प्रहरीको स्वास्थ्य परिक्षण

  • १ जेष्ठ २०७६, बुधबार
  • 1624 पटक पढिएको

 

बेनी १ जेठ । बेनीमा बुधबार प्रहरी, कर्मचारीको स्वास्थ्य परिक्षण गरिएको छ । जिल्ला प्रहरी कार्यालय र बेनी अस्पतालको संयुक्त आयोजनामा निशूल्क स्वास्थ्य परिक्षण गरिएको हो ।

५० जना प्रहरी तथा सुरक्षाकर्मीहरुको क्षयरोग सम्बन्धी माईक्रोस्कोपिक र सुगर परिक्षण गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अनुसन्धानका क्रममा प्रहरी हिरासतमा रहेका ७ जना थुनुवाहरुको समेत निशूल्क स्वास्थ्य परिक्षण गरिएको थियो ।

????????????????????????????????????

यसअघि मंगलबार जिल्ला कारागार शाखाका ९१ ज्ना कैदी बन्दीहरुको क्षयरोग, सुगर र मानसिक स्वास्थ्य परिक्षण गरिएको थियो ।