ताजा अपडेट
दिवंगत आफन्तको स्मृतीमा विद्यालयमा अक्षयकोष
- 7 बर्ष, 8 महिना अगाडि
- १० भाद्र २०७४, शनिबार
म्याग्दी १० भदौ । म्याग्दीको रघुगंगा गाउँपालीका २ भगवतीको पखटोलका एक परिवारले दिवंगत आफन्तको स्मृतीमा सामुदायीक विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् ।स्वर्गीय डिलकुमारी खत्रीको स्मृतीमा उहाँका छोरा, बुहारी, छोरी, ज्वाई, नाती र नातीनीहरुले सिद्धार्थ ज्ञानमन्दिर आधारभुत विद्यालयमा एक लाख ११ हजार १११ रुपैयाको अक्षयकोष स्थापना गर्नुभएको हो । वडा अध्यक्ष... पुरा पढ्नुहोस
मोना युएईद्धारा सम्मान तथा विदाई
- 7 बर्ष, 8 महिना अगाडि
- १० भाद्र २०७४, शनिबार
म्याग्दी, १० भदौ । म्याग्दी प्रवासी नेपाली संघ (मोना )युएईले संस्थाका सहसचिब मिनबहादुर भण्डारीलाई सम्मान तथा विदाई गरेको छ । वैदेशिक रोजगारिबाट स्वदेश फर्किन लाग्नुभएका भण्डारीलाई संस्थाले एक कार्यक्रम आयोजना गरि सम्मान सहित विदाई गरेको हो । कार्यक्रममा मोना युएईका अध्यक्ष प्रकाश कार्कीले भण्डारीलाई मायाँको चिनो सहित प्रसंसापत्रद्धारा सम्मान गर्दै... पुरा पढ्नुहोस
मुस्ताङमा थापाखोलाबाट विद्युत् उत्पादन सुरु
- 7 बर्ष, 8 महिना अगाडि
- १० भाद्र २०७४, शनिबार
मुस्ताङ भदौ १० गते । टुकुचेको थापाखोला जलविद्युत् आयोजनाबाट विद्युत उत्पादन सुरु भएको छ । उत्पादित बिजुली राष्ट्रिय प्रसारणमा जोड्ने तयारी अन्तिम चरणमा पुगेको छ ।भदौको अन्तिम सातासम्ममा १३।६ मेगावाट बिजुली राष्ट्रिय प्रसारणमा जोडिने आयोजनाले जनाएको छ । थासाङ गाउँपालिका १ मा उक्त आयोजनाले टुकुचे हिमालबाट आएको पानीबाट विद्युत् उत्पादन... पुरा पढ्नुहोस
म्याग्दीका मुख्य बजारहरुमा नदी कटानको समस्या (फोटो फिचर)
- 7 बर्ष, 8 महिना अगाडि
- १० भाद्र २०७४, शनिबार
म्याग्दी, १० भदौ । मालिका गाउँपालिकाको केन्द्र रहेको दरबाङ बजार म्याग्दी नदीको कटानले जोखिममा परेको छ । बर्षातको समयमा खोलामा पानीको बहाब बढेपछि जनप्रिय माविको भवन रहेको खेलकुद मैदानतर्फ म्याग्दी नदीले कटान गरेको हो । म्याग्दी नदीको बाढीले दरबाङ बजार संरक्षणको लागि खेलकुद मैदानतर्फ लगाईएको ग्याबिनको तटबन्ध समेत बगाएको छ... पुरा पढ्नुहोस
क्रियटिभ मिडीयाद्धारा निर्मीत दुई गितको म्युजीक भिडीयो सार्वजनीक (भिडियो सहित)
- 7 बर्ष, 8 महिना अगाडि
- १० भाद्र २०७४, शनिबार
म्याग्दी, १० भदौ । बेनीमा रहेको क्रियटिभ मिडीयाले निर्माण गरेको दुई वटा गितको म्युजीक भिडीयो शुक्रबार सार्वजनीक गरिएको छ । म्याग्दीका सर्जक अनील बानियाले शब्द रचना गर्नुभएको फेसबुक खोलेर..... र एैनासरी...... बोलको म्युजीक भिडीयो सार्वजनीक गरिएको हो । क्रियटिभ मिडीयाका सञ्चालक भुपेन बानियाले निर्देशन, छायांकन र सम्पादन गरेको भिडीयोको गितमा... पुरा पढ्नुहोस
