म्याग्दी समाचार
गठबन्धनबाट प्रतिनिधिसभामा काँग्रेसका गर्वुजा, प्रदेशसभामा माओवादीका जुग्जाली र भण्डारी उम्मेदवार
- 3 बर्ष, 5 महिना अगाडि
- २३ आश्विन २०७९, आईतवार
म्याग्दी २३ असोज । सत्ता गठबन्धनबाट म्याग्दीमा नेपाली काँग्रेसका जिल्ला सभापति खम बहादुर गर्बुजा(खमबिर)ले प्रतिनिधिसभामा टिकट पाउनुभएको छ । आज विहान मात्रै गठबन्धनका दलहरूले जिल्लामा आन्तरिक सहमति गरेर प्रतिनिधिसभा काँग्रेस र प्रदेश सभाका दुवै सिटमा नेकपा (माओवादी केन्द्र)ले उम्मेदवार उठाउने सहमति गरेका थिए । सत्त गठबन्धनको केन्द्रले यसअघि म्याग्दी माओवादिको... पुरा पढ्नुहोस
म्याग्दीमा मनोनयन दर्ता धमाधम
- 3 बर्ष, 5 महिना अगाडि
- २३ आश्विन २०७९, आईतवार
म्याग्दी, २३ असोज । मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि म्याग्दीमा मनोनयन दर्ता सुरु भएको छ । जिल्ला समन्वय समितिको सभाहलमा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारहरूले मनोनयन दर्ता धमाधम गरेका छन् । नेकपा एमाले र राप्रपाले उम्मेदवारी दर्ता गरेका छन् । नेकपा प्रतिनिधिसभामा हरिकृष्ण श्रेष्ठ, प्रदेशसभा... पुरा पढ्नुहोस
आइतबार ‘१० बजेदेखि ५ बजेभित्रै मनोनयन दर्ता हुने
- 3 बर्ष, 5 महिना अगाडि
- २२ आश्विन २०७९, शनिबार
म्याग्दी, २२ असोज । आईतबार हुने मनोनयन दर्ताको सम्पूर्ण तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय म्याग्दीले जानकारी दिएको छ । मनोनयन दर्ता १० बजेदेखि पाँच बजेसम्म समयको तोकिएको समयमा गराइसक्न राजनीतिक दलहरूलाई आयोगले आग्रह गरेको छ। १० बजेदेखि पाँच बजेसम्म समय तोकिएको छ। समयभन्दा उता मुख्य निर्वाचन अधिकृतको... पुरा पढ्नुहोस
अबिरल बर्षाको कारण फुलवारीमा एक घर भत्कियो
- 3 बर्ष, 5 महिना अगाडि
- २२ आश्विन २०७९, शनिबार
म्याग्दी २२ असोज । अबिरल बर्षाको कारण म्याग्दीको रघुगंगा गाउँपालिका–३ फुलवारीमा एक घर भत्किएको छ । स्थानीय झिल्के भण्डारीको दुईतले घर बर्षाको कारण भत्किएको हो । आज विहान करिब ५ः ४५ बजेतिर भण्डारीको दुई तले घर पूर्ण रुपमा भत्किएको वडा सदस्य जितबहादुर खत्रीले जानकारी दिनुभयो ।विहानपख घर भत्किएको कारण मानविय... पुरा पढ्नुहोस
एमाले म्याग्दीबाट प्रतिनिधिसभामा श्रेष्ठ, प्रदेशमा कटुवाल र गर्वुजा उम्मेदवार चयन
- 3 बर्ष, 5 महिना अगाडि
- २२ आश्विन २०७९, शनिबार
म्याग्दी २२ असोज । मंसीर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको लागि नेकपा (एमाले)ले म्याग्दीको प्रतिनिधिसभामा हरिकृष्ण श्रेष्ठ , प्रदेशसभा (क) मा देवेन्द्रबहादुर कटुवाल र प्रदेशसभा (ख) मा याम गर्वुजालाई उम्मेदवार बनाउने भएको छ । प्रतिनिधिसभामा एमाले म्याग्दीले पूर्व जिल्ला अध्यक्ष समेत रहनुभएका श्रेष्ठको एकल नाम सिफारिस गरेको थियो... पुरा पढ्नुहोस
