म्याग्दी समाचार

भण्डारीद्धारा बेनी अस्पताललाई एकलाख बराबरको स्वास्थ्य सामाग्री सहयोग

म्याग्दी ५ जेठ । म्याग्दीकाे  रघुगंगा गाउँपालिका २ राखु भगवतिका पदम भण्डारीले बेनी अस्पताललाई करिब एकलाख रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री सहयोग गर्नुभएको छ । कोरोना संक्रमितको उपचारमा सहयोग पु¥याउन भण्डारीले सर्जिकल ग्लोब्स २५०० पिस,पल्स अक्सिमिटर १ वटा र अक्सिजन फलोमिटर ३ पिस मंगलबार अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवाल र... पुरा पढ्नुहोस

रघुगंगामा कोरोना रोकथाम,नियन्त्रण र उपचारमा जुट्न थाल्यो सहयोग,अक्सिजनको व्यवस्थापनमा जाेड (तस्बिर/भिडियाे)

  https://www.youtube.com/watch?v=QTDTQ7PJp1M म्याग्दी ४ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिकामा कोरोना रोकथाम, नियन्त्रण र संक्रमितको उपचारमा सहयोग जुट्न थालेको छ । गाउँपालिकाले कोरोना महामारीमा प्राप्त हुने सहयोगलाई एकद्धार प्रणाली मार्फत प्रकोप व्यवस्थापन कोष मार्फत परिचालन गर्ने गरि सहायोगको आह्वान गरे लगत्तै सहयोगदाताहरुले सहयोग गर्न सुरु गरेका हुन् । मंगलवार म्याग्दी सदरमुकाम... पुरा पढ्नुहोस

लुलाङमा ‘हेल्लो जय नेपाल’ अभियानबाट स्वास्थ्य सामाग्री सहयोग

म्याग्दी ४ जेठ । म्याग्दीको धवलागिरि गाउँपालिका–२ लुलाङमा फैलिएको कोरोना भाईरसको संक्रमण रोकथाम र नियन्त्रणको लागि नेपाली काँग्रेसको गाउँपालिका कमिटिले सञ्चालन गरेको ‘हेल्लो जय नेपाल’ अभियान मार्फत स्वास्थ्य सामाग्री सहयोग गरिएको छ । ४ सय थान मास्क, एक सेट पिपिई, ग्लोब्स, सेनिटाईटर लगायतका स्वास्थ्य सामाग्री सहित टिटामोल र डिकोल लगायतका... पुरा पढ्नुहोस

लायन्स क्लव बेनी पिस सिटीको निःशुल्क आकस्मिक एम्बुलेन्स सेवा

म्याग्दी ३ जेठ । म्याग्दीमा कोरोना संक्रमतिको संख्या बढ्दै गएको र संक्रमितहरुलाई उपचारको लागि अस्पतालमा लैजान यातायातको समस्या आउन नदिन सामाजिक एवम् मानवीय सेवामा सक्रिय लायन्स क्लव बेनी पिस सिटीले निःशुल्क आकस्मिक एम्बुलेन्स सेवा सञ्चालन गरेको छ । क्लवले पहिलो चरणमा निशुल्क एम्बलेन्स सेवा सञ्चालन गर्ने निर्णय गरेको क्लवका अध्यक्ष... पुरा पढ्नुहोस

कोरोना जित्नुभएका ८९ बर्षीय बृद्धको सुझाब ‘आत्मबल र स्वास्थ्य सावधानी’ बढाउँ (भिडियो सहित)

म्याग्दी ३ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिका– ३ रानीपौवा निवासी ८९ बर्षीय ज्येष्ठ नागरिक केशव सुवेदीले कोरोना जितेर अस्पतालको आइसोलेसनबाट घर फिर्ता हुनुभएको छ । रघुगंगा गाउँपालिका–३ पिप्लेमा सञ्चालित कोभिड अस्पतालमा उपचाररत सुवेदीको स्वास्थ्यमा सुधार आएर निको भएपछि उहाँलाई सोमबार साँझ अस्पतालबाट घर पठाईएको हो । https://www.youtube.com/watch?v=QMTi-SH6vxc&t=2s ज्येष्ठ नागरिक भएपनि... पुरा पढ्नुहोस

