विशेष
सांसद केसीद्वारा यातायात क्षेत्रलाई ब्यवस्थापन गर्न ध्यानाकर्षण
- 6 बर्ष, 9 महिना अगाडि
- ५ श्रावण २०७५, शनिबार
म्याग्दी, ५ साउन । गण्डकी प्रदेशका सांसद विनोद केसीले यातायात क्षेत्रलाई ब्यवस्थीत बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् । शुक्रबार बसेको गण्डकी प्रदेशको प्रदेश सभामा विशेष समय लिएर बोल्दै सांसद केसीले सार्वजनिक यातायात क्षेत्रलाई ब्यवस्थित बनाउन ध्यानाकर्षण गराएका थिए । संघिय सरकारले यातायात क्षेत्रमा रहेको सिण्डिकेट हटाउन सुरु गरेको पहल... पुरा पढ्नुहोस
बेनीमा एकिकृत सम्पत्ती कर लागू
- 6 बर्ष, 9 महिना अगाडि
- ४ श्रावण २०७५, शुक्रबार
म्याग्दी ३ साउन । म्याग्दीको बेनी नगरपालिकामा नयाँ आर्थिक बर्ष २०७४÷०७५को सुरुवात संगै एकिकृत सम्पत्ती कर लागू भएको छ । नगरपालीकाको आन्तरीक आम्दानीलाई व्यवस्थित र वृद्धी गर्न एकीकृत सम्पत्तीकर लागु गरिएको हो । घर र जग्गाको छुट्टा छुट्टै कर तिर्दा हुने भञ्जटबाट मुक्त गर्न समेत एकिकृत सम्पत्ती कर प्रभावकारी हुने... पुरा पढ्नुहोस
जन्मदीनको अवसरमा सुवेदीले गरे दृष्टिविहिनलाई शैक्षिक सामाग्री सहयोग
- 6 बर्ष, 9 महिना अगाडि
- ४ श्रावण २०७५, शुक्रबार
म्याग्दी, ४ साउन । म्याग्दीका एक युवाले आफ्नो जन्मदीनको अवसरमा दृष्टिविहिन छात्रालाई शैक्षिक सामाग्री सहयोग गरेका छन् । म्याग्दीको मंगला गाउँपालिका–२ तल्लो डडुवा घर भई हाल बेनी स्थित लोकदिप बचत तथा ऋण सहकारी संस्थाका प्रवन्धक रहेका नेत्रराज सुवेदीले आफ्नो जन्मदिनको अवसरमा शुक्रवार म्याग्दी बहुमुखी क्याम्पसमा अध्ययनरत छात्रा धनमायाँ विकलाई शैक्षिक... पुरा पढ्नुहोस
रितुङ पुस्तकालको अक्षयकोषलाई अमेरिकाबाट ४२ हजार सहयोग
- 6 बर्ष, 9 महिना अगाडि
- ४ श्रावण २०७५, शुक्रबार
म्याग्दी, ४ साउन । म्याग्दीको रघुगंगा–८ कुईनेमँगलेस्थित रितुङ मावि दुलेखर्कमा स्थापना भएको रितुङ पुस्तकालयको अक्षयकोषका लागि अमेरिकाबाट ४२ हजार रुपैयाँ सहयोग प्राप्त भएको छ । कुईनेमँगलेस्थित चौरखानीका खुममायाँ छन्त्याल, इनमायाँ छन्त्याल (इशा), लक्ष्मी छन्त्याल र ललित छन्त्यालले आफ्नो स्वर्गीय हजुरबुवा दलबहादुर छन्त्याल र हजुरआमा तुलसा छन्त्यालको स्मृतिमा एकमुष्ट ४२ हजार... पुरा पढ्नुहोस
बेनी–जोमसोम सडक राती बन्द हुने
- 6 बर्ष, 9 महिना अगाडि
- ४ श्रावण २०७५, शुक्रबार
म्याग्दी ४ साउन । म्याग्दीको उत्तरी क्षेत्र हुदै हिमाली पर्यटकीय जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसंग जोड्ने बेनी–जोमसोम सडकमा रातीको समयमा सवारी सञ्चालन गर्न रोक लगाइएको छ । म्याग्दीका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीको अध्यक्षतामा बिहीबार बेनीमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले साउन ५ गतेदेखि लागु हुने गरी बेनी–घाँसा खण्डमा रातको समयमा... पुरा पढ्नुहोस
