ताजा अपडेट

थामडाँडाबाट दुई दर्जन कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

म्याग्दी, २३ भदौ । नेकपा (माओवादी केन्द्र) म्याग्दीले संचालन गरेको तीनमहिने अभियानमा माओवादीमा फर्किने र प्रवेश गर्ने लहर बढेको छ । वडा र टोलस्तरमा भएको कार्यक्रममा विगत विभिन्न पार्टीमा रहेका नेता कार्यकर्ता आउने र केन्द्रित हुने लहर बढेको हो । शनिबार बेनी नगरपािलका वडानम्वर ४ थामडाँडामा भएको टोलभेलामा नेकपा एमाले... पुरा पढ्नुहोस

प्रतिष्ठान म्याग्दीको १९ औँ साधारणसभा सम्पन्न

  म्याग्दी, २३ भदौ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, म्याग्दीको १९ औँ वार्षिक साधारणसभा तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । शनिवार बेनीमा आयोजित साधारणसभाको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेल बहादुर कटुवालले उद्घाटन गर्नुभयो । कार्यक्रममा उहाँले कला संस्कृति राष्ट्रको अमुल्य निधि भएको बताउनुभयो । राष्ट्रले... पुरा पढ्नुहोस

बेनीमा हुने नेपाल जेसीजको क्षेत्र ‘ख’ सम्मेलनको तयारी अन्तिम चरणमा

  म्याग्दी, २३ भदौ । म्याग्दीको सदरमुकाम बेनीमा हुने नेपाल जेसीजको क्षेत्र ख सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ । म्याग्दी जेसीजको आतिथ्यतामा आगामी असोज ३, ४ र ५ गते हुने क्षेत्र ख सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको शनिवार आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ । क्षेत्र ख सम्मेलनको... पुरा पढ्नुहोस

सिजन अगाबै पर्यटक आउन थालेपछि घोडेपानीका पर्यटन व्यवसायी उत्साहित

­कमल खत्री बेनी, भदौ । चक्रिय अन्नपूर्ण पदमार्गले समेटिएको म्याग्दीको चर्चित पर्यटकीय स्थल घोडेपानी र पुनहिलमा पर्यटकको चहलपहल बढ्न थालेको छ । अन्नपूर्ण गाउँपालिका–६ स्थित पुनहिल स्वदेशी एवं विदेशी पर्यटकको रोजाईमा पर्ने गरेको छ । बर्खायाम नसकिँदै विदेशी पर्यटकहरुको आगमन सुरु भएको छ । भदौको पहिलो सातादेखि दैनिक रुपमा २०... पुरा पढ्नुहोस

घतानमा कार्यकर्ता प्रवेश गराउदै माओवादी केन्द्रको टोल भेला सम्पन्न

  म्याग्दी, २३ भदौ । नेकपा माओवादी केन्द्र बेनी नगर कमिटीले टोलस्तरको कार्यकर्ता भेटघाटलाई तिव्रता दिएको छ । जनतासँग माओवादी केन्द्रको तीन महिने विशेष रुपान्तरण अभियान अन्तरगत शनिबार बेनी नगरपालिका वडानम्वर ९ स्थित घतानमा टोल भेलामार्फत नयाँ कार्यकर्तालाई पार्टी प्रवेश गरार्ईएको थियो । टोलभेलामार्फत पार्टीमा प्रवेश गर्ने नयाँ कार्यकर्तालाइ गण्डकी... पुरा पढ्नुहोस

बेनीमा अन्तर मावि छात्रा फुटबल प्रतियोगिता सुरु

  म्याग्दी, २३ भदौ । सदरमुकाम बेनीस्थित खुल्लामञ्चमा दोस्रो अन्तर मावि छात्रा फुटबल प्रतियोगिता सुरु भएको छ । न्यू दोभान युथ क्लवले पूर्व अध्यक्ष स्वर्गिय अनन्त गिरीको स्मृतिमा आयोजना गरेको ‘९ ए साईड’ फुटबल प्रतियोगिताको उद्घाटन बेनी नगरपालिकाकी उपप्रमुख ज्योति लामिछानेले गुर्नभएको हो । १० विद्यालयको सहभागिता रहेको प्रतियोगितामा विजेता... पुरा पढ्नुहोस

अखिल क्रान्तिकारी म्याग्दीको सम्मेलन आयोजक समितिको संयोजकमा सन्दिप खत्री

  बेनी, २२ भदौ । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अनेरास्ववीयू क्रान्तिकारी म्याग्दीको सम्मेलन आयोजक समिति गठन भएको छ । बेनीमा शुुक्रबार भएको संगठनको म्याग्दी जिल्ला कार्यालयको विस्तारित बैठकबाट सन्दिप खत्रीको संयोजकत्वमा ५१ सदस्यीय १८ औ जिल्ला सम्मेलन आयोजक समिति चयन गरेको हो । बैठकले म्याग्दीका क्याम्पस र शैक्षिक... पुरा पढ्नुहोस

बेनी बजारमा जोगी नाच प्रर्दशन

  म्याग्दी, २२ भदौ । म्याग्दीको सदरमुकाम बेनीबजारमा नेवार समुदायले लोपोन्मुख जोगी नाच प्रर्दशन गरेका छन् । नेपाल भाषा मंकाखल अन्तरगत ल्याम्ह: पूच: हरुले (युवा) बर्खे नाच अन्तरगतको जोगी नाच प्रर्दशन गरेका हुन् । बर्खेनाच अन्तरगत आर्कषक मानिएको जोगी नाचमा शिव, पार्वती, जोगीका विभिन्न रूपमा कलिला बालक देखी युवाहरुले ताण्डप... पुरा पढ्नुहोस

चिमखोलामा शिक्षकलाई शैक्षिक सामग्री निर्माण र व्यवस्थापन सम्बन्धी तालिम

म्याग्दी २२ भदौ । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलाको अमर माध्यमिक विद्यालयमा शैक्षिक सामग्री निर्माण र कक्षा कोठामा व्यवस्थापन सम्बन्धी तालिम सञ्चालन भएको छ । सम्बृद्ध ग्रामिण नेपालका लागि शैक्षिक उन्नयन (लर्न)को आयोजनामा रघुगंगा गाउँपालिकाको वडा नम्बर ५ देखि ८ सम्मका विभिन्न विद्यालयका नवनियुक्त शिक्षकहरुलाई लक्षित गरेर उक्त तालिम सञ्चालन भएको... पुरा पढ्नुहोस

रघुगंगा गाउँपालिकाका कर्मचारीहरुद्धारा निजामती सेवा दिवस बहिस्कार

म्याग्दी, २२ भदौ । म्याग्दीको रघुगंगा गाउँपालिकामा कार्यरत कर्मचारीहरुले निजामती सेवा दिवस बहिस्कार गरेका छन् । स्थानीय तहमा कार्यरत कर्मचारीहरुको सेवा, सुविधा, बृत्ति विकास सुनिश्चितता नभएको, प्रस्तावित संघीय निजामती सेवा ऐनको मस्यौदा र गण्डकी प्रदेशबाट जारी भएको स्थानीय सेवा ऐन र नियमावलीमा स्थानीय तहमा कार्यरत कर्मचारीहरुलाई निजामतीको परिषामा नसमेटिएको र... पुरा पढ्नुहोस