बाँदरजुंगभिरमा भेटिएको शंकासपद बस्तु निष्कृय, प्रेसर कुकरमा माटो !

  • १० असार २०७६, मंगलवार
  • 2106 पटक पढिएको

म्याग्दी १० असार । बेनी जोमसोम सडकखण्ड अन्र्तगत म्याग्दी र मुस्ताङको सिमानामा पर्ने बाँदुरजुंगेभिरमा आज विहान भेटिएको शंकास्पद बस्तुलाई निस्कृय पारिएको छ । जोमसोम स्थित नेपाली सेनाको बज्रदल गण र घाँसा प्रहरी चौकीबाट खटिएको सुरक्षाकर्मीको टोलीले सडकमो छेउमा प्रेसर कुकरमा खतरा लेखेर राखिएको शंकास्पद बस्तुलाई डिस्पोज गरेको हो ।


विप्लब नेतृत्वको नेकपाले आज आह्वान गरेको बन्दको दिनमा भेटिएको सो संकास्पद बस्तु डिस्पोज गर्दा कुकरभित्र माटो भरेर राखेको भेटिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख प्रहरी नायब उपरिक्षक तुलबहादुर कार्कीले जानकारी दिनुभयो । आज विहान करिब ६ बजे सडकमा खतरा लेखेर टाँस भएको शंकास्पद बस्तु भेटिएको थियो । यसैबिच बिप्लब नेतृत्वको नेकपाले आह्वान गरेको बन्दको कारण म्याग्दीको जनजिवन प्रभावित बनेको छ । यहाँका पसल, विद्यालय , सार्वजनिक यातयात पूर्ण रुपमा बन्द भएका छन् ।
तस्बिरः रिता बरुवाल