नुवाकोटमा मिनिट्रक दुर्घटना, ‘३० जनाको मृत्यु’

  • २८ मंसिर २०७५, शुक्रबार
  • 1764 पटक पढिएको

नुवाकोट, २८ मंसिर  । नुवाकोटको दुप्चेश्वर गाउँपालिकाको घ्याङफेदीमा शुक्रबार एक मिनिट्रक दुर्घटना हुँदा ३० जनाको मृत्यु भएको छ ।

अनुमानित ४० जना यात्री बोकेर दुप्चेश्वर गाउँपालिकाको सिसिपु जाँदै गरेको मिनिट्रक घ्याङडाँडाको भीरबाट करिब ४०० मिटर तल खसेको स्थानीय लालबहादुर तामाङले जानकारी दिएका छन् ।

तामाङकाअनुसार दुर्घटनामा ३० जनाको ज्यान गएको छ । शिखरबेसीस्थित घ्यावामा गएर फर्किएकाहरु दुर्घटनामा परेका हुन् ।

दुर्घटनामा घाइते भएकाको उद्धारका लागि प्रहरी जाँदै गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

घटनाको विस्तृत् विवरण आउन बाँकी छ ।

-imagekhabar.com