रघुगंगा गाउँपालिकामा कोरोना संक्रमितलाई आयुर्वेदीक औषधी वितरण, घरघरमा पुगेर अवस्था बुझ्न अभियान (तस्बिर सहित)

म्याग्दी ३ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिकामा कोरोना संक्रमित विरामीहरुलाई उपचार र परामर्श संगै शक्तिवद्र्धक आयुर्वेदीक औषधी समेत वितरण गर्न थालिएको छ । https://www.youtube.com/watch?v=lWLC3y6Psj0 गाउँपालिकामा रहेको आयुर्वेद औषधालयबाट संक्रमितको उपचार भैरहेको पिप्ले स्थित कोभिड अस्पताल र होम आइसोलेसनमा रहेका संक्रमितलाई घरघरमा पुगेर रोगप्रतिरोधात्मक शक्ति बढाउने र भिटामिनयुक्त औषधीहरु उपलब्ध गराउन... पुरा पढ्नुहोस

म्याग्दीमा थप ८२ जनामा कोरोना संक्रमण, ५३ जना निको भए

म्याग्दी ३ जेठ । म्याग्दीमा सोमबार थप ८२ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । नयाँ थप भएकामा बेनी नगरपालिकाका ५१ जना, रघुगंगा गाउँपालिकाका ११ जना गरी जम्मा ६२ जना(पिसिआरबाट) र रघुगंगा गाउँपालिकाका ३ जना, धवलागिरी गाउँपालिकाका १४ जना मंगला गाउँपालिकाका २ जना र अन्नपूर्ण गाउँपालिकामा १ जना गरी जम्मा... पुरा पढ्नुहोस

रघुगंगाको कोभिड अस्पतालका विरामीलाई निःशुल्क खानाको व्यवस्था (भिडियाे सहित)

https://www.youtube.com/watch?v=zDicjuZ1igE   म्याग्दी ३ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिकाले सञ्चालन गरेको कोभिड अस्पतालमा उपचाररत विरामीहरुलाई निःशुल्क खानाको व्यवस्था गरिएको छ । रघुगंगा गाउँपालिका–३ पिप्लेमा रहेको कोभिड अस्थायी अस्पतालमा उपचाररत कोरोना संक्रमितहरुको लागि स्थानीय युवा क्लब, आमा समूह र सामाजिक संघ संस्थाको समन्वयमा निःशुल्क भोजनालय सञ्चालन गरिएको वडा अध्यक्ष जिवनकुमार मल्लले... पुरा पढ्नुहोस

बेनी अस्पतालमा अक्सिजन सहितको २० शय्याको आइसोलेसन सञ्चालनमा

म्याग्दी २ जेठ । म्याग्दीको सदरमुकाम बेनीमा रहेको बेनी अस्पतालमा कोरोना संक्रमितको उपचारका लागि अक्सिजन सहितको २० बेड क्षमताको आईसोलेसन कक्ष सञ्चालनमा ल्याइएको छ । कोरोना संक्रमित बढेसँगै अस्पतालमा बेड अभाव हुनथालेपछि अस्पतालको निर्माणधिन भवनमा तयार पारिएको आइसोलेसन कक्षा आइतबार देखि सञ्चालनमा ल्याइएको हो । गण्डकी प्रदेश सरकारको १५ लाख... पुरा पढ्नुहोस

नेपाली कांग्रेस म्याग्दीको एम्बुलेन्स सेवा र ‘फुड बैंक’ स्थापना

म्याग्दी, जेठ २ । कोरोनाको दोस्रो लहरसँगै संक्रमतिको उपचारका लागि एम्बुलेन्स र जारी निषेधाज्ञाका कारण मारमा परेका विपन्न र रोजगारी गुमाएका परिवारलाई लक्षित गरी नेपाली कांग्रेस म्याग्दीले ‘फुड बैंक’ स्थापना गरिएको छ। तिब्र गतिमा फैलिएको संक्रमणले निषेधाज्ञा थप हुने अवस्था देखिएपछि जिल्लाभित्र उपचारमा सहज हुने गरी एम्बुलेन्स, हेल्प डेक्सको स्थापनाका... पुरा पढ्नुहोस