ताकममा पाँच र मङ्गला-५ हाँडेभिरमा १० शय्या क्षमताको आधारभूत अस्पताल २०७७ सालमा शिलान्यास... पुरा पढ्नुहोस