म्याग्दी समाचार
बेनी जोमसोम कोरला सडकको तिप्ल्याङ–पोखरेबगर खण्डमा कालोपत्र
- 7 महिना, 27 दिन अगाडि
- १८ चैत्र २०८०, आईतवार
बेनी, राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडक योजना अन्र्तगत म्याग्दीको तिप्ल्याङ–पोखरेबगर खण्डमा कालोपत्र भएको छ । तिप्ल्याङ–महभिर–भिरकाटे–बैसरी–रातोपानी–पोखरेबगर– भुरुङ्ग तातोपानी खण्डमा थप ६ किलोमिटर सडकमा डिबिएसडी प्रबिधिको कालोपत्र भएको हो । वि.स. २०७४ मा शर्मा युनाइटेड जेभीले म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ राहुघाट देखि अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीको नागढुङ्गासम्मको १९ किलोमिटर खण्डको सडक... पुरा पढ्नुहोस
गलेश्वरमा स्त्रीरोग सम्वन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
- 7 महिना, 28 दिन अगाडि
- १७ चैत्र २०८०, शनिबार
म्याग्दी, १७ चैत । म्याग्दीको बेनी नगरपालिका– ९ गलेश्वरमा स्त्रीरोग सम्वन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । गलेश्वरधाम आमा समूहले बेनी नगरपालिका र बेनी अस्पतालको सहयोगमा शनिवार आयोजना गरेको स्त्रीरोग सम्वन्धी शिविरमा ८७ जनाले सेवा लिएका छन् । गलेश्वरधाम ज्येष्ठ नागरिक आश्रममा रहेका बृद्धा तथा गलेश्वर बजारका स्थानीयले शिविरमा... पुरा पढ्नुहोस
प्रभुुचेलामा सामुदायिक ‘मेडिटेसन’ केन्द्रको पूर्वाधार निर्माण थालियो
- 7 महिना, 29 दिन अगाडि
- १६ चैत्र २०८०, शुक्रबार
बिम, १६ चैत : म्याग्दीको मालिका गाउँपालिका–७ प्रभुचेला धुरीमा सामुदायिक मेडिटेशन (ध्यान) केन्द्र सञ्चालन गर्नका लागि पूर्वाधार निर्माण थालिएको हो । परापुर्वकालमा ऋषिमुनीहरुले तपस्या गरेर ज्ञान आर्जन गरेको प्रभुचेलालाई तनाव व्यवस्थापन, मानसिक र शारिरिक स्वास्थ्यका लागि उपयोगी मानिएको मेडिटेशन गर्ने थलोका रुपमा विकास गर्न लागिएको हो । प्रभुचेला धुरी... पुरा पढ्नुहोस
पत्रकार र कलाकारको मैत्रीपूर्ण भलिबल
- 7 महिना, 29 दिन अगाडि
- १६ चैत्र २०८०, शुक्रबार
बेनी, १६ चैत । बेनीमा शुक्रबार म्याग्दीका पत्रकार र कलाकारहरुबीच मैत्रीपूर्ण भलिबल खेल भएको छ ।नेपाल पत्रकार महासंघको ६९ औ स्थापना दिवसको अवसरमा महासंघ र राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठानका सदस्यहरुबीच खेल भएको हो । म्याग्दी बहुमुखी क्याम्पसको खेलमैदानमा जिल्ला भलिबल संघको प्राविधिक सहयोगमा भएको खेलको बेनी... पुरा पढ्नुहोस
आगामी शैक्षिक सत्रका लागि म्याग्दीमा भित्रियो पाठ्यपुस्तक
- 7 महिना, 29 दिन अगाडि
- १६ चैत्र २०८०, शुक्रबार
म्याग्दी १६ चैत । म्याग्दीमा आगामी शैक्षिक सत्र सुरु नहुँदै पाठ्यपुस्तक भित्रिएको छ । भौगोलिक विकटताको कारण दुर्गम गाउँका विद्यालयहरुमा समयमै पाठ्यपुस्तक नपुग्ने समस्यालाई हटाउन म्याग्दीका पुस्तक व्यवसायीहरुले जिल्लामा सरकारी विद्यालयका लागि पाठ्यपुस्तकको उपलब्धता गराउन सुरु गरेका हुन् । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ म्याग्दीले सदरमुकाम बेनीमा सरकारी पाठ्यपुस्तक... पुरा पढ्नुहोस
