ताजा अपडेट
जेसिज कप उपाधीका लागि फाईनलमा शारदा मावि र प्रकाश मावि भिड्ने
- 2 बर्ष, 11 महिना अगाडि
- २३ मंसिर २०७९, शुक्रबार
म्याग्दी २३ मंसिर । सदरमुकाम बेनीमा जारी २० औँ अन्तरमावि जेसीज कप फुटवल प्रतियोगिताको उपाधीका लागि शारदा मावि छिस्वाङ र प्रकाश मावि बेनी फाईनलमा प्रवेश गरेका छन् । खुल्लामञ्चमा शुक्रबार भएको सेमिफाईनलमा शारदा मावि छिस्वाङले किसानी चन्द्रकुन्ता मावि धारापानीलाई शुन्यका विरुद्ध एक गोलले पराजित गर्दै शारदा मावि फाईनलमा प्रवेश... पुरा पढ्नुहोस
पुष २८ देखि बेनीमा सातौँ म्याग्दी महोत्सव हुने
- 2 बर्ष, 11 महिना अगाडि
- २२ मंसिर २०७९, बिहीबार
म्याग्दी, २२ मंसिर । पुष २८ देखि बेनीमा सातौँ म्याग्दी महोत्सव एवम् माघे संक्रान्ति मेला हुने भएको छ। म्याग्दी उद्योग वाणिज्य संघको मुल आयोजनामा माघे संक्रान्ति पर्वको अवसरमा पुष २८ देखि माघ ७ गतेसम्म बेनीको खुलामञ्चमा प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक, ब्यापार मेला २०७९ हुने भएको हो । संघका अध्यक्ष बेलबहादुर... पुरा पढ्नुहोस
म्याग्दी खण्डको काम सुस्त
- 2 बर्ष, 11 महिना अगाडि
- २१ मंसिर २०७९, बुधबार
म्याग्दी, २१ मंसिर । बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत म्याग्दी खण्डको काम सुस्त गतिमा अघि बढेको छ । पटक–पटक म्याद थप्दा पनि निर्माण कम्पनीले उपकरण र जनशक्ति न्यून परिचालन गरेर काम समयमै सम्पन्न नगर्दा सडक जोखिमपूर्ण बनेको छ । मुस्ताङ खण्डको तुलनामा म्याग्दी खण्डको प्रगति नगन्य छ । बेनी–जोमसोमको ७६... पुरा पढ्नुहोस
बेनी बजारमा रहेका पुराना चौतारीहरुको संरक्षण (तस्बिर/भिडियाे)
- 2 बर्ष, 11 महिना अगाडि
- २१ मंसिर २०७९, बुधबार
कमल खत्री बेनी, २१ मंसिर । जिल्ला सदरमुकाम समेत रहेको बेनी बजारमा रहेका चौतारीहरुको संरक्षण गर्न थालिएको छ । बेनी नगरपालिका– वडा नम्बर ७ को अगुवाईमा वडाभित्र रहेका चौतारीहरुको संरक्षण थालिएको हो । स्थानीयबासीले भारी बिसाउने र बटुवाले थकान मेटाउनका लागि पुन्य र धर्मको लागि परम्परागत रुपमा बनाइएका चौतारीहरु जिर्ण... पुरा पढ्नुहोस
माटोको ढिस्कोले पुरिएर निर्माण ब्यवसायी बरुवालको मृत्यु
- 2 बर्ष, 11 महिना अगाडि
- २१ मंसिर २०७९, बुधबार
बेनी, २१ मंसिर । म्याग्दी बहुमुखी क्याम्पसको नयाँ भवन बनाउने क्रममा माटोको ढिस्कोले पुरिएर निर्माण ब्यवसायी कृष्ण बरुवालको मृत्यु भएको छ। भवन निर्माणका लागि जग नापजाँच गर्न पुग्नुभएका निर्माण व्यवसायी अन्दाजी ४५ बर्षिय कृष्ण बरुवालको अकस्मात खसेको ढिस्कोले पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अन्नपूर्ण गाउँपालिका ६... पुरा पढ्नुहोस
बेनी नगरपालिकामा नौ करोडका गौरवको आयोजना सञ्चालन
