म्याग्दी समाचार

बेनीको हिलसाईडबाट खसेको पहिरोले घतानचोक जोखिममा (तस्बिर सहित)

म्याग्दी २४ असार । म्याग्दी सदरमुकाम बेनी स्थित हिलसाईडबाट पहिरो खसेको छ । विहिवार विहान  हिलसाईटबाट खसेको पहिरोले घतानचोकका आधा दर्जन घर जोखिममा परेका छन् । बजारमाथिबाट पहिरो खस्न थालेपछि स्थानीयबासीमा त्रास बढेको छ । पहिरोको तल र माथि समेत बस्ती रहेकाले तत्काल संरक्षणको लागि पहल गर्न स्थानीयबासीले माग गरेका... पुरा पढ्नुहोस

बेग सिमफाँटको चुत्रनी पहिरोले ५ घर विस्थापित (तस्बिर सहित)

म्याग्दी २३ असार । म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेग स्थित सिमफाँटको चुत्रेनीमा गएको पहिरोले ५ घरपरिवार विस्थापित भएका छन् । पहिरोले एकै परिवारका तीन दाजुभाईको घर र खेतीयोग्य जमिनमा क्षति पु¥याएको छ । पहिरोले स्थानीय कर्ण बहादुर पुर्जा, याम कुमार पुर्जा, नरबहादुर पुर्जा र हिमबहादुर विकको परिवार विस्थापित बनेका छन् ।... पुरा पढ्नुहोस

छिसबाङ खहरेको बाढीले घर बगाउँदा दुईको मृत्यु

 बेनी, २३ असार । म्याग्दीको मंगला गाउँपालिका–५ छिसबाङ खहरेमा बाढीले घर बगाउँदा बुधबार बिहान दुई जनाको मृत्यु भएको छ । खहरेखोलामा आएको बाढीले थमबहादुर बुढाको घर बगाउँदा त्यहाँ पसल गरि बस्ने मालिका गाउँपालिका–६ रातोढुङ्गाका खगेन्द्र रोकाका छोरा बजिन र बुहारी बिनालाई बेपत्ता बनाएको थियो । घटनास्थलमा रहेका मालिका गाउँपालिका–६ का... पुरा पढ्नुहोस

ढोल्ठान दरबारमा पर्यटकिय पुर्वाधार विकासमा जोड

  म्याग्दी, २२ असार । प्रचार-प्रसार अभावले ओझेलमा परेको बेनी नगरपालिका-९ तोरीपानीको शिरमा अवस्थित पर्यटकियस्थल ढोल्ठान दरबार पुग्नलाई सडक स्तरोन्नती, पदमार्ग र प्रतिक्षालय निर्माण गरिएको छ । २ हजार २ सय मिटर उचाईमा रहेको ढोल्ठान दरबार बाईसे चौविसे राजाहरु बसेको स्थानलाई पर्यटकियस्थलको रुपमा विकासका लागि वडाले सडक, पदमार्ग र प्रतिक्षालय... पुरा पढ्नुहोस

मौवाफाँटको मनै लोभ्याउने समथर फाँट (फोटो कथा)

म्याग्दी २१ असार । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँट । मौवाफाँटमा गाउँपालिकाको केन्द्र समेत रहेको छ । समथर फाँटमा बसेको मौवाफाँटमा धान खेति प्रमुख खाद्य बालिको रुपमा गर्ने चलन रहेको छ । पछिल्लो समय गाउँपालिकाको केन्द्र रहेपछि यहाँ पक्की घरहरु बन्ने क्रम बढेको छ । तस्बिरः कृष्णराज पौडेल [caption id="attachment_52392" align="alignnone"... पुरा पढ्नुहोस

बाढीपहिरो प्रभावितलाई मोनाद्धारा निर्माण भएका ४० घर हस्तान्तरण (तस्बिर/ भिडियाे)

म्याग्दी २० असार । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रिय कार्यसमितिले म्याग्दीमा बाढीपहिरोले विस्थापित भएका ४० परिवारलाई नयाँ घर बनाएको छ । गत बर्खाको पहिरोले घर भत्किएका, पुरिएका र बगाएको घर निर्माण गरी पीडितलाई चावी हस्तान्तरण गरिएको हो । जिल्ला विपद् ब्यवस्थापन समिति, स्थानीय तहहरुसँग समन्वय गरी जग्गाविहिनलाई एकीकृत बस्ती... पुरा पढ्नुहोस

समर कप २०२१ फुटसल प्रतियोगिताको उपाधी बेनी एफ्सीलाइ

जापान १९ असार ।  बेनी फुटबल क्लव ओसाका जापानले आयोजना गरेको प्रथम समर कप २०२१ फुटसल प्रतियोगिताको उपाधी आयोजकले नै जितेको छ । जापानमा रहेका फुटबल प्रेमी र खेलाडीबिचको एकता र सहकार्यका लागि स्थापना भएको क्लवले आयोजना गरेको प्रतियोगिताको उपविजेता स्टार एफसी भएको छ । ओसाका भित्रका बिभिन्न ११ टिमको... पुरा पढ्नुहोस

म्याग्दीमा १५ जनामा कोरोना संक्रमण पुष्टि

म्याग्दीमा शनिबार १५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। स्वास्थ्य कार्यालयका अनुसार पिसिआर विधिबाट बेनी नगरपालिकामा १ जना, गाउँपालिका अन्तरगत मंगलामा ५ जना, रघुगंगामा २ जना र जलजलामा १ जनासंगै ९ जनामा पुष्टि भएको छ । एन्टीजेन विधिबाट बेनी नगरपालिकामा १ जना र अन्नपुर्ण गाउँपालिकामा ५ जना संक्रमण पुष्टि भएको... पुरा पढ्नुहोस

मल्कबाङको मुहार फेर्न कस्सीय थमबहादुर छन्त्याल

बेनी १८ असार । बसाइसराइको कारण सुनसान बन्न पुगेको गाउँमा शहर पसेकाहरु फर्कर्ने अवस्था अझै बनेको छैन् । अभाब र समस्याका कारण विकट बस्तीका मानिसहरु जन्मथलो छाडेर शहर पस्ने क्रम बढीनै रहेको छ । यस्तै समस्याबाट अछुतो छैन, म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कबाङ पनि । भौगोलिक विकटताको कारण सुनसान जस्तै बन्दै... पुरा पढ्नुहोस

म्याग्दीमा १५ जनामा कोरोना संक्रमण पुष्टि

बेनी, १८ असार । म्याग्दीमा शुक्रबार १५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। स्वास्थ्य कार्यालय म्याग्दीका अुनसार पिसिआर विधिबाट मंगला गाउँपालिकामा ३ जना एन्टीजेन विधिबाट अन्नपुणर् गाउँपालिकामा १२ जनासहित सो संख्यामा संक्रमण पुष्टि भएको हो । हालसम्म म्याग्दीमा कोरोना संक्रमितको संख्या २ हजार ५२९ जना पुगेको छ भने पिसिआरबाट १... पुरा पढ्नुहोस