म्याग्दी समाचार

मंगला र मुक्तिधाम माविमा कृषि प्राबिधिक विषयको पढाई हुने

बेनी ५ बैशाख । म्याग्दीको दुई वटा सामुदायिक विद्यालयमा नयाँ शैक्षिक सत्रदेखि कृषि प्राबिधिकविषयको पठनपाठन सञ्चालन हुने भएको छ । मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा रहेको मंगला मावि र रघुगंगा गाउँपालिका २ भगवतीको मुक्तिधाम माविमा कक्षा ९ देखि १२ सम्म कृषि प्राबिधिक विषयको पठनपाठन सञ्चालनका लागि शिक्षा मन्त्रालयले अनुमती दिएको हो ।... पुरा पढ्नुहोस

फलातेमा खेलमैदान र भवनको उद्घाटन

बेनी ५ बैशाख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ५ फलातेमा निर्माण भएको खेलमैदान, युवा क्लव र आमा समूहको भवनको बुधबार उद्घाटन गरिएको छ । ग्रुप स्टार युवा क्लव र लालीगुराँस आमा समूहले बनाएको खेलमैदान र भवनको नेपाली काँग्रेस म्याग्दीका सभापति खम्बिर गर्बुजाले उद्घाटन गर्नुभएको हो । सभापति गर्बुजाले विकासका लागि समुदाय... पुरा पढ्नुहोस

पत्रकार गिरीको रिहाईको माग गर्दै पत्रकार महासंघ म्याग्दीद्धारा गृहमन्त्रालयलाई ज्ञापन पत्र

म्याग्दी, ४ वैशाख । समाचार लेखेकै आधारमा पक्राउ परेका पोखराका पत्रकार अर्जुन गिरीलाई तत्काल रिहा गर्न माग गर्दै नेपाल पत्रकार महासंघ म्याग्दी शाखाले गृहमन्त्रालयमा ज्ञापन पत्र पठाएको छ । प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी मार्फत महासंघले पत्रकारलाई समाचार लेखेको आधारमा नियन्त्रणमा लिनु राज्यको गम्भिर कमजोरी रहेको भन्दै ज्ञापन पत्र पठाएको... पुरा पढ्नुहोस

संसदीय टोलीद्धारा कोरला नाकाको अध्ययन

निरज थकाली ठिनी (मुस्ताङ) ४ बैशाख ।  व्यवस्थापिका संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिको टोलीले मुस्ताङ र चिनको स्वशासित क्षेत्र तिब्बतको सिमानामा रहेको कोरला नाकाको स्थलगत अध्ययन गरेको छ । समितिका सभापति पवित्रा निरौला खरेलको नेतृत्वमा ९ जना संसदहरुको टोलीले निर्माणाधिन बेनी–जोमसोम–कोरला सडक आयोजना, कोरला नाका, नाका क्षेत्रको पूर्वाधार, सुरक्षा अवस्थाको बारेमा... पुरा पढ्नुहोस

बास्कुनामा बाढीले सडक, खानेपानी र सिचाई आयोजनामा क्षति

बेनी ४ बैशाख । बेनी नगरपालिका ४ बास्कुनामा मंगलबारको बर्षापछि आएको बाढीले सडक, खानेपानी र सिचाई आयोजनामा क्षति पु¥याएको छ । भकिम्ली हुदै आउने छहरेखोलामा आएको बाढीले हाडेभिर–बरंजा सडक, बास्कुना खानेपानी र सिचाई आयोजनामा क्षति पु¥याएको हो । बाढीले सडक बगाएपछि बेनी देखि बगरफाँट सुर्केमेला बास्कुना थामडाँडा हुदै मंगला गाउँपालिकाको... पुरा पढ्नुहोस

ग्रिन डेभलपमेन्ट बैंकको दरबाङमा ९ औं शाखा स्थापना

साधन राम्जाली म्याग्दी ४ बैशाख । म्याग्दीको दोस्रो सदरमुकामले परिचित दरबाङ बजारमा ग्रिन डेभलपमेन्ट बैंकले शाखा विस्तार गरेको छ । मालिका गाउँपालिका ६ दरबाङमा गत पुस ११ गते देखी कारोबार सुरु गरेको शाखाको मंगलबार एक कार्यक्रमका विच उद्घाटन गरिएको हो । बागलुङमा केन्द्रिय कार्यालय रहेको बैंकले दरबाङमा नवौं शाखा विस्तार... पुरा पढ्नुहोस

थकाली सेवा समिति दरवाङ क्षेत्रलाई सहयोग

बेनी ४ चैत । थकाली सेवा समिति दरवाङ क्षेत्रलाई एक दम्पतीले साढे तीन लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन् । काठमाडौ टोखा नगरपालिका ९ गोगंबुका पदम र लीला तुलाचनले सहयोग गर्नुभएको हो । लीलाका बुवा हिरा शेरचनको स्मृतिमा सहयोग गर्नुभएको थकाली समितिका अध्यक्ष बिनोद भट्टचनले जानकारी दिनुभयो । तुलाचनले समितिको... पुरा पढ्नुहोस

म्याग्दीमा असिनाले क्षति

बेनी ४ बैशाख । म्याग्दीको विभिन्न ठाउँमा मंगलबार दिउँसो परेको असिना पानीले खेतीबालीमा क्षति पु¥याएको छ ।बेनी नगरपालिका ३ भकिम्लीको मरेकमा असिनाले चुटेर खेतीबाली नष्ट गरेको स्थानीय कृषकहरुले जानकारी दिएका छन् । मरेकका कृषक इन्द्र थापाका अनुसार असिनाले चुटेर हिउँदेबाली, फलफुल र तरकारी बाली नष्ट भएको छ । सुन्तलाको फुल... पुरा पढ्नुहोस

भौगोलिक विविधता भित्रको अथाह पर्यटकीय सम्भावना बोकेको रघुगंगा (फिचर)

आनन्द रिजाल अन्ततः मैले रघुगंगा गाउपालिका भित्रका सबै गाउँहरु घुमेर सक्ने सपना २०७५ चैत १० गते पुरा गर्न सफल भए । हरेक गाउँहरुको छुट्टाछुट्टै पहिचान रहेको सुनेता पनि आफ्नै आँखाले देख्दा धेरै नै फरक हुने रहेछ । रघुगंगा एक आफैमा अनेक विविधता बोकेको गाउँपालिका हो । वडा १ वेग बाट... पुरा पढ्नुहोस

मोना कुवेतबाट एक लाख पच्चीस हजार आर्थिक सहयोगकाे घोषणा

म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति कुवेतले १२ अप्रिल  शुक्रबारका दिन कुवेत स्थित मङ्गाफ मेमोरिस हलमा समिक्षा बैठक तथा खेलाडी सम्मान कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा नयाँ वर्ष २०७६ सालको पावन अवसरमा शुभकामना आदानप्रदान गर्दै एक लाख पच्चीस हजार आर्थिक सहयोगको घोषणा गरिएको हो । मोना... पुरा पढ्नुहोस