ताजा अपडेट

मंगलाको चौथो गाउँसभाद्धारा बजेट संसोधन र सडक क्षेत्रअधिकार कायम

म्याग्दी २५ पुष । जिल्लाको मंगला गाउँपालिकाको बुधबार बाबियाचौरमा सम्पन्न  चौथो गाउँसभाले चालू आर्थिक वर्षका लागि बिनियोजन भएको बजेट संसोधन गरेको छ । असारमा भएको गाउँसभाको त्रुटीपूर्ण निर्णयका कारण विकास निर्माणको क्षेत्रमा परिचालन गर्नुपर्ने पुजीगत शिर्षकको बजेट प्रशासनिक र तलबभत्तामा खर्च हुने चालू शिर्षकमा बिनियोजन भएपछि कार्यान्वयनमा जटिलटा उत्पन्न भएको... पुरा पढ्नुहोस

बेनी नगरपालिका ३० वटा विद्यालयलाई शैक्षिक सामाग्री वितरण

बेनी, २५ पुस ।बालशिक्षालाई प्रभावकारी बनाउन बेनी नगरपालिकाले ३० आधारभूत विद्यालयलाई शैक्षिक सामाग्री (किटक्याट) वितरण गरिएको छ। शिक्षण विधिलाई प्रभावकारी र ब्यवहारिक बनाएर गुणस्तर शिक्षा प्रदान गर्नका लागि नगरपालिकाले विद्यालयलाई शैक्षिक सामाग्री वितरण गरेको हो । बुधबार नगरपालिका सामाजिक विकास संयोजक एवम वडा  ४ का वडाअध्यक्ष गोविन्द्र पौडेल र स्रोतब्यक्ति... पुरा पढ्नुहोस

घुम्टे युवा परिवारको आयोजनामा मल्ममा शैक्षिक अन्तरकृया

बागलुङ पौष २४ सामाजिक संस्था घुम्टे युवा परिवार गलकोट नगरपालिका ७ मल्म बागलुङको आयोजनामा शैक्षिक अन्तरकृया कार्यक्रम आज सम्पन्न भएको छ । जनहित माध्यमिक विद्यालय मल्ममा आयोजित शैक्षिक अन्तरकृयामा आगामी शैक्षिक सत्र २०७६ देखि विद्यालयमा कक्षा ११ सञ्चालन गर्न सरोकारवालाले साझा सहमति जनाएका छन । अन्तरकृयाले अब साझा सहमति बनेकोले... पुरा पढ्नुहोस

ताराखोलामा आगलागीमा परी तीन बालबालिकाको मृत्यु

बागलुङ, २४ पुस । गोठमा भएको आगलागीमा परी ताराखोला गाउँपालिका–४ तारागाउँका तीन बालबालिकाको ज्यान गएको छ । आज अपरान्ह् सवा ४ बजेतिर लागेको आगोमा परी स्थानीवासी दिलबहादुर घर्तीका ६ वर्षीया छोरी ऋतु घर्ती, ५ वर्षीय छोरा आयुष घर्ती र रुद्रबहादुर रोकाका ६ वर्षीय छोरा रनिश रोकाको ज्यान गएको वडाध्यक्ष जीतबहादुर... पुरा पढ्नुहोस

मल्कबाङका भक्तबहादुर साढे २ दशकदेखि भेडापालनमा

म्याग्दी, २४ पुस । उमेरले ६१ बर्षमा लागे धौलागिरि गाउँपालिका–५ मल्कबाङ स्थित भेडिखाल्टाका भक्तबहादुर फगामी । जिवनमा बुढ्यौलीले कोल्टे फेर्दै गएपनि उनको दैनिकि भने जंगलका गोठहरुमै वित्ने गरेको छ । विगत २६ बर्षदेखि व्यवसायिक भेडापालन गरेका फगामीको भेडिगोठमा अहिले करिब ४ सय भेडाबाख्रा छन् । हिउँदको चिसोमा बेशीतिर र गर्मि... पुरा पढ्नुहोस

ताकमकोत पुग्ने पदमार्ग निर्माणको तयारी

ताकम २४ पुष । धवलागिरी गाउँपालिका ७ मा रहेको धार्मिक, पर्यटकीय महत्वको ऐतिहाँसिक ताकमकोत पुग्ने पदमार्ग निर्माणको तयारी भएको छ । ताकम घनाबस्ती विकास कार्यक्रम अन्तरगत सहरी विकास तथा भवन डिभिजन कार्यालय बागलुङको सहयोगमा काफलडाँडाको देउराली देखि कोतघर परिसर जोड्ने सिढी र रेलीङ सहितको पदमार्ग निर्माण गर्न लागिएको हो ।... पुरा पढ्नुहोस

धवलागिरी गाउँपालिकाद्धारा विद्यार्थीलाई ओखरका बिरुवा वितरण सुरु

पार्वती सुवेदी मराङ २४ पुष । धवलागिरी गाउँपालीकाले सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई ओखरका बिरुवा वितरण सुरु गरेको छ । “एक विद्यार्थी, एक घर, एक बोट ओखर” कार्यक्रम अन्तरगत मंगलबार ६ नम्बर वडा मराङको जनविकास माविका विद्यार्थीहरुलाई ओखरका बिरुवा वितरण गरिएको छ । गाउँ कार्यपालिकाको सामाजिक विकास समितिका संयोजक समेत... पुरा पढ्नुहोस

न्यायिक समितिका पदाधीकारीहरुसँग अन्तरक्रिया

बेनी २४ पुष । गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आयोजनामा मंगलबार बेनीमा स्थानीय सरकार सञ्चालनको क्रममा देखिएका समस्या र न्यायिक समितिको क्षेत्राधिकार सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।म्याग्दीका ६ वटा स्थानीय तहका प्रमुख, उप्रमुख र न्यायीक समितिका पदाधीकारीको सहभागितामा जिल्ला समन्वय समितिको कार्यालयमा भएको छलफलमा सहभागि स्थानीय तहका... पुरा पढ्नुहोस

अन्नपूर्णमा प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड सुरु

  म्याग्दी, २४ पुस । जिल्लाको अन्नपूर्ण गाउँपालिका ३ दाना स्थित ज्ञानप्रकाश माविमा मंगलबारदेखि अन्तर माध्यमिक छात्र÷छात्रा प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता २०७५ सुरु भएको छ । अन्नपूर्ण गाउँपालिकाको आयोजनामा सुरु भएको प्रतियोगितामा गाउँपालिकाभित्र रहेका विभिन्न १० वटा माध्यमिक विद्यालयले सहभागीता जनाएका छन् । प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख जिल्ला... पुरा पढ्नुहोस

मल्कबाङ्गमा सनलाईट युवा क्लवको खेलमैदान उद्घाटन

म्याग्दी, २४ पुस । धौलागिरी गाउँपालिका– ५ मल्कबाङ्ग स्थित सनलाईट युवा क्लवको खेलमैदान उद्घाटन गरिएको छ । धान्यपुर्णिमा पर्वमा परम्परागत रुपमा लाग्दै आएको दरखोला मेलाको अवसरमा खेलमैदानको उद्घाटन गरिएको हो । वडा र स्थानीय समाजसेवीको सक्रियतामा निर्माण गरिएको खेलमैदानको उद्घाटन नेपाली कांग्रेस म्याग्दीका सभापति खमविर गर्वुजाले गरेका थिए । सभापति... पुरा पढ्नुहोस