मुलुक

प्रहरीको खोजी सूचीमा रहेका सांसद सिलवाल संसद भवन भित्र

काठमाडौं, १९ फागुन । प्रहरीको खोजी सूचीमा रहेका सांसद नवराज सिलवाल संघीय संसद भवनभित्र पुगेका छन् । एमाले–माओवादीतर्फबाट संघीय संसदमा निर्वाचित सांसदहरुलाई प्रशिक्षण दिन आयोजना गरिएको कार्यक्रममा भाग लिन सिलवाल संसद भवन नयाँ बानेश्वर पुगेका हुन् । उनी शनिबार बिहान करिव पौने ११ बजेतिर भवन पुगेका थिए । प्रशिक्षण कार्यक्रम... पुरा पढ्नुहोस

दैनिक ३५ करोड राजस्व लुट

काठमाडौं, १९ फागुन । भन्सारका कर्मचारी र आयातित व्यापारमा संलग्न उद्योगी व्यापारीसँगको मिलेमतोमा राज्यले दैनिक करोडौं रुपैयाँ राजस्व गुमाउँदै आएको खुलेको छ। चार दिनअघि अर्थमन्त्री बनेका युवराज खतिवडाले विभिन्न स्थानमा रहेका भन्सार कार्यालयका प्रमुखहरुलाई काठमाडौंमा बोलाएर कडा निर्देशन दिएकै दिन (शुक्रबार) मुलुकभरका भन्सार नाकाबाट करिब ३५ करोड रुपैयाँ राजस्व बढी... पुरा पढ्नुहोस

जनप्रतिनिधिलाई विप्लव समूहको चेतावनी : राजीनामा नदिए कारबाहीको धम्की

नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले सुर्खेतका स्थानीय जनप्रतिनिधीको राजीनामा माग गरेका छ । विप्लवको पार्टीले सुर्खेतका गाउँ तथा नगर प्रमुख उपप्रमुल लगायत वडा कार्यालयमा पत्र पठाएर राजिनामा माग गरेको हो । पत्रमार्फत राजीनामा नदिए भौतिक कारवाहि गर्ने समेत सो पार्टीले चेतावनी दिएको छ । विप्लवको पत्रले जनप्रनिनिधी त्रसित बनेका छन् ।... पुरा पढ्नुहोस

प्रहरी इन्काउन्टरमा गुन्डा नाइके मनोज पुन मारिए

काठमाडौं, ९ फागुन । प्रहरी इन्काउन्टरमा गुण्डा नाइके मनोज पुन मारिएका छन् । बुधबार बिहान ३ः३० बजे प्रहरीसँगको मुठभेडमा पुन सहित उनका सहयोगी सोम आले पनि मारिएको रुपन्देही प्रहरी प्रमुख एसपी श्याम ज्ञवालीले नागरिकलाई जानकारी दिए। पुन र उनका सहयोगीले रुपन्देहीमा कुनै अप्रिय घटना घटाउदै छन भन्ने सुचनाका आधारमा प्रहरीले... पुरा पढ्नुहोस

प्रदेश नम्बर ४ सरकारको पहिलो निर्णय : २ वर्षभित्र सबै गाउँमा विजुली

चार नम्बर प्रदेशको मन्त्रपरिषदको पहिलो बैठकले उज्यालो प्रदेश कार्यक्रम घोषणा गरेको छ । शुक्रबार बसेको पहिलो बैठकले दुई वर्षभित्र सबै गाउँमा विजुली पुग्नेगरी काम गर्ने निर्णय गरेको हो । प्रदेश सरकारका प्रवक्ता समेत रहेका नवनियुक्त मन्त्री रामशरण बस्नेतले बैठकका निर्णय सार्वजनिक गर्दै उज्यालो कार्यक्रमलाई पहिलो प्राथमिकतामा राखेको बताए । ‘२... पुरा पढ्नुहोस

केपी ओली : झापा विद्रोहदेखि दोस्रो पटक प्रधानमन्त्रीसम्म

काठमाडौं, ३ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दोस्रो पटक प्रधानमन्त्री बनेका छन्। यस अघि उनी नेकपा माओवादी केन्द्रको समर्थनमा २०७२ असोज २४ पहिलो पटक प्रधानमन्त्रीमा निर्वाचित भएका थिए। त्यतिबेला उनले प्रधानमन्त्रीको निर्वाचनमा तत्कालिन कांग्रेस सभापति सुशील कोइरालालाई पराजित गरेका थिए। २००७ फागुन ११ गते तेह्रथुमको इवामा जन्मिएका... पुरा पढ्नुहोस

एमाले अध्यक्ष ओली प्रधानमन्त्रीमा नियुक्त, चार बजे सपथ

काठमाडौं, ३ फागुन । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन्। निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले विहीबार देशवासीको नाममा सम्बोधन गर्दै राजीनामा दिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन्। [caption id="attachment_15833" align="alignnone" width="800"] फाइल तस्बिर[/caption] ओलीले माओवादीको समर्थनमा विहीबार विहान मात्रै प्रधानमन्त्रीमा दावी पेश गरेका थिए ।... पुरा पढ्नुहोस

प्रधानमन्त्री देउवाद्वारा राजीनामा

काठमाडौं, ३ फागुन । प्रधानमन्त्री शेरबहादुरले राजीनमा दिएका छन् । विहीबार देशवासीका नाममा सम्बोधन गर्दै उनले राजीनामाको घोषणा गरेका हुन्। प्रधानमन्त्री निवास बालुवाटारमा उनले देशवासीका नाममा सम्बोधन गरेका थिए। उनले सरकारमा रहँदा विकासमा काम धिमे गतिमा भएको स्विकारेका छन्। उनले आफू प्रधानमन्त्री हुँदा निर्वाचन आचार संहिता लागू भएकोले द्रुत गतिमा... पुरा पढ्नुहोस

राष्ट्रपतिले ओलीलाई आजै प्रधानमन्त्री नियुक्त गर्ने, सपथग्रहण ४ बजे

काठमाडौं, ३ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आजै प्रधानमन्त्रीमा नियुक्त गर्ने भएकी छन् । वाम गठबन्धनको तर्फबाट ओलीलाई प्रधानमन्त्री बनाउन राष्ट्रपति समक्ष बहुमत सांसदको दावी पेश भएलगत्तै प्रधानमन्त्री नियुक्त गर्न लागिएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ । [caption id="attachment_15822" align="alignnone" width="800"] फाइल तस्बिर[/caption] ओलीलाई प्रधानमन्त्री... पुरा पढ्नुहोस

प्रधानमन्त्री देउवाले ११ बजे राजीनामा दिने

काठमाडौं, ३ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार बिहान ११ बजे राष्ट्रका नाममा सम्बोधन गरी राजीनामा दिने भएका छन्। प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारका अनुसार मन्त्री परिषद्को बैठक सकिए लगतै प्रधानमन्त्री देउवाले राष्ट्रपति समक्ष राजीनामा पेश गर्ने छन् । बिहीबार बिहान ९ बजे देखि मन्त्रीपरिषद्को बैठक जारी छ। पुरा पढ्नुहोस