म्याग्दी समाचार
साउने संक्रान्तिमा अन्नपूर्ण गाउँपालिकामा सार्वजनिक विदा
- 11 महिना, 7 दिन अगाडि
- १ श्रावण २०८१, मंगलवार
म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले साउने संक्रान्तिको अवसरमा मंगलवार सार्वजनिक विदा दिएको छ । गाउँपालिकाभित्र हर्षोउल्लासका साथ मनाइने साउने संक्रान्ति अर्थात राँके संक्रान्तिको अवसरमा मंगलवार गाउँपालिका भरिका सबै सरकारी कार्यालय, वडा कार्यालय तथा सार्वजनिक निकायमा बिदा दिईएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो । गत असार १२ गतेको गाउँसभा बैठकको... पुरा पढ्नुहोस
बेनी नगरको सार्वजनिक सुनुवाई : पूँजीगत खर्च ८५ प्रतिशत
- 11 महिना, 7 दिन अगाडि
- १ श्रावण २०८१, मंगलवार
बेनी नगरपालिकाको चालु आर्थिक बर्ष २०८०/०८१ मा विकास निमार्ण तर्फको पूँजीगत ८४.९९ प्रतिशत बजेट खर्च गरेको छ । पूँजीगत तर्फ रहेको १८ करोड ७७ लाख ६० हजार रपियाँ बजेट मध्य १५ करोड ९५ लाख ७२ हजार ४८० रुपियाँ बजेट खर्च भएको हो । सोमबार बेनी नगरपालिकाले वडा नम्बर ९ को... पुरा पढ्नुहोस
म्याग्दीका करिब ७०० घरधुरीमा खानेपानीको सुविधा विस्तार
- 11 महिना, 7 दिन अगाडि
- १ श्रावण २०८१, मंगलवार
म्याग्दी ,१ साउन । म्याग्दीका करिब सात सय घरधुरीमा खानेपानीको सुविधा विस्तार भएको छ । खानेपानी, जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय म्याग्दीले आर्थिक बर्ष २०८०/०८१ मा सञ्चालन गरेका खानेपानी योजनाहरुबाट ६९८ घरधुरीमा खानेपानीको मिटर जडान भएको हो । प्रदेश सरकारबाट प्राप्त ३४ वटा र संघीय सरकारबाट प्राप्त ८ वटा... पुरा पढ्नुहोस
पाउद्वार तातोपानी जोड्ने झोलुङ्गे पुल निर्माण, साँघु तरेर वारपार गर्नुपर्ने समस्या हट्यो
- 11 महिना, 8 दिन अगाडि
- ३२ असार २०८१, सोमबार
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ र वडा नम्बर–५ पाउद्वार तातोपानी जोड्ने झोलुङ्गे पुल निर्माण भएपछि साँघु तरेर कालीगण्डकी वारपार गर्नुपर्ने समस्या हटेको छ । दुई वटा तातोपानी कुण्ड रहेका पर्यटकीयस्थललाई जोड्न पूर्वाधार विकास कार्यालय म्याग्दीले कालीगण्डकी नदीमाथि एक सय २६ मिटर लामो झोलुङ्गे पुल निर्माण गरेको हो । पुल... पुरा पढ्नुहोस
रघुगंगामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न
- 11 महिना, 9 दिन अगाडि
- ३१ असार २०८१, आईतवार
म्याग्दी,असार ३० गते । म्याग्दीको रघुगंगा गाउँपालिकाले आइतबार गाउँपालिका केन्द्र मौवाफाँटमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक बर्ष २०८०÷०८१ को चौथो त्रैमासिक सम्मको सेवा प्रवाह,विकास निर्माण लगायतका विविध विषयमा सरोकारवाला र सेवाग्राहीहरुबाट राय सुझाव लिन गाउँपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम गरेको हो । गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रमका सहभागिहरुले विकास... पुरा पढ्नुहोस
म्याग्दीका मुख्य सडक अबरुद्ध
- 11 महिना, 11 दिन अगाडि
- २९ असार २०८१, शुक्रबार
म्याग्दी २८ असार । म्याग्दीका मुख्य सडकखण्ड अबरुद्ध बनेका छन् । म्याग्दीको उत्तरी क्षेत्र र मुस्ताङलाई राष्ट्रिय राजमार्गमा जोड्ने बेनी–जोमसोम सडकखण्ड र बेनी–दरबाङ सडकखण्ड ठाउँ ठाउँमा खसेको पहिरो र नदी कटानले अबरुद्ध बनेका हुन् । अबिरल बर्षाको कारण गएको पहिरो र कटानले बेनी जोमसोम सडकको म्याग्दी खण्डमा विभिन्न सात ठाउँमा... पुरा पढ्नुहोस
चित्रे–घोडेपानी सडक स्तरोन्नतिका लागि ठेक्का आव्हान
- 11 महिना, 11 दिन अगाडि
- २९ असार २०८१, शुक्रबार
बेनी, २८ असार ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको पर्यटकीय स्थल घोडेपानी जोड्ने सडक स्तरोन्नतिका लागि ठेक्का आव्हान भएको छ । गण्डकी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय अन्र्तगतको पूर्वाधार विकास कार्यालय म्याग्दीले अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने चित्रे देखि घोडेपानी जोड्ने सडक स्तरोन्नति गर्न शुक्रबार ठेक्का आव्हान... पुरा पढ्नुहोस
म्याग्दीको ताकममा पहिरोमा घर पुरिँदा दुई जनाको मृत्यु
- 11 महिना, 11 दिन अगाडि
- २९ असार २०८१, शुक्रबार
म्याग्दी २८ असार । म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–७ ताकममा पहिरोमा घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । घर पुरिँदा तुलप्रसाद र उनकी श्रीमती बालकुमारी न्यौपानेको मृत्यु भएको ताकम प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक रमेशप्रसाद अधिकारीले जानकारी दिए । उनका अनुसार जनप्रतिनिधि, प्रहरी र स्थानीयवासीले उद्धार गरेका थिए ।... पुरा पढ्नुहोस
विकास निर्माणको गुणस्तर परिक्षणमा आधुनिक औजार उपकरणको प्रयोग
- 11 महिना, 12 दिन अगाडि
- २८ असार २०८१, बिहीबार
म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले विकास निर्माणका योजनाहरुको गुणस्तर परिक्षणमा आधुनिक औजार उपकरणको प्रयोग गर्न सुरु गरेको छ । रड , सिमेन्ट, बालुवा र गिट्टी मिसाएर निर्माण गरिने नाली, सडक ढलान, भवनको पिल्लर लगायतका विकास निर्माणका योजनाको गुणस्तर जाँच गर्न गाउँपालिकाले आनुधिक मेसिन उपकरणको प्रयोग गर्न थालेको हो । यस बर्ष गाउँपालिकामा... पुरा पढ्नुहोस
म्याग्दीमा दूध उत्पादक कृषकका लागि आएको २२ लाख फिर्ता
- 11 महिना, 12 दिन अगाडि
- २८ असार २०८१, बिहीबार
असार २७ असार । म्याग्दीका दूध उत्पादन गर्ने कृषकहरूलाई प्रोत्साहन गर्न गण्डकी प्रदेश सरकारले पठाएको अनुदान फिर्ता भएको छ। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले कृषकहरूलाई अनुदान वितरण नगरी बजेट फ्रिज गरेको हो। दूध उत्पादन गर्ने कृषकहरूलाई सहकारी संस्था मार्फत प्रति लिटर २ रुपैयाँ ५० पैसाका दरले अनुदान... पुरा पढ्नुहोस