म्याग्दी समाचार

उपचारकै क्रममा ज्यान गुमाएका बालकका घरपरिवारलाई अष्ट्रेलियाबाट आर्थिक सहयोग

अस्पतालमै उपचारको क्रममा ४ महिनाको छोरा गुमाएका बेनी नगरपालिका–९ कुवागैराका नारायण चोखाल र पुष्पा भण्डारी चोखालका परिवारलाई आर्थिक सहयोग प्राप्त भएको छ । नाबालक छोराको उपचारकै क्रममा भारतमा मृत्यु भएपछि छोराको उपचार खर्च तिर्न सहयोग पुगोस भन्ने उदेश्यले अष्टेलियामा रहेका नेपालीहरुले संकलन गरेको ८७६ डलर अर्थात रु ६७ हजार ८९०... पुरा पढ्नुहोस

विकास निर्माणमा नमुना कामः लक्ष्य भन्दा एक बर्ष अगाबै जिसस सभाहल भवन निर्माण (फोटो फिचर)

कमल खत्री म्याग्दी १८ कात्तिक । विकास निर्माण योजनाहरुमा निर्माण व्यवसायिको ढिलासुस्ती र लापरबाही बढिरहेको सन्दर्भमा म्याग्दीमा भने एक योजना लक्ष्य भन्दा १ बर्ष अगाबै सम्पन्न भएको छ । जिल्ला समन्वय समितिको बहुउदेश्यीय सभाहल भवन निर्माण गर्ने योजनामा निर्माण व्यवसायिले सम्झौता भएको ८ महिनाभित्रै निर्माण कार्य सम्पन्न गरेका हुन् ।... पुरा पढ्नुहोस

बिम बस दुर्घटनामा ज्यान गुमाएका चार जनाकै सनाखत, घाईते पाँच जना पोखरा रेफर

बेनी, १८ कात्तिक । म्याग्दीको मालिका गाउँपालिका–७ बिममा आईतवार साँझ भएको यात्रुबहाक माईक्रो बस दुर्घटनामा ज्यान गुमाएका चार जनाकै सनाखत भएको छ । दरबाङबाट बिम गाउँतर्फ जाँदै गरेको ग १ ख ४४७६ नम्बरको बस साँझ साढे ६ बजे गलघन्टी भन्ने ठाउँमा दुर्घटना हुँदा बसमा सबार चार जनाको घटना स्थलमै मृत्यु... पुरा पढ्नुहोस

अपडेटः बिम बस दुर्घटनामा ज्यान गुमाएकामध्ये तीनको सनाखत, एकको पहिचान हुन बाँकी, १८ जना घाईते

म्याग्दी १७ कात्तिक । म्याग्दीको मालिका गाउँपालिका–७ बिममा आईतवार साँझ भएको यात्रुबहाक माईक्रो बस दुर्घटना हुँदा ज्यान गुमाएका चार जना मध्ये तीनको सनाखत भएको छ । दरबाङबाट बिम गाउँतर्फ जाँदै गरेको ग १ ख ४४७६ नम्बरको बस साँझ साढे ६ बजे गलघन्टी भन्ने ठाउँमा दुर्घटना हुँदा बसमा सबार चार जनाको... पुरा पढ्नुहोस

बिममा बस दुर्घटना: ४ जनाको मृत्यु, घाईतेहरुलाई स्वास्थ्य संस्थामा लगिँदै

म्याग्दी १७ कात्तिक । म्याग्दीको मालिका गाउँपालिका–७ बिममा यात्रुबहाक बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दरबाङतर्फबाट बिम गाउँतिर जाँदै गरेको ग १ ख ४४७६ नम्बरको बस साँझ साढे ६ बजे दुर्घटना हुँदा बसमा सबार चार जनाको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।... पुरा पढ्नुहोस

देउसी भैलोको रकमबाट फुलवारीमा सडक ग्राभेल ( तस्विर सहित)

म्याग्दी १७ कात्तिक । तिहारको अवसरमा देउसी भैलो खेलेर संकलन भएको रकम बनभोज लगायतका मनोरञ्जनको क्षेत्रमा खर्चिने परिपाटीको विकास भैरहेको सन्दर्भमा म्याग्दीको मालिका गाउँपालिका–४ फुलवारीमा भने युवाहरुले रचनात्मक कार्य गरेका छन् । स्थानीय छहारी युथ क्लबले तिहारको अवसरमा देउसी भैलो कार्यक्रम मार्फत संकलन भएको रकमबाट सडक ग्राभेल गरेको हो ।... पुरा पढ्नुहोस

कोरला नाकामा लोमनथाङ गाउँपालिकाले प्रबेशद्धार बनाउने, सवा एक कराेड बजेट विनियाेजन

कमल खत्री म्याग्दी १७ कात्तिक । पछिल्लो समय निकै चासोको केन्द्र बनेको मुस्ताङको कोरला नाकामा लोमनथाङ गाउँपालिकाले प्रदेशद्धार निर्माण गर्ने भएको छ । नाका सञ्चालनको लागि नेपाल र चिनबिच सम्झौता भैसकेको यस नाकामा नेपालतर्फको भू–भाग भूर्वाधार विहिन भैरहेको सन्दर्भमा गाउँपालिकाले प्रवेशद्धार निर्माणको सुरसार थालेको हो । चालु आर्थिक बर्षको बजेटबाट... पुरा पढ्नुहोस

बेनपा–६ का युवाहरु संगठित

म्याग्दी १७ कात्तिक । म्याग्दीको बेनी नगरपालिका–६ का युवाहरु सामाजिक कार्यको लागि युवा क्लब गठनको लागि संगठित भएका छन् । शनिवार भएको एक भेलाले नारायण प्रसाद पौडेलको अध्यक्षतामा युवाहरुको समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा रामचन्द्र पौडेल, सचिब जिवन प्रसाद पौडेल, सहसचिबमा मनोज बानियाँ, कोषाध्यक्षमा कान्ति पौडेल र सहकोषाध्यक्षमा... पुरा पढ्नुहोस

गाई संरक्षण गर्न मिलनचोकमा नेपालमै पहिलो ‘गौमहोत्सव’ आयोजना (भिडियो सहित)

कमल खत्री म्याग्दी १७ कात्तिक । स्थानीय गाईको संरक्षणको लागि नेपालमै पहिलो पटक ‘गौमहोत्सव’ आयोजना हुने भएको छ । पर्वतको जलजला गाउँपालिका–७ मिलनचोकमा आगामी मंसिर १९ देखि २६ गतेसम्म गण्डकी गोपाल गोरक्षा धनधान्याचल विराट् ज्ञानमहायज्ञ एवं गौमहोत्सव आयोजना गरिएको हो । वडा नम्बर ७ धाइरिङमा रहेको गण्डकी गोपाल गौशालाको सुदृढिकरण... पुरा पढ्नुहोस

लोकदिप सहकारीको छैठौ साधारणसभा सम्पन्न

म्याग्दी १७ कात्तिक । सहकारीले उत्पादनमुखी क्षेत्रलाई प्राथमिता दिएर लगानी गर्नुपर्नेमा जोड दिइएको छ । म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित लोकदिप बचत तथा ऋण सहकारी संस्थाको तेस्रो अधिवेशन तथा छैंठौ साधारणसभा शनिबार उद्घाटन गदैं बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले सहकारीले साना ब्यवसायीलाई लक्षित गरी उत्पादनमुखी क्षेत्रमा लगानीमा जोड दिनुभयो । मेयर... पुरा पढ्नुहोस