म्याग्दीमा एमालेको ‘मिसन ग्रासरुट’ अभियान सुरु

  • ९ फाल्गुन २०७९, मंगलवार
  • 503 पटक पढिएको

 

म्याग्दी, ९ फागुन । नेकपा एमाले म्याग्दीले ‘मिसन ग्रासरुट’ अभियान मंगलबारदेखि सुरु गरेको छ । एमाले जिल्ला कमिटी म्याग्दीको आयोजनामा मिसन ग्रासरुट अभियान अन्तर्गत सोमबार र मंगलबार बेनीमा एमाले निकट जनप्रतिनिधि र कार्यकर्ताहरुलाई प्रशिक्षण कार्यक्रम गरेको थियो ।
दुई दिनको प्रशिक्षण कार्यक्रम प्रश्चात जिसस सभाहलमा भएको मिसन ग्रासरुट सम्वन्धनमा आयोजित पत्रकार सम्मलेनमा नेकपा एमालेकी केन्द्रिय सचिव एवम् गण्डकी प्रदेश इन्चार्ज पद्मा अर्यालले पार्टीको दशौं महाधिवेशनले पारित गरेका दस्तावेज र निर्णयहरु तल्लो तहका कार्यकर्तामाझ पुर्याउंदै दक्षिणपन्थी बिसर्जनवाद र संगठनात्मक अराजकताको अन्त्य गर्न पनि ग्रासरुट अभियान संचालन गरिएको बताउनुभयो ।


अर्यालले ग्रासरुट अभियानले पार्टीलाई सुदृढ र पहिलो पार्टी बनाउन योगदान पुर्याउने भएकाले जिल्लास्तरका नेताहरुले वडा र टोलसम्म पार्टी संगठन विस्तार गर्न निर्देशन गरिएको जानकारी दिनुभयो । “ग्रासरुट अभियान अन्तर्गत अव सवै जिल्ला कमिटीका भेला, बैठक र प्रशिक्षण सञ्चालन हुनेछन् । सवै पालिकाहरुमा भेला, बैठक र प्रशिक्षण सञ्चालन गरिने छन् ।”
“पार्टी संगठन सुदृढीकरण तथा विस्तार अभियान अन्तर्गत एमालेले वडास्तरदेखि बलियो बनाउनेगरी संगठन बनाउने अभियानमा खटिने सबै नेताले टोल–टोलमा पुगेर समसामयिक राजनीतिक परिस्थिति, समाजबाद, पाटीको सिद्धान्त, जबज लगायतको बारेमा प्रशिक्षण दिने छन्,”– अर्यालले भन्नुभयो ।


दुई महिने अभियान अन्तरगत जिल्लामा रहेका पार्टीका केन्द्रीय सदस्य, प्रदेश कमिटी सदस्य, जिल्ला कमिटी र जनवर्गीय संगठनका जिल्ला अध्यक्ष तथा अगुवा कार्यकताहरुलाई अभिमुखीकरण गरिएको थियो । फागुन ५ गतेदेखि सुरुभएको यो अभियान बैशाख ९ गते पाटीको स्थापन दिवसको अवसरमा समापन गरिने छ ।
एमाले म्याग्दीका अध्यक्ष देवेन्द्रबहादुर कटुवालको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा पाटीको पोलिब्युरो सदस्य मोना केसी, केन्द्रिय सदस्य नरदेवी पुन, चन्द्रमोहन गौचन, प्रदेश सदस्य हरीकृष्ण श्रेष्ठ र जिल्लाका नेताहरुको सहभागिता रहेको थियो ।