एसईई परिक्षा : म्याग्दीमा २० जना विद्यार्थी अनुपस्थित
- 7 महिना, 30 दिन अगाडि
- १५ चैत्र २०८०, बिहीबार
बेनी । विहिबारदेखि सुरु भएको एसईई परिक्षामा २० जना विद्यार्थी अनुपस्थित भएका छन् ।म्याग्दीमा १९ सय ४२ जना विद्यार्थीहरुले फर्म भरेका थिए । शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख दलबहादुर थापाका अनुसार,नियमित तर्फ १८ सय ४०,ग्रेड बृद्धिका २३ जना, प्राविधिक धारतर्फ ७९ जना विद्यार्थीले परीक्षाका लागि फर्म भरेका हुन् ।... पुरा पढ्नुहोस
भकिम्लीका एकल महिलालाई साबुन बनाउने तालिम
- 7 महिना, 30 दिन अगाडि
- १५ चैत्र २०८०, बिहीबार
बेनी, १५ चैत । बेनी नगरपालिका–३ भकिम्लीका एकल महिलाहरुलाई साबुन बनाउने तालिम दिइएको छ । बेनी नगरपालिकाको एकल महिलाहरुको आयआर्जन कार्यक्रम अन्र्तगत भकिम्लीमा सञ्चालन भएको साबुन बनाउने तालिम बिहिबार सम्पन्न भएको हो । ५ दिनसम्म सञ्चालन भएको तालिममा १२ जनाको सहभागिता रहेको थियो । चैत ११ गतेदेखि शुरु भएको तालिमको... पुरा पढ्नुहोस
म्याग्दी जेसीजले सामाजिक र जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने
- 8 महिना अगाडि
- १४ चैत्र २०८०, बुधबार
म्याग्दी, १४ चैत । म्याग्दी जेसीजले विभिन्न सामाजिक र जनचेनामूलक कार्यक्रम सञ्चालन गर्ने भएको छ । म्याग्दी जेसीजको दोस्रो सञ्चालक समितिको बैठकले प्राभावकारी भाषण कला तालिम, ट्राफिक जनचेतना कार्यक्रम ,म्याग्दी बहुमुखी क्याम्पसमा निःशुल्क आँखा जाँच कार्यक्रमहरु संचालन गर्ने निर्णय गरेको म्याग्दी जेसीजका महासचिव सज्जन श्रेष्ठले जानकारी दिनुभयो । कार्यक्रममा म्यादी... पुरा पढ्नुहोस
बेनीमा बजार अनुगमन
- 8 महिना अगाडि
- १४ चैत्र २०८०, बुधबार
बेनी । म्याग्दी सदरमुकाम बेनी बजारका पसलहरु अनुगमन गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङको नेतृत्वमा बुधबार बजारका पसलहरु अनुगमन गरेको हो ।९ वटा होटल र १५ वटा खाद्यान्न पसल अनुमगन गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्राविधिक सहायक सहन्सा कुमार मेहताले बताउनुभयो ।... पुरा पढ्नुहोस
अदिभारा–डाडागाउँ सडक स्तरोन्नतिका लागि ठेक्का आव्हान
- 8 महिना, 1 दिन अगाडि
- १३ चैत्र २०८०, मंगलवार
बेनी, १३ चैत । म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङ देखि अदिभारा–डाडागाउँ–सोलेडाडा हुदै बाग्लुङको तमानखोला जोड्ने सडक स्तरोन्निति हुने भएको छ । यो सडक अन्र्तगत मालिका गाउँपालिकाको वडा नम्बर ३ अदिभारा देखि डाडागाउँतर्फको सडक स्तरोन्नती गर्न पूर्वाधार विकास कार्यालय म्याग्दीले मंगलबार ठेक्का आव्हान गरेको छ । गण्डकी प्रदेश सरकारका निवर्तमान... पुरा पढ्नुहोस