- 2 बर्ष, 11 महिना अगाडि
- २१ मंसिर २०७९, बुधबार
म्याग्दी २१ मंसिर । म्याग्दीको बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०७९÷८० मा रु नौ करोड बजेट विनियोजन गरेको गौरवका आयोजना कार्यान्वयन थालेको छ । नगरपालिकाले महत्व र प्राथमिकता दिएका पाँचवटा सडक, तीनवटा खानेपानी, एक–एक भवन, खेलमैदान र चिस्यानगृह निर्माण गर्न विभिन्न शीर्षकबाट रु नौ करोड एक लाख बजेट विनियोजन गरेको... पुरा पढ्नुहोस
बेनीमा २० औँ अन्तर मावि जेसीज कप फुटबल प्रतियोगिताको उद्घाटन (तस्बिर सहित)
- 2 बर्ष, 11 महिना अगाडि
- २० मंसिर २०७९, मंगलवार
बेनी, २० मंसिर । म्याग्दी सदरमुकाम बेनीमा २० औँ अन्तरमावि जेसीज कप फुटवल प्रतियोगिता सुरु भएको छ । मंसीर २५ गतेसम्म बेनीको खुला मञ्चमा सञ्चालन हुने प्रतियोगितामा जिल्लाका विभिन्न १८ विद्यालयले सहभागीता जनाएका छन् । म्याग्दी जेसीजले हरेक बर्ष आयोजना गर्ने यस प्रतियोगितालाई यस बर्ष गौमती खत्री विकास कोषले मुख्य... पुरा पढ्नुहोस
म्याग्दीमा धान र कोदो उत्पादन घट्यो
- 2 बर्ष, 11 महिना अगाडि
- २० मंसिर २०७९, मंगलवार
म्याग्दी २० मंसिर । म्याग्दीमा यस वर्ष धान र कोदो खाद्यबालीको उत्पादन घटेको छ । गत वर्षको तुलनामा धान ११.५० प्रतिशत र कोदो ६.८७ प्रतिशतले उत्पादन घटेको हो । धानको उत्पादकत्व प्रतिहेक्टर ०.३ मेट्रिक टन र कोदो प्रतिहेक्टर ०.१ मेट्रिक टनका दरले घटेको कृषि ज्ञान केन्द्रले जनाएको छ । फूल... पुरा पढ्नुहोस
मुस्ताङमा क्यान महासंघको अध्यक्षमा पूनः पौडेल सर्वसम्मत
- 2 बर्ष, 11 महिना अगाडि
- २० मंसिर २०७९, मंगलवार
सुन्दरकुमार थकाली जोमसोम– कम्प्यूटर एशोसिएसन नेपाल(क्यान)को मुस्ताङ शाखा अध्यक्षमा नारायण प्रसाद पौडेल सर्वसम्मत निर्वाचित भएका छन् ।सोमबार जोमसोममा आयोजित क्यानको दोश्रो साधारण सभा तथा दोश्रो जिल्ला अधिवेशनले पौडललाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको हो । क्यान महासंघ मुस्ताङ शाखाको दोश्रो साधारण सभा तथा अधिवेशनले पौडेलको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्यसमिति... पुरा पढ्नुहोस
सत्ता गठबन्धनकाे निष्कर्ष ः गठबन्धनको आवश्यकता र सान्दर्भिकता पुष्टि भयाे
- 2 बर्ष, 11 महिना अगाडि
- १९ मंसिर २०७९, सोमबार
काठमाण्डाै १९ मंसिर । पाँच दलीय सत्ता गठबन्धनले हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको नतिजाले गठबन्धनको आवश्यकता र सान्दर्भिकतालाई पुनः पुष्टि गरेको निष्कर्ष निकालेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको गठबन्धनका शीर्ष नेताको बैठकले मुलुकका सामु विद्यमान चुनौतीहरूको सामना गर्नुपर्ने अवश्यकताले पनि यो गठबन्धनलाई निरन्तरता दिनु जरुरी रहेको... पुरा पढ्नुहोस