दिदिबहिनी सहकारीको स्थापना दिवसको अवसरमा रक्तदान र मुठ्ठीदान

  • २४ माघ २०७५, बिहीबार
  • 2042 पटक पढिएको

सन्तोष गौतम
बेनी २४ माघ । बेनीमा महिलाहरुद्धारा सञ्चालित दिदिबहिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बिहीबार विभिन्न कार्यक्रम गरेर सातौ स्थापना दिवस मनाएको छ । रक्तदान र मुठ्ठिदान कार्यक्रम आयोजना गरेर स्थापना दिवस मनाएको हो । नेपाल रेडक्रस सोसाइटी बेनी शाखाद्धारा सञ्चालित रक्तसञ्चार केन्द्र र बेनी अस्पतालको प्राबिधिक सहयोगमा गरिएको रक्तदान कार्यक्रममा २१ जनाले रक्तदान गरेका थिए ।

स्थापना दिवसकै अवसरमा संस्थाको कार्यालयमा मुठ्ठिदान कार्यक्रम अन्तरतग गरिव विपन्न विद्यार्थी, अनाथ र बिरामीलाई नगद तथा खाद्यान्न सहयोग गरिएको छ । बाबा र आमाले दोस्रो बिवाह गरेर गएपछि बेसाहरा दुई नातीनी पालेकी बेनपा २ बगरफाँटकी जमुना बिकलाई दश पाथी चामल, पाँच लिटर तेल, पाँच केजी नुन, पाँच केजी दाल, पाँच केजी चिनी, २०० ग्राम चियापत्ती, एक प्याक चाउचाउ, २ दर्जन कापीकलम, एक दर्जन साबुन र पाँच हजार ५५५ रुपैयाँ नगद सहयोग गरिएको छ ।

अन्नपूर्ण गाउँपालिका ६ घारका आगोलागि पिडित भुपेन्द्र खड्कालाई पाँच हजार ५५५, नागरिक दैनिकमा कार्यरत कलेजोमा समस्या भएर थलिएका बेनपा ९ जम्रेनीका पत्रकार अर्जुन सुवेदीको उपचारका लागि पाँच हजार ५५५, बेनपा ९ नेप्टेचौरका स्वर्गीय हरि चोखालका छोराछोरीलाई पाँच हजार ५५५ र बेनपा ५ चिप्लेटीको डिम्ब आधारभुत विद्यालयको बालशिक्षाको लागि स्टेशनरी सामग्री उपलब्ध गराइएको छ ।

रक्तदान तथा मुठ्ठिदान कार्यक्रममा प्रजिअ लीलाधर अधिकारीले महिलाहरुको आर्थिक शशक्तिकरण, क्षमता तथा नेतृत्व विकासमा दिदिबहिनी सहकारी संस्थाले महत्वपूर्ण योगदान पु¥याएको बताउनुभयो । संस्थाकी अध्यक्ष ज्योती लामीछानेको अध्यक्षतामा भएको रक्तदान कार्यक्रमको उपाध्यक्ष बिष्णु गौतम सापकोटा र मुठ्ठिदान कार्यक्रम सचिव सुगम श्रेष्ठले सञ्चालन गर्नुभएको थियो । सो अवसरमा पूर्व अध्यक्ष जमुना आचार्यलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।