मुलुक
प्रधानमन्त्री देउवाले ११ बजे राजीनामा दिने
- wp_days_ago_v3(); ?>
- ३ फाल्गुन २०७४, बिहीबार
काठमाडौं, ३ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार बिहान ११ बजे राष्ट्रका नाममा सम्बोधन गरी राजीनामा दिने भएका छन्। प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारका अनुसार मन्त्री परिषद्को बैठक सकिए लगतै प्रधानमन्त्री देउवाले राष्ट्रपति समक्ष राजीनामा पेश गर्ने छन् । बिहीबार बिहान ९ बजे देखि मन्त्रीपरिषद्को बैठक जारी छ। पुरा पढ्नुहोस
ओलीको नेतृत्वमा सरकार बनाउने वाम गठबन्धनको निर्णय
- wp_days_ago_v3(); ?>
- ३ फाल्गुन २०७४, बिहीबार
काठमाडौं, ३ फागुन । वाम गठबन्धनले एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार बनाउने निर्णय गर्दै बिहीबार राष्ट्रपतिसमक्ष नाम पठाउने तय गरेको छ । निर्वाचन आयोगले चुनावी परिणाम बुझाएलगत्तै बुधबार साँझ बसेको गठबन्धनको बैठकले बिहीबारबाटै सरकार गठन प्रक्रिया अघि बढाउने निर्णय गरेको हो । ‘बिहीबार दिउँसोसम्म हामी नाम पठाइसक्छौं,’ एमाले महासचिव ईश्वर पोखरेलले... पुरा पढ्नुहोस
रक्सी पिएर श्रीमती कुट्नेलाई सिस्नोपानी र केश मुण्डन
- wp_days_ago_v3(); ?>
- २ फाल्गुन २०७४, बुधबार
गुल्मी– गुल्मीको वलिथुम गाउँमा जाँडरक्सी सेवन गरी श्रीमती कुटपिट गर्ने एक पुरुषलाई स्थानीय महिला समुहले बाँधेर गाउँ डुलाउँदै केश मुण्डन र सिस्नोपानी लगाएर सजाय दिएका छन् । गुल्मी दरवार गाउँपालिका वडा नम्वर १ , वलिथुम निवासी ईस्वरी भण्डारीलाई महिलाहरुले यस्तो कारवाही गरेका हुन् । उनकी श्रीमती ईन्द्रकला भण्डारीले महिला समुह... पुरा पढ्नुहोस
बैतडीमा चट्याङ लागेर २२ सैनिक घाइते
- wp_days_ago_v3(); ?>
- २ फाल्गुन २०७४, बुधबार
बैतडी । मंगलबार साँझ ७ बजेर ५० मिनेट जाँदा परेको चट्याङले शत्रुमर्दन गुल्मअन्तर्गत कठपतेमा तालीम गरिरहेका सेनाका जवान घाइते भएको शत्रुमर्दन गुल्मका गुल्मपति, सेनानी सुदीप बानियाँले जानकारी दिए। उनले भने, “घाइतेमध्ये पाँचजनाको अवस्था गम्भीर छ ।” गम्भीर घाइते भएका अमरसिंह आलेमगर, बलराम थापामगर, दिनेशराज भट्ट, धनबहादुर ठनेत र सोनाम लामा... पुरा पढ्नुहोस
त्रिशूली दुर्घटना अपडेटः बेपत्ता सचिव मृत भेटिए
- wp_days_ago_v3(); ?>
- २७ माघ २०७४, शनिबार
२७ माघ । शनिबार बिहान त्रिशूलीमा गाडी खसेर बेपत्ता सिँचाइ सचिव रामानन्द यादव मृत भेटिएका छन् । बेपत्ता अन्य २ जनाको अवस्था भने अझै अज्ञात छ । घटनास्थलमा खटिएका नेपाल प्रहरीका सई पूर्णबहादुर लामाले सचिव यादवको शव भेटिएको पुष्टि गरे । उनका अनुसार, बेपत्ता दुईजना भेटिएका छैनन् । उनीहरूकाे अहिले... पुरा पढ्नुहोस
