ताजा अपडेट

अन्नपूर्णमा शिक्षक महासंघको प्रथम गाउँपरिषद् सम्पन्न

सुरेन गुरुङ पोखरेबग १० बैशाख । अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा मंगलबार शिक्षक महासंघको प्रथम गाउँपरिष्द सम्पन्न भएको छ । सो कार्यक्रममा शिक्षक सेवा आयोगले हालै प्रकाशन गरेको नतिजा अनुसार स्थायी भएका शिक्षकहरुलाई बधाई ज्ञापन गरिएको थियो । कार्यक्रममा अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर पुनले शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा परिवर्तन,... पुरा पढ्नुहोस

प्रवासीद्धारा विद्यालयलाई पाँच लाख सहयोग

बेनी ११ बैशाख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ८ राम्चेमा रहेको देउराली आधारभुत विद्यालयलाई प्रवासी एक परिवारले पाँच लाख रुपैयाँ आर्थिक सहयोग गर्नुभएको छ । विद्यालयमा कम्प्युटर कक्षाका लागि आवश्यक पूर्वाधार व्यवस्थापन गर्नका लागि राम्चे घर भई हाल बेलायतमा रहनुभएका स्वर्गीय मोहनबहादुर पुर्जाका श्रीमती र भाईहरुले मंगलबार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष... पुरा पढ्नुहोस

वडा सचिवद्धारा दिवंगत बुवाको स्मृतिमा विद्यालयलाई सहयोग

बेनी १० बैशाख । म्याग्दीको धवलागिरी गाउँपालिका १ गुर्जामा रहेको जनकल्याण माविलाई एक व्यक्तिले दिवंगत बुवाको स्मृतिमा आर्थिक सहयोग गर्नुभएको छ । गुर्जाका वडा सचिव सञ्जिव कुमार महतोले दिवंगत बुवा राम अवतार महतोको स्मृतिमा बिस हजार रुपैयाँ सहयोग गर्नुभएको प्रअ रुपेश सुवेदीले जानकारी दिनुभयो । हालै सरुवा भएर आफ्नै गृहजिल्ला... पुरा पढ्नुहोस

टुहुरा मनोजले उच्च शिक्षासम्मको अभिभावक पाए

ध्रुवसागर शर्मा म्याग्दी १० बैशाख । म्याग्दीको मालिका गाउँपालिका वडा नं ५ देविस्थानका ८ वर्षिय टुहुरा मनोज विकले आवासीय सुविधा सहित कक्षा १२ सम्म निशूल्क अध्ययन गर्न पाउने भएका छन् । म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँटमा अवस्थित बुद्ध एकेडेमीले तीन वर्षको उमेरमा बुबाको मृत्युभएपछि टुहरा बनेका विकलाई आवासीय... पुरा पढ्नुहोस

विप्लव समूहका पूर्व विद्यार्थी नेता विश्वकर्माद्धारा पार्टी परित्याग गरेको घोषणा

बेनी १० बैशाख । प्रहरीको खोजी सूचिमा रहेका नेत्रबिक्रम चन्द् (विप्लव) समूह निकट विद्यार्थी संगठनका म्याग्दीका एक नेता सत्ताधारी नेकपामा प्रवेश गरेका छन् । बेनी नगरपालिका २ भकुण्डेका विप्लप निकट अखिल क्रान्तिकारीको पूर्व गण्डक ब्युरो इञ्चार्ज प्रकाश विश्वकर्माले मंगलबार एक प्रेस विज्ञप्ती प्रकाशन गर्दै पार्टी परित्याग गरेको घोषणा गर्नुभएको हो... पुरा पढ्नुहोस

संसदीय टोलीद्धारा गुठी जग्गाको समस्या अध्ययन

भगवती १० बैशाख । तत्कालीन राजपरिवारका सदस्यको ठाडो आदेशको आधारमा गुठीमा परिणत गरिएको म्याग्दीको पिप्ले, भगवती र दोवाका बासिन्दाको समस्याको बारेमा गण्डकी प्रदेसको संसदीय टोलीले स्थलगत अध्ययन गरेको छ ।प्रदेशसभाको अर्थ विकास समितिका सभापति दिपक कोइराला नेतृत्वको टोलीले सोमबार गुठी सम्बन्धि समस्या भएको दोवा, भगवती र पिप्लेका बासिन्दा र सरोकारवालाहरुसंग... पुरा पढ्नुहोस

लायन्स क्लब बेनी पिस सिटीको अध्यक्षमा श्रेष्ठ निर्वाचित, दुई पत्रकार सम्मानीत

म्याग्दी, १० वैशाख । लायन्स क्लब अफ बेनी पिस सिटी म्याग्दीको सोमबार सदरमुकाम बेनीमा सम्पन्न चौथो साधारणसभा तथा अधिवेशनले वर्ष २०१९/२० का लागि नरेश श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । क्लबको प्रथम उपाध्यक्षमा खम थापामगर, द्वितीय उपाध्यक्षमा सुवर्ण रिजाल, तृतीय उपाध्यक्षमा भोजबहादुर रिजाल, सचिवमा विरेन्द्र श्रेष्ठ, कोषध्यक्षमा सचिन... पुरा पढ्नुहोस

छन्त्याल परिवार अष्ट्रेलियाले भलिबल प्रतियोगिता आयोजना गर्ने

सिड्नी १० वैशाख : प्रवासमा रहेको खेल प्रतिभाको पहिचान गर्ने उद्देश्यले छन्त्याल परिवार अष्ट्रेलिया (सीपीए)ले पुरुष तथा महिला भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । आगामी जुन ९ तारिख सिड्नीस्थित अर्बन बास्केटबल सेन्टरमा हुने प्रतियोगितालाई मूख्य प्रायोजकको रुपमा वेल्सन इन्टरनेशनल प्रालिले सहकार्य गर्ने खेलकुद संयोजक ह्यारी छन्त्यालले जानकारी दिए ।... पुरा पढ्नुहोस

विपद्को क्षति न्युनीकरणका लागि पुर्वसर्तकतामा ध्यान दिनुपर्ने

बेनी १० बैशाख । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले प्राकृतिक विपद्बाट हुने क्षति न्युनीकरणका लागि पुर्वसर्तकतामा प्राथमिकता दिनुपर्ने बताउनुभएको छ । बेनी बजार संरक्षणका लागि कालीगण्डकी किनारमा निर्माणाधिन अस्थाई तटबन्धको सोमबार अनुगमनपछि स्थानीय र सञ्चारकर्मीहरुसंगको कुराकानीमा जोखिम र क्षति न्युनीकरणका लागि सर्तकतामा ध्यान दिन आग्रह गर्नुभयो । संघीय सांसद... पुरा पढ्नुहोस

नेकपा म्याग्दीको अध्यक्षमा गोविन्द र सचिवमा हरिकृष्ण श्रेष्ठ चयन

म्याग्दी, ९ वैशाख । तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबिच पार्टी एकता घोषणा भएको एक बर्षपछि मात्रै एकताले पूर्णता पाएको छ । नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको ७० औँ स्थापना दिवसको अवसरमा नेकपाले ७७ वटै जिल्ला नेतृत्वको टुंगो लगाएर एकतालाई पूर्णता दिएको हो । पार्टी केन्द्रिय सचिबालय बैठकले टुंगो लगाएको... पुरा पढ्नुहोस