विशेष

सरकारी बोर्डमुनी निजी विद्यालय सञ्चालन

धीरन खत्री, म्याग्दी, १९ बैशाख । बेनी नगरपालिका–१० पात्लेखेतमा रहेको यो कृषि सेवा केन्द्रको भवन हो । तर भवनमा टासिँएको बोर्ड सरकारी कार्यालयको रहेपनि यो भवन भने निजी विद्यालय सञ्चालनमा प्रयोग हुदै आएको छ । तत्कालिन आरसियुपी परियोजना अन्र्तगत निर्माण भएको यस भवनमा विगत ५ बर्षदेखि नीजि विद्यालय संचालन हुँदै... पुरा पढ्नुहोस

पर्यटकीय टोड्केमा ३ करोड लगानीमा रिसोर्ट निर्माण, वैशाख २६ देखि औपचारिक उद्घाटन हुँदै

कमल खत्री म्याग्दी, १९ वैशाख । म्याग्दीको पर्यटकीय स्थल टोड्केमा रु ३ करोड लगानीमा सुविधा सम्पन्न रिसोर्ट निर्माण भएको छ । रघुगंगा र मंगला गाउँपालिका तथा बेनी नगरपालिकाको सिमा क्षेत्रमा पर्ने पर्यटकीय स्थल टोड्के क्षेत्रमा जाने पर्यटकहरुको सुविधाको लागि रिसोर्ट निर्माण गरिएको हो ।  टोड्के हिल रिसोर्ट प्रालिले करिब ३... पुरा पढ्नुहोस

घरभित्र पसेको भन्दै दलित प्रअमाथि कुटपिट, संलग्नलाई कारबाहीको माग

म्याग्दी १८ बैशाख । म्याग्दीको धवलागिरी गाउँपालिका ५ मल्कवाङको भेडिखाल्टामा जातीय विभेदका आधारमा कुटपिट भएको छ । गत बैशाख ५ गते जनज्योती आधारभूत विद्यालयका प्रधानाध्यापक रघुगंगा गाउँपालिका ८ का ४२ वर्षीय रेशबहादुर विश्वकर्मालाई जातिय विभेद गर्दै स्थानीय बलबहादुर रोका र जितेन्द्र जुग्जालीले कुटपिट गरेका थिए । रोका र जुग्जालीले कुटपिट... पुरा पढ्नुहोस

कृषक र प्राबिधिकलाई तालिम

बेनी १८ बैशाख । बेनीमा मंगलबार मत्यस्यपालन, जैविक सुरक्षा तथा जुनोटिक रोग सम्बन्धी तालिम सम्पन्न भएको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको आयोजनामा कृषकहरुका लागि मत्स्यपालन र पशु स्वास्थ्य प्राबिधिकहरुका लागि जैविक सुरक्षा तथा जुनोटिक रोग सम्बन्धी छुट्टा छुट्टै तीन÷तीन दिनको तालिम सम्पन्न भएको हो । मत्स्यपालन... पुरा पढ्नुहोस

मालिका गाउँपालिकाको गाउँमै सामाजिक सुरक्षा भत्ता वितरण (फोटो फिचर)

सन्तोष गौतम बेनी १७ बैशाख । म्याग्दीको मालिका गाउँपालिकाले बैङ्क मार्फत गाउँ बस्तीमै सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ । गाउँपालिका, इलाका प्रहरी कार्यालय दरवाङ, गरिमा विकास र प्रभु बैङ्कको समन्वयमा वडा र बस्तीबाटै भत्ता वितरण सुरु गरिएको हो । छरिएको बिकट बस्तीका लाभग्राहीलाई गाउँपालिकाको केन्द्रमा रहेका बैङ्कको शाखामा... पुरा पढ्नुहोस

मालिका धुरीलाई पर्यटकीय गन्तव्य बनाउन पहल

कमल खत्री म्याग्दी, १७ वैशाख । म्याग्दीको मालिका गाउँपालिकाले धार्मिक र पर्यटकीय स्थल मालिका धुरीलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न पूर्वाधार निर्माण सुरु गरेको छ । मालिका गाउँपालिका ७ बिम र ६ दुखु तथा रघुगंगा गाउँपालिका ६ ठाडाखानीको शिरमा रहेको मालिका धुरीलाई पर्यटकीय गन्तवय स्थलको रुपमा विकासको लागि मालिका गाउँपालिकाले... पुरा पढ्नुहोस

निर्माण व्यवसायी संघमा सल्लाहकार चयन

बेनी १६ बैशाख । निर्माण व्यवसायी संघ म्याग्दीको सोमबार बेनीमा बसेको चौथो बैठकले सल्लाहकार चयन गरेको छ । संघका अध्यक्ष नारायण जिसीको अध्यक्षतामा भएको बैठकले ७ जना सल्लाहकार मनोनित गर्ने लगायतका निर्णयहरु गरेको हो । लोकबहादुर मल्ल, रामकृष्ण मल्ल, नेत्रबहादुर महत, एकेन्द्र रावल, सन्तोष रावल, कृष्णसिंह बानिया र रवी भण्डारीलाई... पुरा पढ्नुहोस

बेनीमा विद्युतिय पुस्तकालय सम्बन्धि पुनर्ताजगी तालिम ( तस्बिर सहित)

म्याग्दी, १६ वैशाख । म्याग्दी सदरमुकाम बेनीमा सोमबार तीन दिने विद्युतिय पुस्तकालय सम्बन्धि पुनर्ताजगी तालिम सम्पन्न भएको छ । नेपाल लाइब्रेरी फाउण्डेसन र म्याग्दी प्रवासी नेपाली संघ(मोना)को आयोजनामा भएको तालिममा म्याग्दी, पर्वत र बागलुङका ५० वटा विद्यालयका प्रतिनिधिहरुको सहभागीता रहेको थियो । तालिममा सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै बेनी नगरपालिकाका मेयर... पुरा पढ्नुहोस

पाउद्धार–किन्दु सडकको ट्याक खुल्यो (फोटो फिचर)

सुरेन गुरुङ पाउद्धार १६ बैशाख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ५ मा पर्ने पाउद्धार देखि किन्दु जोड्ने सडक निर्माण भएको छ । अन्नपूर्ण गाउँपालिकाको अनुदान सहयोगमा गत वर्ष पाउद्धारदेखि सुरु भएको सडक यसपाली झारवाङ हुदै किन्दु जोडिएको हो । पाउद्धार र झारवाङको सिमानामा रहेको सेते प्लेट भिर क्षेत्रमा ट्याक खुलेपछि पाउद्धार... पुरा पढ्नुहोस

गुर्जामा हेलीप्याड निर्माण

बेनी १६ बैशाख । म्याग्दीको धवलागिरी गाउँपालिका १ गुर्जामा हेलीप्याड निर्माण भएको छ । सदरमुकाम बेनी देखि २६ कोष पश्चिममा रहेको गुर्जा म्याग्दीको सबैभन्दा विकट र दुर्गम वस्ती हो । दुर्घटना र विपद्को अवस्थामा आकस्मिक उद्धारको लागि जिल्ला विपद् व्यवस्थापन समितिको एक वर्डा, एक हेलीप्याड अभियान अन्तरगत गुर्जामा पनि हेलीप्याड... पुरा पढ्नुहोस