ताजा अपडेट

चिमखोलामा बालमैत्री शिक्षण सिकाई तालिम

बेनी २० चैत । रघुगंगा गाउँपालिका ७ चिमखोलाको अमर माविमा बालमैत्री शिक्षण सिकाई बिधि सम्बन्धी तालिम सम्पन्न भएको छ । सम्बृद्ध ग्रामिण नेपालका लागि शैक्षिक उन्नयन (लर्न)को आयोजनामा चैत १४ देखि १९ गतेसम्म सञ्चालन भएको तालिममा चिमखोला, कुइनेमंगल, पाखापानी र झिँका १८ वटा विद्यालयका ६६ जना शिक्षक शिक्षिकाहरुको सहभागिता रहेको... पुरा पढ्नुहोस

बारा पुगेका म्याग्दी अखिलका नेता पौडेल उद्धार र राहतमा जुटे (फोटाे कथा)

बेनी १९ चैत । बाराका आँधीहुरी पिडितहरुको राहत र उद्धारको लागि पुगेका म्याग्दीका अनेरास्ववियूका नेता प्रकाश पोडेल घरबार विहिनहरुको बसोबासको प्रवन्ध मिलाउन जुटेका छन् । गत आईतवार आएको आँधी र हुरीले बारा र र पर्सामा ठुलो जनधनको क्षती भएको छ भने सयौँ घरधुरी घरबार विहिन बनेका छन् । म्याग्दीदेखि बारा... पुरा पढ्नुहोस

गलेश्वरमा निर्माण भएको धर्मशाला हस्तान्तरण (फाेटाे फिचर)

गलेश्वर १९ चैत । सरस्वती गोविन्द फाउण्डेशलने म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा निर्माण गरेको तिर्थयात्री निवास (धर्मशाला) मंगलबार हस्तान्तरण गरिएको छ । काठमाडौको होटल ¥याडीसनका सञ्चालक स्व.गोविन्ददास श्रेष्ठद्धारा स्थापीत फाउण्डेशनको करिब बहत्तर लाख रुपैयाँ सहयोगमा निर्माण भएको धर्मशाला गलेश्वर शिवालय क्षेत्र विकास कोषलाई हस्तान्तरण गरिएको हो । गत पुषमा दिवंगत भएका श्रेष्ठले... पुरा पढ्नुहोस

‘दिगो विकास लक्ष्य प्राप्तिको लागि सहकारी’ : सरोकारवाला

बेनी, १९ चैत । सरकारले लिएको दिगो लक्ष्य प्राप्तिको लागि सहकारीको भुमिका महत्वपूर्ण रहेको बेनीमा आयोजित एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । सहकारी दिवसको अवसरमा राष्ट्रिय सहकारी बैँक बागलुङ शाखा र जिल्ला सहकारी संघ म्याग्दीले आयोजना गरेको ‘दिगो विकास लक्ष्य प्राप्तिको लागि सहकारी’ बिषयक गोष्ठीमा बोल्ने बत्ताहरुले सो कुरामा... पुरा पढ्नुहोस

वाखेतमा पशु स्वास्थ्य शिविर

बेनी १९ चैत । बेनी नगरपालिका १० वाखेतमा मंगलबार पशु स्वास्थ्य तथा बाँझोपन निवारण शिविर सम्पन्न भएको छ । बेनी नगरपालिकाको पशु सेवा शाखा र वडा कार्यालयको आयोजनामा सञ्चालन भएको शिविरमा करिब डेढ सय जना कृषकहरु लाभान्वित भएका छन् । वाखेत, पात्लेखेत, ओखले, आलवाङ, तोरीपानी क्षेत्रका १३५ जना कृषकहरुको तीन... पुरा पढ्नुहोस

आँधीहुरी पिडितका लागि बेनीमा विद्यार्थीले ६२ हजार सहयोग जुटाए

बेनी १९ चैत । बारा र पर्साका आँधीहुरी पिडितहरुको राहतका लागि म्याग्दीका विद्यार्थीहरुले आर्थिक सहयोग संकलन गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववीयु र अनेरास्वीयु क्रान्तिकारीले सदरमुकाम बेनीमा घरदैलो गरेर मंगलबार ६२ हजार ७११ रुपैयाँ सहयोग संकलन गरेका हुन् । अनेरास्ववीयुका अध्यक्ष सुवास विश्वकर्मा र अनेरास्ववीयु क्रान्तिकारीका यामनाथ... पुरा पढ्नुहोस

बारा र पर्सामा हावाहुरीबाट घाइते भएकाहरुको लागि बेनीमा ३४ जनाले गरे रक्तदान

म्याग्दी, १९ चैत । हावाहुरीका कारण बारा र पर्सामा घाइते भएकाहरुको उपचारका लागि बेनीमा रक्तदान मार्फत रगत संकलन गरिएको छ । बेनीमा रहेका लायन्स र लियो क्लबहरुको संयुक्त आयोजना,नेपाल रेडक्रस सोसाईटी अन्र्तगत सञ्चालित रक्तसंचार केन्द्र र बेनी अस्पतालको प्राविधिक सहयोगमा मंगलवार बेनीमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा ३५... पुरा पढ्नुहोस

पोषण सुधारका लागि सत्र बुदे प्रतिवद्धता जारी

बेनी १९ चैत । पोषण तथा स्वास्थ्य क्षेत्रको सुधारका लागि सत्र बुँदे प्रतिवद्धता जारी गर्दै सोमबार बेनीमा जिल्ला स्तरीय स्वास्थ्य तथा पोषण सम्बन्धि दुई दिने कार्यशाला गोष्ठि सकिएको छ । मिलन म्याग्दीद्धारा सञ्चालीत बहुक्षेत्रीय पोषण कार्यक्रम (सुआहारा) को आयोजनामा दुई दिनसम्म सञ्चालित कार्यक्रममा जिल्ला समन्वय समिति, स्थानीय प्रशासन, नगर तथा... पुरा पढ्नुहोस

धवलागिरी गाउँपालिका स्तरीय संयुक्त राजनीतिक दलित संघर्ष समिति गठन

बेनी १९ चैत । धवलागिरी गाउँपालिकामा रासबहादुर गोतामेको अध्यक्षतामा संयुक्त राजनीतिक दलित संघर्ष समिति गठन भएको छ । संयुक्त राजनीतिक दलित संघर्ष समिति म्याग्दीले मुनामा आयोजना गरेको २ दिने प्रशिक्षण कार्यक्रमको अवसरमा गठन भएको समितिको उपाध्यक्षमा ओमप्रसाद बिक, सचिवमा होसियारसिङ विक र कोषाध्यक्षमा तिर्सना रसाइली चयन हुनुभएको छ । सदस्यहमा... पुरा पढ्नुहोस

राहुघाट जलविद्युतको विद्युत खरीद विक्रि सम्झौता

कमल खत्री म्याग्दी, १८  चैत । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मा निर्माणधिन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाबाट उत्पादन हुने विद्युत शक्ति विक्रिको लागि विद्युत खरिद विक्रि सम्झौता भएको छ । नेपाल विद्युत प्राधिकरण र आयोजना प्रवद्र्धक कम्पनी रघुगंगा हाइड्रोपावर लिमिटेडबिच सोमबार विद्युत खरिद विक्रि सम्झौता भएको हो । नेपाल विद्युत्... पुरा पढ्नुहोस