विशेष

बैसरीको पहिरोले बेनी–जोमसोमको सिधा यातायात सेवा प्रभावित

  म्याग्दी, २२ साउन । म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरीमा दैनिकजसो खस्ने पहिरोले बेनी–जोमसोम सडकको यातायात सेवा प्रभावित भएको छ । सडक माथिबाट खस्ने पहिरो निरन्तर खस्न थालेपछि म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम–कोरला सडकमा दैनिकजसो यातायातका साधन आवतजावत बन्द हुने गरेको हो । सडक अवरुद्ध हुँदा म्याग्दीको... पुरा पढ्नुहोस

नेपाल मगर संघ म्याग्दीद्धारा अधिवक्ता भगवती पाण्डेलाई कारबाहीको माग

म्याग्दी २२ साउन । नेपाल मगर संघ म्याग्दीले अधिवक्ता भगवती पाण्डेले आदिवासी समुदायको प्रथाजनित अभ्यासप्रति गलत ढंगले सार्वजनिक व्याख्या गरेको भन्दै कारबाहीको माग गरेको छ । सोमबार जिल्ला प्रशासन कार्यालय मार्फत गृहमन्त्रालयमा ज्ञापन पत्र पठाउँदै संघले आनुवांशिक रुपमा नै तामाङ, मगर लगथायतका आदिवासी समुदायलाई अपराधिकरण गर्ने र मान्छेलाई जनावरसंग तुलना... पुरा पढ्नुहोस

नेपाल केन्पो काई संघ म्याग्दीको तदर्थ समिति गठन

  म्याग्दी, २२ साउन । जिल्ला खेलकुद विकास समितिको कार्यालयमा सोमबार सम्पन्न भएको एक भेलाले नेपाल केन्पो काई संघ म्याग्दीको तदर्थ समिति गठन गरेको छ । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश के.सी.को अध्यक्षतामा भएको भेलाबाट नविन पौडेलको अध्यक्षतामा ९ सदस्यीय नेपाल केन्पो काई संघ म्याग्दी तदर्थ समिति गठन गरेको... पुरा पढ्नुहोस

नागोयाको संयोजकमा सागर थापा चयन

  जापान, २२ साउन । म्याग्दी प्रवासी नेपाली संघ मोना जापान क्षेत्रीय कार्यसमिति नागोयाको तेस्रो अधिवेशनबाट संयोजकममा सागर थापा बगाले चयन हुनुभएको छ । आईतबार सम्पन्न अधिवेशनबाट नयाँ कार्यसमितिको उपसंयोजकमा हेमन्त राना, भरत केसी, महिला उपसंयोजकमा मुना पूर्जा कार्की, सचिवमा सागर भण्डारी, सहसचिवमा प्रकाश हमाल, कोषाध्यक्षमा जीवन घर्ती, सहकोषाध्यक्षमा तेजिन... पुरा पढ्नुहोस

कांग्रेस म्याग्दीको ‘ विशेष आन्तरिक अभियान’

  म्याग्दी, २२ साउन । नेपाली कांग्रेस म्याग्दीको ‘ विशेष आन्तरिक अभियान’ संचालन भइरहेको छ । वडा ,पालिका,प्रदेशसभा निर्वाचन क्षेत्र र जिल्ला स्तरीय उक्त अभियानबारे आइतबार बेनीस्थित पार्टी कार्यालयमा छलफल तथा प्रशिक्षण गराइएको छ । साउन २ देखी १० गते सम्म बसेको केन्द्रीय कार्यसमिति बैठकले राष्ट्रव्यापी रुपमा ‘आन्तरिक विशेष अभियान’... पुरा पढ्नुहोस

बेनी नगरपालिकामा घरधनीलाई करकाे दायरामा ल्याउन लगत संकलन

म्याग्दी २१ साउन ।  म्याग्दीको बेनी नगरपालिकाले घरजग्गा भाडामा लगाएकाको लगत संकलन गर्न थालेको छ। घरधनीलाई करको दायरामा ल्याउन नगरपालिका क्षेत्रमा निजी स्वामित्वमा रहेको घर तथा जग्गा भाडामा लगाएकाहरूको विवरण संकलन गर्न थालेको हो। नगरपालिकाका कर अधिकृत प्रभा शर्माले आगामी भदौ २१ गतेभित्र वडा कार्यालयमा घर तथा जग्गा भाडामा लगाएको... पुरा पढ्नुहोस

म्याग्दीमा सम्वन्ध विच्छेद गराउनेको संख्या बढ्दो

  म्याग्दी, २१ साउन । म्याग्दीमा हरेक बर्ष सम्बन्ध बिच्छेद गराउनेहरुको संख्या बृद्धि हुदै गएको छ । विगतको आर्थिक बर्ष भन्दा आर्थिक बर्ष २०७९/०८० मा सम्वन्ध विच्छेद गराउने संख्या बृद्धि भएको जिल्ला अदालत म्याग्दीका शाखा अधिकृत शंकर सापकोटाले बताउनुभयो । आर्थिक बर्ष २०७९/०८० मा कुल ६२० मुद्दामध्ये ३५२ मुद्धा सम्बन्ध... पुरा पढ्नुहोस

धान गोड्नमा व्यस्त किसान (फोटोफिचर )

  म्याग्दी, २१ साउन । म्याग्दीको रघुगंगा गाउँपालिका– २ राखु भगतवीका कृषकहरु असारमा रोपेको धान खेतीलाई सामुहिक रुपमा गोड्दै । अर्मपर्ममार्फत खेत गोडमेल प्रचलन हट्दै गएको छ। गाउँमा अर्मपर्म भन्दा ज्यालामार्फत खेती लगाउने र गोडमेल गर्ने चलन बढेको छ। समयमा मनसुन नहँुदा र सिँचाईको अभावले धान खेतमा अनावश्यक झारहरु बढी... पुरा पढ्नुहोस

गलेश्वरमा डेङ्गु रोग सम्बन्धि सरसफाई र सचेतनामुलक कार्यक्रम

म्याग्दी २० साउन । बेनी नगरपालिका–९ गलेश्वरमा डेङ्गु रोग सम्बन्धि सचेतनामुलक कार्यक्रम र सरसफाई कार्यक्रम गरिएको छ । गलेश्वरधाम आमा समूहको आयोजनामा शनिवार गलेश्वरमा बजार क्षेत्र र डेङ्गुका लामखुट्टे रहने क्षेत्रलाई सरसफाई गरिएको हो । गलेश्वर आमा समुह, स्थानीयबासी, सशस्त्र प्रहरी गुल्म, गलेश्वर प्रहरी चौकी लगायतका विभिन्न संघ संस्थाका करिब... पुरा पढ्नुहोस

बेनी नगरपालिका ब्याडमिन्टन संघ गठन

  बेनी, २० साउन । बेनी नगरपालिका स्तरीय ब्याडमिन्टन संघ गठन भएको छ । शुक्रबार बेनीमा भएको ब्याडमिन्टन खेलाडीहरुको भेलाबाट सज्जन शाक्यको अध्यक्षतामा १६ सदस्यीय संघ गठन भएको हो । संघको उपाध्यक्षमा मोहन के.सी., केशव सिउथानी, नबिन थापामगर, हरिदेवी (मुस्कान) गौचन, सचिवमा लोकबहादुर पुन (लोकेश), कोषाध्यक्षमा रामचन्द्र खत्री चयन हुुनुुभएको... पुरा पढ्नुहोस