ताजा अपडेट

बागलुङमा नर्सिङ सेवासहितको वृद्धाश्रम

बागलुङ १ माघ । बागलुङ नगरपालिका–४ स्थित निरयघाटमा नर्सिङ सेवासहितको अत्याधुनिक वृद्धाश्रम निर्माण सुरु भएको छ । मानवसेवा आश्रम भवन नजिकै निर्माण गर्न थालिएको सुविधा सम्पन्न वृद्धाश्रमको शिलान्यास शिलान्यास बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले गर्नुभयो । आगामी असार मसान्तसम्म निर्माण सक्नेगरी जुम्ली निर्माण सेवासँग रु दुई करोड ५७ लाख ९०... पुरा पढ्नुहोस

माघे (मकर) सङ्क्रान्ति मनाइदै

काठमाडौँ, १ माघ ।  सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ । माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्यदायक मानिन्छ । यसैले आजको... पुरा पढ्नुहोस

गलेश्वरधाम जेष्ठ नागरिक आश्रमको अध्यक्षमा पुन चयन

म्याग्दी ३० पुस । म्याग्दीको बेनी नगरपालिका ९ गलेश्वरमा रहेको गलेश्वरधाम जेष्ठ नागरिक आश्रम संचालक समितिको अध्यक्षमा बम बहादुुर पुन चयन हुनुभएको छ । शुक्रबार सम्पन्न आश्रमको १० औँ कार्यकारी सभा तथा चौँथो अधिवेशनबाट पुनको अध्यक्षतामा ७ सदस्यीय कार्य समिति चयन भएको हो । आश्रम संचालक समितिको उपाध्यक्षमा टिकानन्द सुवेदी,... पुरा पढ्नुहोस

बेनी अस्पताल निर्माणका ठेकेदार आठ महिनापछि काममा फर्किए

म्याग्दी, ३० पुस । बेनी अस्पतालको निर्माणाधीन पचास शय्या क्षमताको भवनका ठेकेदार आठ महिनापछि काममा फर्किएका छन् । गत वैशाख महिनादेखि रोकिएको भवनको निर्माण कार्य अलपत्र परेको विषयमा राससबाट गत मङ्सिरमा समाचार सार्वजनिक भएको थियो । सम्बन्धित कार्यालयले कारबाही प्रक्रिया अघि बढाउनाका साथै नागरिक समाज, राजनीतिक पदाधिकारी , प्रशासनिक क्षेत्र... पुरा पढ्नुहोस

रोकिएनन् चोरीका घटनाः सुरक्षा प्रबन्धमाथि चुनौती

बागलुङ, ३० पुुस । दुई साताअघि गलकोटको व्यापारिक केन्द्र हटिया बजारस्थित सिवाइसी बचत तथा ऋण सहकारीको सदस्य सेवा केन्द्रमा चोरी भयो । लुटेराले मध्यरातमा झ्याल फोडेर कार्यालयभित्र छिरी नगद रु छ लाख ५४ हजार लगे । सहकारीका सहसचिव सुवास आचार्यले चोरले ‘भल्ट’ नै तोडेर पैसा लुटेको बताउनुभयो । “सबैभन्दा सुरक्षित... पुरा पढ्नुहोस

राजनीतिक दललाई बोलाएर प्रमुख निर्वाचन आयुक्तले दिए वैशाखमा चुनाव गर्न दवाव

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले वैशाखमा स्थानीय तहको निर्वाचन गर्नैपर्ने बाध्यता रहेको राजनीतिक दलहरूलाई स्मरण गराएका छन् ।  राष्ट्रियसभा र स्थानीय निर्वाचनका सन्दर्भमा प्रमुख निर्वाचन आयुक्त थपलियाले शुक्रबार निर्वाचन आयोगको कार्यालयमै बोलाएर वैशाखमा कुनै पनि हालतमा स्थानीय तहको चुनाव हुनुपर्ने भन्दै त्यसका लागि वातावरण बनाउन दवाव दिएका हुन् । शुक्रबारको... पुरा पढ्नुहोस

शिक्षक र विद्यार्थीमा कोरोना देखिएपछि ज्ञानोदय मावि १० दिनका लागि बन्द

म्याग्दी ३० पुस । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएपछि विद्यालयको पठनपाठन १० दिनका लागि बन्द गरिएको छ । विद्यालयमा कार्यरत एक शिक्षकमा कोरोना पुष्टि भएपछि शुक्रवार विद्यालयका शिक्षक सहित विद्यालय कर्मचारीको कोरोना परिक्षण गरिएको थियो । उक्त परिक्षणमा थप एक... पुरा पढ्नुहोस

बिहुँकोट धार्मिक महोत्सव स्थगित

बागलुङ ३० पुस । काठेखोला गाउँपालिका–५ रामकोटधाममा शनिबारदेखि आयोजना गर्ने भनिएको बिहुँकोट धार्मिक महोत्सव स्थगन गरिएको छ । कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन सङ्क्रमणलाई हेरेर सरकारले भीडभाडजन्य गतिविधिमा रोक लगाएपछि महोत्सव स्थगन गरिएको आयोजक बिहुँकोट अन्तर्राष्ट्रिय समाजका अध्यक्ष देवीलाल सुवेदीले जानकारी दिनुभयो । “अहिलेलाई महोत्सव स्थगन गर्ने निर्णय ग¥यौँ, स्थिति... पुरा पढ्नुहोस

शालिग्राम शिलामा माघे सङ्क्रान्ति मेला लगाउन रोक

पर्वत ३० पुस ।  विहादी गाउँपालिकास्थित सेतीवेणीमा रहेको विश्वकै ठूलो शालिग्राम शिलामा माघे सङ्क्रान्ति मेला लगाउन रोक लगाइएको छ । पवित्र कालीगण्डकी किनारमा रहेको शालिग्राम शिलामा वर्षेनी ठूलो मेला लाग्ने गर्दछ । बढ्दो कोभिड सङ्क्रमणका कारण मेला लगाउन रोक लगाइएको हो । पछिल्ला केही दिनयता कोरोना सङ्क्रमण बढ्दै गएको र... पुरा पढ्नुहोस

गाउँका पुराना घर ( तस्बीर)

बेनी, ३० पुस । म्याग्दीको धवलागिरि गाउँपालिका–३ मुनामा ढुंगाले छाएर बनाएका परम्परागत घरहरु । तस्वीर : कमल खत्री पुरा पढ्नुहोस