सत्ता गठबन्धनमा म्याग्दीमा: संघमा माओवादी, प्रदेशका दुबै सिटमा कांग्रेस
- 3 बर्ष, 5 महिना अगाडि
- २२ आश्विन २०७९, शनिबार
म्याग्दी २१ असाेज । सत्तारुढ गठबन्धनमा प्रतिनिधिसभा तथा प्रदेशसभा भागबन्डा टुंगिएको छ ।सिटबाडफाँट अनुसार म्याग्दीको संघ तर्फ नेकपा माओवादी केन्द्रकाे भागमा परेकाे छ । प्रदेश तर्फका दुवै क्षेत्र भने नेपाली काँग्रेसकाे भागमा परेकाे छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको गठबन्धनको बैठकले नेकपा माओवादी केन्द्रलाई ४५, एकीकृत समाजवादीलाई २०... पुरा पढ्नुहोस
प्रचण्ड र आफ्नो फोटो राख्दै बाबुरामले लेखे- शुभकामना
- 3 बर्ष, 5 महिना अगाडि
- २२ आश्विन २०७९, शनिबार
काठमान्डौं २२ असोज । मंसीर ४ गते हुने प्रतिनिधि सभा निर्वाचन मा चुनाब लड्न चितवन छोडेर गोरखा जादै गरेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले जितको शुभकामना दिएका छन् । सामाजिक सञ्जाल ट्विटरमा प्रचण्ड र आफ्नो फोटो सार्वजनिक गर्दै गोरखा–२ जाने प्रचण्डको निर्णयलाई स्वागत समेत... पुरा पढ्नुहोस
अबिरल वर्षाले मार्फाको फाराम खोला उर्लियो, स्थानीय त्रसित
- 3 बर्ष, 5 महिना अगाडि
- २१ आश्विन २०७९, शुक्रबार
जोमसोम १९ असाेज । मुस्ताङको मार्फास्थित फाराम खोला उर्लिदा स्थानीय त्रसित बने । लगातारको अविरल वर्षासँगै शुक्रबार बिहान ४ बजेदेखि फाराम खोलाको बाढी उर्लिन थालेको हो । बाढीले मार्फास्थित कालोपत्रे सडक र आशिंक स्याउबारीमा क्षति पुर्याएको छ । अविरल वर्षासँगै एकसाथै बाढी उर्लिएर आएपनि तत्कालको जोखिम भने टरेको बताइएको छ... पुरा पढ्नुहोस
सडक अवरुद्ध हुँदा दसैँ मनाउन आएका गाउँमै रोकिए
- 3 बर्ष, 5 महिना अगाडि
- २१ आश्विन २०७९, शुक्रबार
ढोरपाटन, २१ असोज : तीन दिनदेखि परेको निरन्तर वर्षाको कारण बागलुङका ग्रामीण तथा मुख्य सडक अवरुद्ध भएका छन् । सडक अवरुद्ध हुँदा दसैँ मनाउन गाउँ आएका मानिस बजार फर्किन पाएका छैनन् । निरन्तर भारी वर्षा हुँदा सडक खुलाउनसमेत समस्या भएको छ । वर्षाले जिल्लाका १० वटै स्थानीय तहका ग्रामीण सडक... पुरा पढ्नुहोस
आज यी प्रदेशमा भारी वर्षाको सम्भावना
- 3 बर्ष, 5 महिना अगाडि
- २१ आश्विन २०७९, शुक्रबार
काठमाण्डाै २१ असाेज । हाल नेपालमा मध्य(पश्चिम बङ्गालको खाडी र आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ । सुदूर पश्चिम प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरूमा तथा... पुरा पढ्नुहोस