६० लाखको भार बोके कलाकार धुर्मुस–सुन्तलीले
- wp_days_ago_v3(); ?>
- २७ माघ २०७४, शनिबार
काठमाडौं, २७ माघ ।विपन्न बाढीपीडितका लागि सन्तपुरमा एकीकृत नमुन्ना बस्ती निर्माण गरेका कलाकार दम्पती सीताराम कट्टेल (धुर्मुस)–कुञ्जना घिमिरे (सुन्तली) बिहीबार ऋणको भारी बोकेर फर्केका छन्। चन्द्रपुर ८ सन्तपुरमा धुर्मस–सुन्तली फाउन्डेशनले हस्तान्तरण गरेको एकीकृत नमुना बस्तीनिर्माणका क्रममा गरेको ऋणमध्ये ६० लाख रुपैयाँ चुक्ता गर्न बाँकी छ। बस्ती निर्माणकाक्रममा टावर निर्माण, ट्रस्ट... पुरा पढ्नुहोस
राष्ट्रियसभामा पनि वाम गठबन्धनको बहुमत
- wp_days_ago_v3(); ?>
- २४ माघ २०७४, बुधबार
२४ माघ, काठमाडौं । राष्ट्रियसभामा पनि एमाले र माओवादी केन्द्रको वाम गठबन्धनको प्रष्ट बहुमत आएको छ । तर, एमाले एक्लैको भने बहुमत पुगेन । मंगलबार चुनाव भएका ३२ मध्ये २९ सिटको अन्तिम मत परीणाम आइसकेको छ भने तीन सिटको गणना जारी छ । २४ सदस्य भने निर्विरोध निर्वाचित भएका थिए... पुरा पढ्नुहोस
बिरामीले मासिक ५ हजार भत्ता पाउने कार्यविधि पारित : यस्तो छ छनोट प्रक्रिया
- wp_days_ago_v3(); ?>
- २४ माघ २०७४, बुधबार
काठमाडौं, २४ माघ । मृगौला, क्यान्सर र स्पाइनल इन्जुरी भर्इ प्यारालाइसिस भएका बिरामीका लागि 'भत्ता उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०७४' पारित भएको छ। पुस १३ गते मन्त्रिपरिषदको बैठकले गम्भिर रोग भएका बिरामीलाई ५ हजार भत्ता दिने निर्णय गरेको थियो। छनोट प्रकिया पार भएपछि मात्र बिरामीले मासिक रुपमा रु ५ हजार... पुरा पढ्नुहोस
चुडामणि शर्माको घरमा नेकपा कार्यकर्ताद्वारा तोडफोड
- wp_days_ago_v3(); ?>
- २३ माघ २०७४, मंगलवार
काठमाडौं, २३ माघ । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्ताले राजस्व अनुसन्धान विभागका निलम्बित महार्देशक चुडामणि शर्माको निजी आवासमा तोडफोड गरेका छन् । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्ताले राजस्व अनुसन्धान विभागका निलम्बित महार्देशक चुडामणि शर्माको निजी आवासमा तोडफोड गरेका छन्। बुढानिलकण्ठस्थित शर्माको निवासमा नेकपाका कार्यकर्ताले मंगलबार आक्रमण र तोडफोड गरेको प्रहरीले... पुरा पढ्नुहोस
होटल सोल्टीमा ओली र स्वराजबीच गोप्य वार्ता
- wp_days_ago_v3(); ?>
- १९ माघ २०७४, शुक्रबार
काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच होटल सोल्टीमा बिहिबार साँझ ४५ मिनेट लामो गोप्य छलफल भएको छ । जहाँ एमालेले स्वराजको सम्मानमा रात्रिभोजको आयोजना गरेको थियो । छलफलपछि ओलीले नेपालको शान्ति र समृद्धिका लागि छिमेकीसँग मिलेर काम गर्न आफू इच्छुक रहेको प्रतिक्रिया दिए । भेटका... पुरा पढ्नुहोस