जन्मदिनको अवसरमा श्रीमतीलाई विमा पोलिसी उपहार

  • २६ माघ २०८०, शुक्रबार
  • 705 पटक पढिएको

  1. म्याग्दी २६ माघ ।  पछिल्लो समय विवाह, जन्मदिन, बैबाहिक बर्षगाँठ लगायतको अवसरमा जीवन विमा पोलिसी उपहारको रुपमा दिने चलन बढेको छ । यसैबिच मंगला गाउँपालिका–३ बरंजाका भरत रोकाले आफ्नो श्रीमती गंगा रोकालाई जन्मदिनको अवसरमा उपहारको रुपमा बिमा पोलिसी खरिद गरिदिनुभएको हो ।


रोकाले साविकको प्राइम लाइफ, गुँरास लाइफ र युनियन लाइफ मिलेर बनेको हिमालयन लाइफ इन्स्योरेन्सको म्याग्दी शाखामा पुगेर जीबन बिमा गर्नुभएको छ । रोकाले जन्मदिनको अवसरमा फजुल खर्च गर्नुभन्दा जीवन बिमा गरिदिएर सकरात्मक सन्देश दिएको हिमालयन लाइफ इन्स्योरेन्सका म्याग्दी शाखा प्रमुख रविन जिसीले बताउनुभयो ।

बिमा क्षेत्रमा भएको मर्जरपश्चात विमा क्षेत्रकै ठुलो कम्पनीहरुमध्येमा पर्न यस कम्पनीले विमितको लागि विभिन्न सुनौला योजनाहरु अघि सारेकाले गाउँ गाउँबाट विमा गर्नेहरुको आकर्षण भएको शाखा प्रमुख जिसीको भनाई छ । जीवन बिमा गर्ने कम्पनीहरुको शाखा विस्तार र विमाप्रतिको सकरात्मक बुझाईका कारण म्याग्दीमा समेत जीवन विमाको पहुँच बढ्दै गएको छ ।