म्याग्दी समाचार

एमाले म्याग्दीको ‘मिसन ग्रासरुट’ अभियानको समिक्षा पालिकास्तरमा

  म्याग्दी, ६ बैशाख । नेकपा एमाले जिल्ला कमिटी म्याग्दीले संचालन गरेको ‘मिसन ग्रासरुट’ अभियानअन्तर्गत स्थानीय तहको समीक्षा सुरु भएको छ । गत फागुन महिनाको पहिलो सातादेखि म्याग्दीमा सुरु भएको मिसन ग्रासरुट अभियानको बारेमा वडा र टोलस्तरमा भएका गतिविधिबारे नेता र कार्यकता मार्फत पालिकास्तरको समीक्षा संचालन गरेको हो । यसैक्रममा... पुरा पढ्नुहोस

ग्राम प्रकाश मावि लेखफाँटमा वाली विज्ञान विषयको पढाइ हुने

  पर्वत, ६ बैशाख । जलजला गाउँपालिका–५ लेखफाँटमा रहेको ग्राम प्रकाश माध्यमिक विद्यालयमा वाली विज्ञान विषयको पढाइ हुने भएको छ । यसै शैक्षिक सत्रदेखि ९ देखि १२ कक्षासम्म प्राविधिक धार तर्फको वाली विज्ञान विषयको पढाई हुने भएको हो । नेपाल सरकार शिक्षा बिज्ञान तथा प्रविधि मन्त्रालयबाट प्राविधिक धारतर्फ (कक्षा ९–१२)... पुरा पढ्नुहोस

घोडेपानीमा चिनियाँ पर्यटक

  म्याग्दी, ४ बैशाख । पर्यटकीयस्थल घोडेपानीमा तीन वर्षपछि चिनिया पर्यटक भित्रिएका छन् । विसं २०७६ चैतमा कोरोना भाइरसको महामारी फैलिएपछि रोकिएको चिनिया पर्यटक आगमन तीन वर्षपछि सुचारु भएको हो । नेपाल विग माउन्टेन ट्राभल्समार्फत कास्कीको तिखेढुङ्गा हुँदै आइतबार घोडेपानीमा चिनियाँ पर्यटक आएका घोडेपानी होटल व्यवस्थापन समितिका अध्यक्ष मीना पुनले... पुरा पढ्नुहोस

राहुघाटको ‘भर्टिकल प्रेसर साफ्ट’ सुरुङ जोडियो

  म्याग्दी, ४ बैशाख । रघुगंगा गाउँपालिकामा निर्माणाधिन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको भर्टिकल ‘प्रेसर साफ्ट’ को ‘ब्रेक थु्र’ भएको छ । राहुघाट नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रो पावरले निर्माण गरिरहेको छ । रघुगंगा गाउँपालिका–३ पिप्ले देखि तिल्केनीचौरमा निर्माणाधिन विद्युतगृहमा सुरुङबाट आउने पानीलाई विद्युत गृहमा खसाल्ने ठाडो १९६... पुरा पढ्नुहोस

ज्ञानोदय माविमा विद्यार्थी भर्ना अभियान सुरु,पुरस्कार वितरण तथा सम्मान

म्याग्दी ३ बैशाख । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा विद्यार्थी भर्ना अभियानको सुभारम्भ संगै विद्यार्थीहरुलाई पुरस्कार वितरण र विशिष्ट व्यक्तिहरुलाई सम्मान गरिएको छ । आईतवार विद्यालयमा आयोजित एक कार्यक्रमका बिच नयाँ शैक्षिक सत्रको लागि विद्यार्थी भर्ना अभियान सूरु गरिएको हो । कार्यक्रममा गत शैक्षिक सत्रको बार्षिक परिक्षामा... पुरा पढ्नुहोस

कतारी राजकुमारी थानीले गरिन् अन्नपूर्ण हिमालको सफल आरोहण

  म्याग्दी, ३ वैशाख । कतारको राजपरिवारका सदस्य शेखा अस्मा अल थानीले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेकी छन्। इलाइट एक्सपिडिसनमार्फत उनी शनिबार अपराह्न ४ बजे आठ हजार ९१ मिटर अग्लो अन्नपूर्णको चुचुरोमा पुग्न सफल भएकी हुन्। अन्नपूर्ण प्रथम हिमाल म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा अवस्थित छ । पर्वतारोही निर्मल पुर्जा... पुरा पढ्नुहोस

लोकगायक गर्बुजाको ‘लाहुरे’ गितको म्युजिक भिडियो सार्वजनिक

  म्याग्दी, ३ वैशाख । लोकगायक खड्ग गर्बुजाकोे ठाडो भाकाको गीत ‘लाहुरे’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। तीन दशकदेखि लोकसंगीतको क्षेत्रमा क्रियाशील गर्बुजाले नयाँ वर्षका अवसर पारेर ‘लाहुरे’ सार्वजनिक गरेका हुन्। म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङमा जन्मीएका गर्बुजाको गितमा ताकम घर भई हाल अमेरिका बस्ने राहुल केसी र कलाकार केकी... पुरा पढ्नुहोस

म्याग्दीमा स्थानीय तहको बेरुजु ४७ करोड ५० लाख

म्याग्दी, २ बैशाख । एक नगरपालिका र पाचँ गाउँपालिका सहित ६ स्थानीय तह रहेको म्याग्दीमा आर्थिक वर्ष २०७८/७९ मा ४७ करोड ५० लाख ३६ हजार रुपैयाँ बजेट बेरुजु देखिएको छ । महालेखा परीक्षक कार्यालयको ६० औँ वार्षिक प्रतिवेदनले जिल्लाको सो बेरुजु देखाएको हो । सबै भन्दा बढी बेरुजु मालिका गाउँपालिकामा... पुरा पढ्नुहोस

अन्नपूर्णमा ‘अध्यक्ष कप’को उपाधी शिखलाई

  म्याग्दी, २ वैशाख । अन्नपूर्ण गाउँपालिकाले आयोजना गरेको अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधी वडा नम्बर ५ शिखले जितेको छ । घराम्दीमा शुक्रबार सम्पन्न भएको प्रतियोगिताको चार वटा मध्य दुई वटा खेलमा स्वर्ण र एक वटामा रजत पदक जित्दै शिख च्याम्पीयन भएको हो । नव वर्ष २०८० को अवसरमा चैत... पुरा पढ्नुहोस

बेग र बाँदुक जोड्ने लामो पुल उद्घाटन(फाेटाे फिचर)

म्याग्दी, २ वैशाख । म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेग र बाँदुक गाउँलाई जोड्नको लागि निर्माण गरिएको लामो झोलुङ्गे पुलको उद्घाटन गरिएको छ । दुई गाउँलाई जोड्न अग्ला पहाडमा निर्माण गरिएको उक्त ३ सय ६५ दशमलब ८० मिटर लामो झोलुङ्गे पुल निर्माण सम्पन्न भएको पाँच बर्षपछि मात्रै शुक्रवार उद्घाटन गरिएको हो ।... पुरा पढ्नुहोस