प्रधानमन्त्री देउवाले ११ बजे राजीनामा दिने

  • ३ फाल्गुन २०७४, बिहीबार
  • 2015 पटक पढिएको


काठमाडौं, ३ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार बिहान ११ बजे राष्ट्रका नाममा सम्बोधन गरी राजीनामा दिने भएका छन्।

प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारका अनुसार मन्त्री परिषद्को बैठक सकिए लगतै प्रधानमन्त्री देउवाले राष्ट्रपति समक्ष राजीनामा पेश गर्ने छन् ।

बिहीबार बिहान ९ बजे देखि मन्त्रीपरिषद्को बैठक जारी छ।