म्याग्दीका चार वटा सडकको डिपीआर तयार गरिदै
- 7 बर्ष, 8 महिना अगाडि
- ९ भाद्र २०७४, शुक्रबार
बेनी ९ भदौ । सडक बिभागले म्याग्दीका ४ वटा ग्रामिण सडकको ट्याक निर्माण र स्तरवृद्धीका लागि विस्तृत सर्वेक्षण सुरु गरेको छ ।गलेश्वर–पिप्ले–भगवती–बेग र पिप्ले–मौवाफाँट–दग्नाम १४१४ किलोमिटर सडकको सर्वेक्षण गरेको परामर्शदाता कम्पनी सिआईआरसी जिआईओसिओ एण्ड पार्थ ईन्जिनियरीङले दरवाङ–धारापानी–ताकम–जलजला सडक स्तरवृद्धी र बिम–मराङ–मल्कवाङ सडकको ट्याक निर्माणका लागि सर्वेक्षण सुरु गरेको छ ।... पुरा पढ्नुहोस
अपाङ्गता भएका घिमीरेलाई प्रवासीहरुको सहयोग
- 7 बर्ष, 8 महिना अगाडि
- ९ भाद्र २०७४, शुक्रबार
म्याग्दी, ९ भदौ । बेनी नगरपालीका २ का अपाङ्गता भएका ३४ वर्षिय कृष्णबहादुर घिमीरेलाई शुक्रबार प्रवासीबाट डेढ लाख रुपैया भन्दा बढी आर्थिक सहयोग प्राप्त भएको छ । वि.स २०६१ फागुनमा बाँसको रुखबाट लडेर घाईते भएपछि दाढ देखि तलको शरीर नचल्ने समस्याका कारण कष्टकर जिवन बिताइरहेका घिमीरेलाई कोरीया र अमेरीकाबाट... पुरा पढ्नुहोस
बहराईनमा तीज विशेष कार्यक्रम तथा बिदाई कार्यक्रम सम्पन्न ।
- 7 बर्ष, 8 महिना अगाडि
- ९ भाद्र २०७४, शुक्रबार
मानमा बहराईन म्याग्दी उद्धार समिती बहराईन द्वारा हरितालिका तिज २०७४ को उपलक्ष्यमा तिज बिशेष कार्यक्रम तथा निबर्तमान अध्यक्ष तेजेन्द्र थापा को बिदाई कार्यक्रम सम्पन्न गरेको छ । बर्तमान नवनिकुक्त्त अध्यक्ष लोक राम्जाली को सभापतित्तो तथा निबर्तमान अध्यक्ष तेजेन्द्र थापा को प्रमुख अथिति साथै एन आर एन ए बहराईन का अध्यक्ष... पुरा पढ्नुहोस
बेनीमा एक महिना लामो ‘बर्खेनाच’ सकियो
- 7 बर्ष, 8 महिना अगाडि
- ९ भाद्र २०७४, शुक्रबार
म्याग्दी, ९ भदौ । म्याग्दी सदरमुकाम बेनीमा एक महिना लोमा ‘बर्खेचान’ सकिएको छ । नेवार समुदायको परम्परागत साँस्कृतिक पहिचानको रुपमा रहेको बर्खेनाच घण्टाकर्ण चर्तुदर्शी देखी हरितालीका तिजको दिनसम्म विभिन्न नाचहरु देखाएर मनाईएको हो । साउन ६ गते देखी सूरु भएको बर्खेनाच अन्र्तगत भदौ ८ विहिवार साँझ सम्म विभिन्न नाचहरु देखाएर... पुरा पढ्नुहोस
अन्तर विद्यालय छात्रा फुटबल प्रतियोगितामा वेष्ट प्वाईन्ट बिजयी
- 7 बर्ष, 8 महिना अगाडि
- ८ भाद्र २०७४, बिहीबार
म्याग्दी, ८ भदौ । बेनीमा बिहिवार सम्पन्न अन्तर विद्यालय छात्रा फुटबल प्रतियोगितामा न्यु वेष्ट प्वाइन्ट आवासीय मावि बिजयी भएको छ । खुलामञ्चमा भएको प्रतिस्पर्धात्मक फाईनल खेलमा बेनी सामुदायिक माविलाई १ का विरुद्ध २ गोल गर्दै वेष्ट प्वाईन्ट आवासीय मावि बिजयी भएको हो । विभिन्न दश वटा विद्यालयले सहभागीता जनाएको प्रतियोगिताको... पुरा पढ्नुहोस