मुलुक

रुईसे–भेडिओढारको पर्यटन प्रर्वद्धनका लागि साईकलयात्रा ( फोटोफिचर)

रघुगंगा २० असोज । म्याग्दीको रघुगंगा गाउँपालिका २ मा रहेको रइसे–भेडिओडार क्षेत्रको पर्यटन विकासका लागि प्रचारप्रसार गर्ने उद्देश्यले शुक्रबार साईकल यात्रा गरिएको छ । रघुगंगा गाउँपालिकाको संयोजनमा राखु समाज कल्याण समिति काठमाडौको आयोजनामा पर्वतको मालढुङ्गा देखि भगवतीको रइसेसम्म ३५ किलोमिटर साईकल यात्रा गरीएको हो । म्याग्दी भ्रमण वर्ष २०७५ को... पुरा पढ्नुहोस

मुटुरोग शिविरबाट छ सय बढी लाभान्वित (फोटो फिचर)

म्याग्दी, १८ असोज । म्याग्दीको रघुगंगा गाउँपालिका–३ गायत्री मन्दिर परिसरमा विहिवार आयोजित निःशुल्क मुटुरोग परिक्षण शिविरबाट छ सय जना बढी सर्वसाधारण लाभान्वित भएका छन् । राखु समाज कल्याण समिति काठमाण्डौले गाउँपालिकाको संयोजन र शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको प्राविधिक सहयोगमा आयोजना गरेको शिविरमा उत्साहजनक रुपमा सर्वसाधारणले मुटुरोगको परिक्षण गराएका हुन्... पुरा पढ्नुहोस

सहकारीद्वारा क्षमता अभिवृद्धि तालिमको आयोजना

म्याग्दी, असोज ९ – सेतो गुराँस महिला बचत तथा ऋण सहकारी संस्था गोङ्गबु, काठमाडौंको आयोजनामा क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । सहकारी संस्थाको सञ्चालक समिति र उपसमितिका पदाधिकारीहरुलाई लक्षित गरेर तालिम सञ्चालन गरिएको हो । सहकारीकर्मीको क्षमता वृद्धि तथा नयाँ ऐनको बारेमा जानकारी गराउने उद्देश्यसहित तालिम आयोजना गरिएको सहकारीले... पुरा पढ्नुहोस

न्यायका लागि दवाव दिन सडकमा (भिडियो सहित)

बेनी ३० भदौ । कञ्चनपुरमा १३ वर्षिया निर्मला पन्तको बलात्कार पछि भएको हत्याको निष्पक्ष अनुसन्धान र दोषीलाई कारबाहीको माग गर्दै शनिबार बेनीमा महिलाहरुले प्रर्दशन गरेका छन् । कालो ब्यानर, विभिन्नमाग लेखिएकाप्ले कार्ड बाकेर टाउकोमा कालो पट्टी बाँधेर प्रर्दशनका लागि सडकमा उत्रिएका महिलाहरुले दोषीलाई कारबाहीको माग सहित नाराबाजी गर्दै बजार परिक्रमा... पुरा पढ्नुहोस

मिर्गौला पिडित ताकमका सुनारद्धारा सहयोगको अपिल

म्याग्दी, २४ भदौ । म्याग्दीको धौलागिरि गाउँपालिका–७ ताकमका मिर्गौला पिडित थमबहादुर सुनारले आफ्नो उपचारमा सहयोग गर्न अपिल गर्नुभएको छ । दुबै मिर्गौलाले काम नगर्ने भएपछि डायलाइसीस गर्दै आउनुभएका सुनारले उपचार गर्न परिवारको आर्थिक अबस्थाले नथेकेपछि सहयोग गर्न आह्वान गर्नुभएको हो । बिगत ४ बर्षदेखि मिर्गौला पिडित भई उपचाररत ३० बर्षिय... पुरा पढ्नुहोस

मोना कुवेत द्वारा १४ दिन कोमामा बसेका गणेश लाई आर्थिक सहयोग

कुवेतको कुक्जे कम्पनीमा कार्यरत रघुगंगा गाउँपालिका–३ मतारेका गणेश बहादुर किसान (थापा) लाई म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यसमिति कुवेतले आर्थिक सहयोग गरेको छ । कुवेतको आदान अस्पतालमा झन्डै ५० दिनको उपचार पछि हिजो स्वदेश फर्किएका गणेश लाई म्याग्दी मोनाले नेपाली रु. ४० हजार आर्थिक सहयोग गरेको हो । रक्तचापको... पुरा पढ्नुहोस

महिला कैदीबन्दी र बालबालिकालाई दर खुवाइयो

म्याग्दी, भदौ २३ – सामुदायिक प्रहरी सेवा केन्द्र बेनी, म्याग्दीको आयोजनामा शनिबार म्याग्दी कारागारका महिला कैदीबन्दी र बालगृहका बालबालिकाहरुलाई दर खुवाइएको छ । हरितालिका तीजको अवसरमा नेपाल बाल सङ्गठन म्याग्दीमार्फत सञ्चालित म्याग्दी बालगृहमा रहेका बालबालिकाहरुलाई कपि कलम पनि वितरण गरिएको छ । म्याग्दी कारागारमा विभिन्न कसुरमा सजायँ भुक्तान गर्दै गरेका... पुरा पढ्नुहोस

निस्कोटमा सामाजिक विकृती, चोरी शिकारी र तस्करी नियन्त्रण अभियान

म्याग्दी १८ भदौ । म्याग्दीको मालिका गाउँपालिका १ निस्कोटमा जनप्रतिनिधिहरुको अगुवाईमा सामाजिक विकृती, चोरी शिकारी र तस्करी नियन्त्रण अभियान थालीएको छ । वडा कार्यालयको आयोजनामा भएको गाउँका सरोकारवालाहरुको बृहत भेलाले वन र बन्यजन्तुको संरक्षण, चोरी शिकारी, तस्करी, जुवातास, मदिरा र लागु औषध दुब्र्यसन नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ ।... पुरा पढ्नुहोस

म्याग्दी नदीमा वेपत्ता

बेनी १५ भदौ । मालीका गाउँपालिका ६ दरवाङमा म्याग्दी नदीले बगाउँदा एक युवा वेपत्ता भएका छन् । नदीले बगाएर ल्याएको काठ, दाउरा संकलन गर्ने क्रममा शुक्रबार खोलाले बगाएर मालिका 6 दुखु लेक का खिम ब पुन  वेपत्ता भएको मालीका गाउँपालीका अध्यक्ष श्रीप्रसाद राेकाले जानकारी दिनुभयाे । दरवाङगको छ्यार छ्यारे भन्ने... पुरा पढ्नुहोस

बेनीमा पुस्तकालय दिवस मनाइयो

बेनी १५ भदौ । बेनीमा शुक्रबार आठौ पुस्तकालय दिवस मनाइएको छ । म्याग्दी पुस्तकालयको आयोजनामा अतिथिहरुलाई पुस्तक अध्ययन गराएर दिवस मनाइएको हो । पठन संस्कृती र पुस्तकालय जाने बानिको विकास गराउन सन्देश प्रवाह गराउने उद्देश्यले पुस्तक अध्ययन कार्यक्रम आयोजना गरिएको म्याग्दी सामुदायीक पुस्तकालयका अध्यक्ष सन्तोष रावलले जानकारी दिनुभयो । कार्यक्रममा... पुरा पढ्नुहोस

To Top