विशेष

म्याग्दीलाई पूर्ण विद्युतीकरणका लागि रु २० करोड बढीको बजेट स्वीकृत

बेनी, ७ बैशाख : म्याग्दीलाई पूर्ण विद्युतीकरण घोषणा गर्न रु २० करोड बढी बजेट स्विकृत भएको छ । जिल्लाको सबै घरधुरीमा केन्द्रिय विद्युतिकरणको पहुँच पु¥याउने योजना अन्तरगत २० करोड ५७ लाख ९२ हजार दुई सय ७८ रुपैयाँ नेपाल विद्युत प्राधिकरण मार्फत स्वीकृत भएर आएको हो । नेपाल विद्युत प्राधिकरण बेनी... पुरा पढ्नुहोस

म्याग्दीमा राहदानी लिने बढे

  म्याग्दी, ६ बैशाख । स्वदेशमा रोजगार पाउने अवस्था नआउँदा म्याग्दीबाट वैदेशिक रोजगारमा जानेहरु बढेका छन् । शैक्षिक, दक्ष र मजदुर सम्मका युवायुवतिहरु रोजगारको खोजीमा विदेश पलायन हुन थालेक हुन् । स्वदेशमा आत्मनिर्भर बन्ने तलव र सेवासुविधाको अभावले पछिल्लो समय वैदेशिक रोजगारका लागि राहदानी लिने संख्या म्याग्दीमा बढेको हो ।... पुरा पढ्नुहोस

भेडिओढारमा भेडापालन (फोटो फिचर)

बेनी, ७ वैशाख । म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवती र १ बेगको सिमा क्षेत्रलाई समेटिएको पर्यटकीय स्थल भेडीओढारमा स्थानीयले गरेको भेडापालन । धौलागिरि आइसफल पदमार्गले समेटिएको यस क्षेत्रमा परम्परागत रुपमा घुम्ती गोठ राखेर गरिँदै आएको भेडापालन पर्यटकहरुको लागि आकर्षण बन्ने गरेको छ । भेडिओढारमा भेडा राख्नका लागि दुई विशाल ढुंगामा ओढार... पुरा पढ्नुहोस

बागलुङ–बेनी सडक वैशाख १० गतेसम्म बन्द

  म्याग्दी, ६ वैशाख । बेनी–बागलुङ सडक ५ दिनका लागि बन्द गरिएको छ । बेनी नगरपालिका–१ रत्नेचौरको भुवानेदेखि हुलाके खण्डको सडक कालोपत्र गर्नका लागि बुधबारदेखि यही वैशाख १० गते आईतबारसम्मका लागि सडक पूर्ण रुपमा बन्द गरिएको पूर्वाधार विकास कार्यालय म्याग्दीले जनाएको छ । सवारी साधनको चापका कारण कालोपत्र गर्ने काम प्रभावित... पुरा पढ्नुहोस

मंगोल नेशनल अर्गनाईजेशन म्याग्दीको तेस्रो अधिवेशनको तयारी अन्तिम चरणमा

  बेनी, ६ बैशाख । मंगोल नेशनल अर्गनाईजेशन म्याग्दीको बैशाख ९ गते हुने तेस्रो अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । अर्गनाईजेशनले बुधबार बेनीमा पत्रकार सम्मेलन गरी अधिवेशनको तयारीलाई तीव्र पारिएको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा अधिवेशन आयोजक सभाका संयोजक डिके पुन मगरले अधिवशेनको तयारी, ब्यवस्थापन, प्रचारप्रसार र आर्थिक... पुरा पढ्नुहोस

म्याग्दीमा आज र भोलि बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै

  म्याग्दी, ६ बैशाख । सरकारले आज र भोलि बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउने भएको छ । ६ महिनादेखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ए क्याप्सुल तथा एक बर्षदेखि ५९ महिना उमेरसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन लागिएको हो । आफ्ना बालबालिकाहरूलाई नजिकैको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत् भिटामिन ए... पुरा पढ्नुहोस

एमाले म्याग्दीको ‘मिसन ग्रासरुट’ अभियानको समिक्षा पालिकास्तरमा

  म्याग्दी, ६ बैशाख । नेकपा एमाले जिल्ला कमिटी म्याग्दीले संचालन गरेको ‘मिसन ग्रासरुट’ अभियानअन्तर्गत स्थानीय तहको समीक्षा सुरु भएको छ । गत फागुन महिनाको पहिलो सातादेखि म्याग्दीमा सुरु भएको मिसन ग्रासरुट अभियानको बारेमा वडा र टोलस्तरमा भएका गतिविधिबारे नेता र कार्यकता मार्फत पालिकास्तरको समीक्षा संचालन गरेको हो । यसैक्रममा... पुरा पढ्नुहोस

घोडेपानीमा चिनियाँ पर्यटक

  म्याग्दी, ४ बैशाख । पर्यटकीयस्थल घोडेपानीमा तीन वर्षपछि चिनिया पर्यटक भित्रिएका छन् । विसं २०७६ चैतमा कोरोना भाइरसको महामारी फैलिएपछि रोकिएको चिनिया पर्यटक आगमन तीन वर्षपछि सुचारु भएको हो । नेपाल विग माउन्टेन ट्राभल्समार्फत कास्कीको तिखेढुङ्गा हुँदै आइतबार घोडेपानीमा चिनियाँ पर्यटक आएका घोडेपानी होटल व्यवस्थापन समितिका अध्यक्ष मीना पुनले... पुरा पढ्नुहोस

राहुघाटको ‘भर्टिकल प्रेसर साफ्ट’ सुरुङ जोडियो

  म्याग्दी, ४ बैशाख । रघुगंगा गाउँपालिकामा निर्माणाधिन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको भर्टिकल ‘प्रेसर साफ्ट’ को ‘ब्रेक थु्र’ भएको छ । राहुघाट नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रो पावरले निर्माण गरिरहेको छ । रघुगंगा गाउँपालिका–३ पिप्ले देखि तिल्केनीचौरमा निर्माणाधिन विद्युतगृहमा सुरुङबाट आउने पानीलाई विद्युत गृहमा खसाल्ने ठाडो १९६... पुरा पढ्नुहोस

ज्ञानोदय माविमा विद्यार्थी भर्ना अभियान सुरु,पुरस्कार वितरण तथा सम्मान

म्याग्दी ३ बैशाख । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा विद्यार्थी भर्ना अभियानको सुभारम्भ संगै विद्यार्थीहरुलाई पुरस्कार वितरण र विशिष्ट व्यक्तिहरुलाई सम्मान गरिएको छ । आईतवार विद्यालयमा आयोजित एक कार्यक्रमका बिच नयाँ शैक्षिक सत्रको लागि विद्यार्थी भर्ना अभियान सूरु गरिएको हो । कार्यक्रममा गत शैक्षिक सत्रको बार्षिक परिक्षामा... पुरा पढ्नुहोस