दाङखोला पुलबारे यस्तो आयो गाउँपालीकाकाे प्रतिक्रिया (भिडियोसहित )
- 6 बर्ष, 9 महिना अगाडि
- ३ श्रावण २०७५, बिहीबार
म्याग्दी, ३ साउन । म्याग्दीको धौलागिरि गाउँपालिका ७ दाङखोलामा अस्थाई बेलिव्रिज निर्माणप्रति सामाजिक संजालमा भएकोे टिकाटिप्पणीहरुको गाउपालिकाले खण्डन गरेको छ । मालिका गाउँपालिका ५ र धवलागिरी गाउँपालिका ७ को सिमानामा अस्थाई प्रकृतीको मोटरेबल पुलको गुणस्तर, लागत र दिगोपनो विषयमा सामाजिक सञ्जालमा भएको टिप्पणी र आलोचनाको खण्डन गर्दै भौगोलिक, प्राविधिक... पुरा पढ्नुहोस
उद्यमशीलता बढाउन भुरुङ तातोपानीमा घुम्ती कोष
- 6 बर्ष, 9 महिना अगाडि
- ३ श्रावण २०७५, बिहीबार
म्याग्दी, ३ साउन । म्याग्दीको अन्नपूर्ण गाउँपालिका– २ भुरुङ तातोपानीमा गरीब, विपन्नलाई उद्यमशीलताप्रति आकर्षित गरी आयआर्जन सुधारका लागि घुम्ती कोष स्थापना गरिएको छ । वडा समितिको प्रस्तावमा गाउँपालिकाले रु तीन लाखको घुम्ती कोष स्थापना गरेको हो । छ वटा टोल सुधार समितिमार्फत घुम्ती कोष परिचालन गरिएको वडाध्यक्ष ओमप्रकाश फगामीले जानकारी... पुरा पढ्नुहोस
गाउँपालिकाको केन्द्र जोड्ने माैवाफाँट – भगवती सडकको ट्याक निर्माण
- 6 बर्ष, 9 महिना अगाडि
- ३ श्रावण २०७५, बिहीबार
उर्मिला रेग्मी म्याग्दी, ३ साउन । म्याग्दीको रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटदेखि भगवती जोड्ने सडकको ट्याक निर्माण भएको छ । वडा नम्बर ३ को मालिका, दुलेपानी, २ नम्बर वडाको भगवती र वडा नम्बर १ बेगखोला क्षेत्रलाई लक्षित गरि मौवाफाँटदेखि करिब ३ किलोमिटर सडकको ट्याक निर्माण गरिएको हो । गाउँपालिकाको केन्द्रसंग वडा... पुरा पढ्नुहोस
सिफ्फो टु परियोजनाद्धारा परिवार नियोजनका सामाग्री सहयोग
- 6 बर्ष, 9 महिना अगाडि
- २ श्रावण २०७५, बुधबार
बेनी २ साउन । म्याग्दीमा सञ्चालित परिवार नियोजन सेवा सुदृढीकरण परियोजना (सिफ्फो टु)ले स्वास्थ्य संस्थाहरुलाई सामाग्री सहयोग गरेको छ । बेनीमा बुधबार आयोजना गरिएको कार्यक्रममा परिवार नियोजन सेवा प्रवाहमा प्रयोग हुने औजारहरु उपलब्ध गराइएको हो । पिपीआईसीडि १८ सेट, आईयुसीडि ४३ सेट, भिरेक्स २१ सेट, भ्यासेक्टोमी ३ सेट, सर्जीकल ड्रम... पुरा पढ्नुहोस
लस्तीको पहिरोमा पुरिएर एकको मृत्यु, तीन घाइते, बिस घर विस्थापित
- 6 बर्ष, 9 महिना अगाडि
- २ श्रावण २०७५, बुधबार
म्याग्दी २ साउन । म्याग्दीको सदरमुकाम बेनीसंग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिका ७ र ८ मा पर्ने लस्तीमा पहिरो जाँदा एक जनाको मृत्य, तिन घाईते र बिस घर विस्थापित भएका छन् ।जलजला गाउँपालिका–८ लस्ती बेरनेटामा घर माथिबाट आएको पहिरोले पुरिँदा १७ वर्षिय विकास परियारको मृत्यु भएको प्रहरीले जनाएको छ... पुरा पढ्नुहोस